मुटुको चिरफार
जेठ ११, २०८१, शुक्रबार | विहान ११:०७ बजे | 15
डा इन्दुल केसी
प्रारम्भ
कथाकार श्री पशुपतिमान पःमां (प्रधान)का ११ ओटा कथाहरुको सङग्रह ‘नुगः घाः’ शीर्षकको पुस्तक मैले पढ्ने मौका पाएँ । पुस्तकको आवरण पृष्ठमा नेपाल भाषाबाट नुगः घाः लेखिएको छ । यस पृष्ठमा एउटा बुढो मान्छे हातले लौरो समातेको, नेपाली टोपी, दौरा, सुरूवाल र इस्टकोट, जुत्ता लगाएको, शिर निहुराई थकाइ मार्न घरको बाहिरी पेटीमा बसिरहेको छ । आकाशमा एउटा हवाइजहाज उडानमा रहेको कलाकार युवक श्रेष्ठको आवरण चित्रले पुस्तकमा सङ्गृत कथाहरुको झन्डै सबै छनक दिइरहेको देखिन्छ ।
योगा टोल, जगाती, भक्तपुर नगर निवासी कथाकार पशुपतिमानले हालसम्ममा ८५ ओटा गृष्म, शरद, वसन्त ऋतुहरु पार गरिसक्नुभएको छ । सुख–दुःख, सङ्योग–वियोग, मान–सम्मान इत्यादि सामाजिक, आर्थिक, साहित्यिक अनेकौँ भोगाइहरु भोगिसकेका हुनुहुन्छ । बिए–बीएड शिक्षा हासिल गरी १२ वर्ष विभिन्न विद्यालयहरुमा शिक्षक र प्रधानाध्यापक, ३१ वर्ष शिक्षा क्षेत्रमै सरकारी सेवा गरी निवृत्त भइसक्नुभएको छ । नेपाल साहित्य मन्दिर भक्तपुर, नेपाल स्काउट जस्ता सङ्स्थाहरुमा उहाँले उल्लेखनीय योगदान पुयाइआउनुभएको छ । नेपाल भाषामा लोकंह्वागु वाखं, श्री स्वस्थानी वाखं, भिंम मनू (श्रव्यनाटक) पुस्तकहरुको प्रकाशन गरिसक्नुभएको छ । यसरी नै विभिन्न पत्रपत्रिकाहरु र स्मारिकाहरुमा उहाँका लेखरचनाहरु प्रकाशन भइरहेका छन् ।
मैले यो लेखमा चर्चा गरिरहेको उहाँको पुस्तक ‘नुगः घाः’ हो । यसै पुस्तकमा यो शीर्षकलाई नेपाली भाषामा चोट र अङग्रेजी भाषामा ब्नयलथ नाम दिनुभएको छ । एक सय साठी पृष्ठको यस पुस्तकमा ११ ओटा कथाहरु नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषाहरुमा सङ्गृहित छन । उक्त पुस्तक कुत पिकाक तिवुक्छे–८, ख्वप, नेपाल मण्डल नेपाःले आफ्नो २०५ औ प्रकाशनका रुपमा प्रस्तुत गरेको छ ।
वाङ्मय शताब्दी पुरूष सङ्स्कृतिविद् डा. सत्यमोहन जोशीले उहाँकै निवास ललितपुर बखुंबहालको रमणीय बगैँचामा एक भव्य समारोहको आयोजना गरी लोकार्पण गर्नुभएको अवसरमा म स्वयम् पनि उपस्थित हुने मौका पाएको थिएँ ।
यस पुस्तकको सन्दर्भमा भन्नुपर्दा निम्न विशेषताहरु रहेको पाएँ ः
१. वाङ्मय शताब्दी पुरूष सङ्स्कृतिविद सत्यमोहनज्यूकै निवासमा उहाँबाटै लोकार्पण हुनु ।
२. एउटै पुस्तकमा ११ ओटा कथाहरु ३ ओटा भाषाहरु नेपाल भाषा, नेपाली भाषा र अङग्रेजी भाषामा प्रकाशन हुनु ।
३. यस पुस्तकमा रहेका ३ ओटा भाषाका ११ ओटा कथाहरुलाई निम्नअनुसारको तालिकामा प्रस्तुत गरियो भने एकैचोटि पाठकले शीर्षकहरुको तुलनात्मक रुपमा अध्ययन गर्न सक्नेछन् ।
तालिका
क्र.सङ्. नेपाल भाषा नेपाली भाषा अङ्ग्रजी भाषा
१. जि याक म एक्ली ःभ ष्ल क्ष्कयबितष्यल
२. नुगः घाः चोट (दुखाइ) ब्नयलथ
३. त्वय्कन हिस्सियो द्यबााभिम ज्यउभ
४. क्वाःजः स्पर्श ऋयलमभकअभकष्यल
५. दान दान भ्थभ म्यलबतष्यल
६. वाध्यता वाध्यता इदष्निबतष्यल
