सम्मान
जेठ १२, २०८१, शनिबार | विहान ०९:३६ बजे | 70
राम कृष्ण प्रजापति
धन हुनेहरु अन्धो हुन्छ भने
लातोकोसेरोको के दोष ?
महादेवले पनि हार्नु पर्छ भने
किसानले बालेको राँकोको के दोष ?
मानव निर्मित संरचनाले क्षति पु¥याउँछ भने
भुकम्पको के दोष ?
ईमानदारलाई सम्मान गर्दैनन् भने
भ्रष्टहरुको के दोष ?
इमानदारीपूर्वक सेवा त हामीले नि गरेका थियौं भने
हामीलाई सम्मान नगरे मेरो के दोष ?
काम गर्ने कालु मकै खाने भालु हुन्छ भने
उखान बनाउनेको के दोष ?
आलोचना आत्मालोचनाबाट सुधार हुँदैन भने
उदारवादको के दोष ?
आत्मश्लाघा भई मै हुँ भन्छ भने
सम्मानको के दोष ?
योगदान स्वरुप मुल्याङ्कन हुँदैन भने
सम्मान गर्नेहरुको के दोष ?
सम्मानले उत्साह हुँदैन भने
इज्जत प्रतिष्ठको के दोष ?
सम्मान महशुुस हुँदैन भने
सम्मान शब्दको के दोष ?
धन्यवाद !