‘फोन स्मार्ट हुनुभन्दा पनि मान्छे स्मार्ट हुनु आवश्यक’
जेठ १२, २०८१, शनिबार | दिउँसो ०२:५३ बजे | 10
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंहको आयोजनामा ‘अभिभावक सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । कक्षा ९ र १० का विद्यार्थीहरूको ७२८ जना अभिभावकहरूलाई स्टार बैंक्वेटमा भेला गरी भएको उक्त कार्यक्रममा उत्प्रेरणात्मक वक्ता डा. रवीन कटवालले कुशल अभिभावक बन्न अपनाउनुपर्ने जीवन पद्धतिका कुराहरू प्रष्ट पार्नुभयो ।
अभिभावकहरूस“ग भएको फोनको सन्दर्भ उल्लेख गर्दै उहा“ले भन्नुभयो– ‘फोन स्मार्ट हुनुभन्दा पनि मान्छे स्मार्ट हुनु आवश्यक छ ।’
शिक्षा कहिल्यै सस्तो थिएन र छैन, हुनु पनि हु“दैन भन्दै उहा“ले शिक्षा सुनभन्दा मह“गो हुनुपर्छ, त्यही ढङ्गले शिक्षाको सम्बद्र्धन गर्नुपर्छ† सस्तो बेसाहाले पखाला लाग्न सक्छ† शिक्षालाई सस्तो नठान्नुस् भन्नुभयो ।
विद्यार्थीमा उच्च ग्रेडभन्दा पनि उच्च संस्कारको आवश्यकता रहेको उल्लेख गर्दै उहा“ले सुसंस्कारलाई जीवन पद्धतिको रूपमा बसाल्नुपर्नेमा जोड दिनुभयो ।
छोराछोरीको सफलतामा खुशी हुन र छोराछोरीलाई हौस्याउन कन्जुस्याइ नगर्न सुझाव दि“दै उहा“ले सन्तानको बानी व्यवहार सुधार्न चाहने अभिभावकले सबभन्दा पहिले आफ्नो बोली व्यवहार सुधार्नुपर्छ भन्नुभयो ।
प्र.अ. कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागी सहयोगी अतिथि सबैलाई धन्यवाद ज्ञापन गर्दै नया“ भर्ना हुन आएका विद्यार्थीहरूको आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संयोजक ज्ञानसागर प्रजापतिले स्वागत गर्दै विद्यार्थीको प्रगतिको लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच हातेमालो आवश्यक भएको बताउनुभयो । कार्यक्रममा मा.वि. इन्चार्ज विश्वेश्वर मानन्धरले पनि बोल्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...