७. लयेँःलुगु बाखं बाटामा पाएको कथा त्जभ क्तयचथ ायगलम यल तजभ धबथ
८. झसुकाः सुस्केरा क्ष्नजष्लन
९. रुपा रुपा च्गउब
१०. लक्ष्मीपुजा लक्ष्मी पूजा ीबहmष् एययवब
११. गज्यागु फन्दा कस्तो फन्दा ध्जबत ब म्ष्झिब
४. एउटै कथासङ्ग्रह तीनओटा भाषामा एउटै पुस्तकका रुपमा प्रकाशन भएको सम्भवतः यो पहिलो हो ।
५. कथाकारले आनो कथासङ्ग्रह समर्पण त्यस्ता साहित्यकारहरुलाई गर्नुभएको छ, जसले आनो भाषा र साहित्यलाई विकास गर्न आनो जीवनलाई समर्पित गर्नुभएको छ । प्रत्येक लेखकहरु आनो पुस्तक पाठकहरुले पढुन् भन्ने चाहना राख्तछन । पुस्तकहरु लेख्नेले आना पुस्तक आना मातापिता, पतिपत्नीलाई वा अन्य कसैलाई समर्पित गरेको पाइन्छ । तर पशुपतिमानले यो पुस्तकलाई समर्पण गर्नुभएको प्रक्रियालाई उहाँको आनो मातृभाषा र साहित्यप्रतिको अपार श्रद्धा अनुकरणीय उदाहरण मान्नुपर्छ ।
६. उक्त पुस्तकमा निम्नलिखित अग्रलेखहरु ४ ओटा रहेका छन् –
श्री विमल ताम्राकारको कुत प्रकाशनबाट प्रकाशित लेख ।
नेपाल साहित्य मन्दिरका अध्यक्ष श्री तिलकप्रकाशको नुगःघाः दुनेया वाखंया वाखं अर्थात् यस कथासङ्ग्रहभित्र रहेका कथाहरुको कथा ।
समालोचक श्री इन्द्र मालीको समीक्षा नुगःघाः वर्तमान समाजको अनुहार ।
कथाकारज्यूको जिगु धापू (आनो भनाइ)
उक्त तालिकाको नं. ५ मा दान नेपाल भाषा र नेपालीमा तर अङ्ग्रेजी भाषामा भ्थभ म्यलबतष्यल लेखिएको छ । उक्त कथामा वास्तवमा मृत्युपश्चात् दाहसङ्स्कारको प्रक्रिया सुरू हुनुभन्दा पहिले अरुको हितका लागि आँखा नदेखी दुःख पाइरहका कसैले आँखाले देखेर नयाँ जीवन पाउने कुराको चर्चा भएकाले यो कथाको शीर्षक केवल दान मात्र नलेखी आँखा दान राखिनु राम्रो हुने मलाई लाग्छ ।
७. कथाकार पशुपतिमानले आना ११ ओटा कथाहरुलाई सर्वप्रथम आनो मातृभाषा नेपाल भाषामा तयार गर्नुभयो । पछि यी कथाहरुलाई नेपाली भाषामा अनुवाद पनि गर्नुभएको छ । यसरी उहाँ एक सफल भाषा अनुवादक पनि हुनुहुन्छ भन्ने परिचय दिनुभएको छ ।
८. पुस्तकमा सङ्गृहित कथाहरुलाई अङग्रेजी भाषामा वरिष्ठ साहित्यकार श्री ज्ञानकाजी मानन्धर, श्री ध्रुवराज कर्णजित, श्री हरिशड्ढर मानन्धर तथा सुश्री प्रीति तपोलले अनुवाद गर्नुभएको हो । म भाषाविद् नभएकाले यहाँ प्रयोग भएका ३ ओटा भाषाहरुबारे केही भन्ने लेख्ने दुस्साहस गर्न चाहन्नँ । नेपाली भाषाका अनुवादलाई एक सामान्य पाठकको दृष्टिले हेर्दा मलाई कथाकारको लेखन भाषा सरल शुद्ध रुपमा रहेको पाएँ ।
९. श्री पशुपतिमान पःमांको ‘नुगः घाः’ कथाहरुलाई लिएर सङक्षेपमा निम्न रुपमा चर्चा गर्न चाहन्छु ः
सङ्गृहित विभिन्न शीर्षकका कथाहरुमा प्रायः कुनै न कुनै नुगः घा चोट (ब्नयलथ) पाइन्छ । तसर्थ किताबको नाम ‘नुगः घाः’ चयन गर्नु भएको सार्थक देखिन्छ ।
