विश्वविख्यात अन्वेषकबाट नेकको स्नातकोत्तर अध्ययन केन्द्रमा अन्तरकृया सम्पन्न
जेठ १२, २०८१, शनिबार | विहान ०१:३९ बजे | 20
चीन अन्वेषन तथा अनुसन्धान केन्द्रका प्रमुख तथा हङकङ विश्वविद्यालयका प्रमुख अन्वेषक डा. वाङ हाउ म्यानसँग आज नेपाल इन्जिनियरिङ कलेज, स्नातकोत्तर अध्ययन केन्द्रमा विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । एलो रिभर (ह्वाङ हो नदी) , याङ्ट्से रिभर र मेकङ रिभर सहित एसियाका ६ वटा प्रमुख नदीहरूको पाँच हजार मिटर भन्दा माथि उचाईमा रहेका मुहानहरू पट्टा लगाई विश्वविख्यात हुनुभएका डा. वाङ होउ माङले विगतमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय तथा नासाका अब्बल वैज्ञानिकहरूसँग सहकार्यगरी सेटेलाइट प्रविधिको माध्यमबाट तिव्वतबाट प्रारम्भ भएको एलो रिभरको मुहान पट्टा लगाउनु भएको थियो। भूधरातलीय अन्वेषणको लागि अन्य अन्वेषकहरू सहित ती क्षेत्रहरूको अन्वेषन गरी उक्त नदीको मूल निर्क्योल गर्नुभएको थियो। अनुसन्धान तथा अन्वेषणको क्रममा वहाँले विभिन्न देशका आदिवासीहरूको प्रविधिहरू विश्व सामु उजागर गर्नु भई ती प्रविधिहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ। त्यसैगरी विश्वका केही लोपोन्मुख जीवहरूको कृतिम गर्भाधानको माध्यमबाट उत्थानमा पनि वहाँको योगदान उल्लेखनीय छ। आफ्नो अन्वेषणको आधारमा तीसवटा पुस्तकहरू लेखी सक्नुभएका डा. वाङको कामको विश्व व्यापी महत्वको आधारमा अमेरीकाको सिएनएन न्यूज च्यालनले वहाँसँग विभिन्न समयमा १३ पटक अन्तर्वार्ता लिई प्रसारण समेत गरिसकेको छ भने विश्व प्रसिद्ध पत्रिका वालस्ट्रिट जर्नलले पनि वहाँको कामको विवरण मुखपृष्ठमा छापेको थियो। विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नुभएका डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताउनु भयो। स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निशुल्क पहुँच हुनुपर्ने कुरामा जोड दिँदै डा. माङले भूराजनिती र विकसीत भनिएका देशहरूको संकिर्ण व्यापारिक सोचले गर्दा त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको कुरा प्रकास पार्नु भयो। कार्यक्रममा डा. वाङ हाउ म्यानले अन्वेषण गरी नयाँ कुराहरू पट्टा लगाउँदाको सुखद् क्षणहरूको चर्चा गर्दै विद्यार्थीहरूलाई पनि अन्वेषणमा लाग्न प्रोत्साहन दिनुभयो। डा. वाङ हाउ म्यान सन् १९८६मा स्थापित चीन अन्वेषण तथा शोध समाजका अध्यक्ष हुनुहुन्छ। नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रमको कलेजका निवर्तमान प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहि, सोहि केन्द्रका उपप्राध्यापक श्री प्रतिक सिंह ठकुरी सहित अन्य शिक्षकहरू र बिद्यार्थीहरुको उपस्तिस्थी थियो । कार्यक्रम कलेजका उपप्राध्यापक तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयका संयोजक डा. नारायण प्रसाद कोजुले सन्चालन गर्नु भएको थियो।
फाेटाेमा हेर्नुहाेस्...