हरेक मानिसलाई बेलाबेलामा विभिन्न प्रकारको घाउचोट लागेको हुन्छ । शरीरमा लागेको घाउचोटलाई मल्हमपट्टी र औषधि–उपचार गरी निको पार्न सकिन्छ । तर मुटुमा परेको चोट मानसिक हुन्छ । मानसिक चोट सितिमिति निको पार्न सकिँदैन । मानसिक चोटलाई निको पार्न बडो गाह्रो हुन्छ । यिनै कुरालाई कथाकारले कथाहरुद्वारा व्यक्त गर्नुभएको छ । कथामा अधिकांश पात्रहरुलाई विभिन्न परिस्थिति, सामाजिक, आर्थिक, मानिसहरुको व्यवहार, घृणा, बेवास्ता, अपहेलना, उचित मानसम्मान प्राप्त नहुनुले मनमा चोट लाग्छन् । यिनै मनका विभिन्न चोटहरु नै यस पुस्तकको मूल केन्द्रविन्दु हो भन्ने ठान्दछु ।
१०. कथाका शीर्षकहरु कथामा देखापरेका पात्रहरु, कथाका विषयवस्तुहरु सबै हाम्रा आधुनिक, वर्तमान समाजको राम्रो चित्रण हो । कथा पढ्दै जाँदा कतिपयलाई आनै कथा आनै परिवेशमा घटित घटनाहरुजस्तो लाग्ने भएकाले यो कथासङग्रह ‘नुगः घाः’ पुस्तक नेपाली साहित्यक्षेत्रमा एउटा अनुपम कृतिका रुपमा देखिन्छ ।
११. ‘नुगः घाः’ अर्थात चोट शीर्षकको कितावमा समावेश ११ ओटा कथाहरुमध्ये चोटलाई नियाल्दा कथाका मुख्य पात्र उमेशबहादुरको पारिवारिक, सामाजिक, आर्थिक एक्लो विधुर (श्रीमती स्वर्गे भइसकेको), छोराहरु चार जना, आनो घर अलग भई बुढा बुबालाई कसैले हेरचाह नगरेको कानुनी व्यवस्थाले आनो कमाइ, धनसम्पत्ति सबै छोरीहरुलाई अंशबन्डा गरी दिइसकेको, गुजाराका लागि केवल आनै पेन्सनको रकमले निर्वाह गर्नुपर्ने, खाना आफैले पकाएर वा पसलमा पाकेको खाना किनेर छाक टार्नुपर्ने, नितान्त एक्लो स्वर्गीय भइसकेकी श्रीमतीलाई सम्झी अलग्गिसकेका छोराछोरी, नातिनातिनालाई सम्झी मनमा उठेको दर्दनाक भक्कानो नै मुटुको घाउ हो । बुबाको मुख हेर्ने दिन अमेरिकामा रहेका छोराले पठाएका ज्बउउथ ँबतजभचकु म्बथ तय एबउउब ग्mभकज लेखिएको केक, थरीथरीका रोटी, फलफूलहरु आफू एक्लैले नखाई कुनै एक वृद्धाश्रममा लगी बाँडचुड गर्न लगेको, त्यो केक सोही वृद्धाश्रममा रहनुभएका ९४ वर्षे सर्वेन्द्र्र नेपालीबाट केक काट्न लगाउँदा आफूले माया गरी हुर्काएको प्यारो छोराले आफूलाई वृद्धाश्रममा छाडेर कता हिँडयो, कता गयो, फर्केर कहिल्यै भेट्नसमेत नआएको कुरा सम्झी भक्कानो छाडेर रुन थालेपछि त्यहाँ भएका सबै वृद्धवृद्धाहरु आ–आनो दुःख, पीडा, मुटुको घाउ सम्झी रुन थालेको चित्रण कथाकार पशुपतिमानको मात्र होइन, वर्तमान नेपाली समाजकै मुटुको घाउ हो ।
अग्रलेखक श्री तिलकप्रकाशको भनाइमा यो पुस्तक ‘नुगःघाः दुनेया बाखंया बाखं’ अर्थात् चोट चोटैचोटको कथाको कथा भन्ने भनाइ शतप्रतिशत ठिक छ भन्ने मलाई लागेको छ ।
यसरी नै समालोचक श्री इन्द्र मालीको दृष्टिमा उहाँका कथाहरु अनुशीलन गर्दा कतैबाट आयातित, नक्कल र कतैबाट प्रभावित भएको देखिँदैन । आनै समाजमा घटेका घटना, आफैले देखेका, अनुभव गरेका, आफू र आनै वरपर घटेका घटनाहरु समाजको वर्तमान अवस्थाका दृश्यहरुलाई आत्मसात् गरी कथा सृजना गर्ने आनै पन छ भनेर छर्लङ्ग पार्नुभएको हुँदा मैले सोही कुरा दोहो¥याइरहनु आवश्यक ठानिनँ । कथाकार पःमांज्यूका अन्य आनै घतलाग्दा कथाहरु पढन पाउने आशा राख्दछु ।
(यो लेख डा. इन्दुल के.सी.को व्यक्तित्व र कृतित्वको तेस्रो आयाम पुस्तकबाट साभार)