बुद्धजयन्तीको अवसरमा एभरेस्ट स्कुलका विद्यार्थीले गरे मुठीदान


जेठ ९, २०८१, बुधबार | दिउँसो १२:२३ बजे | 15


बुद्धजयन्तीको अवसरमा एभरेस्ट स्कुलका विद्यार्थीले गरे मुठीदान

भक्तपुर । आजका विद्यार्थीमा दानको भाबना सानै उमेरदेखि जगाउन भक्तपुरका विद्यार्थीलाई बुधबार मुठीदान गर्न लगाइएको छ । बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार एक हजार भन्दा वढी विद्यार्थीले मुठीदान गरेका छन् । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इङ्गलिश स्कुल भक्तपुरका विद्यार्थीले मुठीदान गराइएको हो । विद्यार्थीमा दानको भावना जगोस् भन्ने उद्देश्यले मुठीदान गराएको स्कुलले जनाएको छ ।
कार्यक्रममा स्कुलमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका एक हजार दुई २७ जना विद्यार्थी सहभागी भएका थिए । साथै स्कुलका शिक्षकशिक्षिका तथा कर्मचारी गरी एक सय भन्दा वढीले पनि दान गरेका थिए । आ–आफ्नो गच्छेअनुसार उनीहरुल दान गरेका थिए । त्यस अनुसार भेटी (पैसा), बिस्कुट, चामल, फलफूल आदि दान गरिएको थियो ।
यसअघि पूर्व निर्धारित कार्यक्रम अनुसार मुठीदान कार्यक्रमका लागि स्कुलले भक्तपुरको इनाचोस्थित मुनिविहारमा रहेका भिक्षु तथा श्रामनेरहरूलाई निमन्त्रणा गरेको थियो । दान लिनका लागि त्यहाँका दुई जना भिक्षु र ३२ जना श्रामणेर (भिक्षुको सुरुवाती चरण) का गरी कुल ३४ जना भिक्षु तथा श्रामनेरहरू पैदल हिडेर स्कुल पुगेका थिए ।
स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले आजका विद्यार्थीमा दानको भावना जागृत गराउन सके भोलिका दिनहरुमा पनि उनीहरुलाई आफूले कमाएको केही मात्रै पैसा भए पनि दान गर्ने भावना जागोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा पूर्वसन्ध्यामा विद्यार्थीलाई मुठीदान गराउँदै आएको बताए । २०७१ सालदेखि प्रत्येक वर्ष विद्यार्थीले मुठी दान गर्दै आएको उनले सम्झे । 
दान गर्नु अघि स्कुल आएका भिक्षु तथा श्रामणेरहरुलाई विद्यार्थीले नै गेटमा वसेर स्वागत गरेका थिए । साथै उनीहरुले दान गर्नुअघि हिंसा नगर्नु, झूटो नबोल्नु, व्यभिचारी नबन्नु, चोरी नगर्नु, सुरापन (मादक पदार्थ नखानु) नगर्नु भन्ने बुद्धको सन्देशसहित प्रार्थना गरेका थिए ।
स्कूलकी परियति शिक्षा संयोजक मञ्जु खड्काले दुई चार दिन अगाडि नै स्कुलका सम्पूर्ण विद्यार्थीका अभिभावकहरुलाई पत्रमार्फत कार्यक्रमकोबारेमा जानकारी पठाएको जनाइन् । त्यही अनुसार इच्छाएका विद्यार्थीले इच्छाएको दान गरेको उनले बताइन् । त्यस कार्यका लागि कक्षा ९ का १५ जना छात्रछात्राहरु स्वयमसेवकका रुपमा रहेका थिए । स्कुलको प्रांगनमा मेचमा लहरै बसेका भिक्षु तथा श्रामणेरहरुलाई विद्यार्थीहरु लहरै आई आआफूले ल्याएका दान चढाएका थिए । विद्यार्थीले चढाएका दानलाई भिक्षुहरुबाट संकलन गरी त्यहीका विद्यार्थीले बोरामा राख्नेलगायतका दान संकलन गरी व्यवस्थित गरेका थिए । 
कार्यक्रममा सहयोग गर्न स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारी, भाइस प्रिन्सिपल एवं एकेडेमिक कोअर्डिनेटर संगीता किवाछे, व्यवस्थापक प्रवेशराज राजभण्डारीलगायतका दर्जनौ शिक्षक शिक्षिका तथा कर्मचारीहरु खटेका थिए । दान कायृक्रम एक घण्टाभन्दा वढी समय चलेको थियो । दानपछि दान भएको सामान तथा भिक्षु श्रामणेरहरुलाई उनीहरुको बासस्थल भक्तपुरकै इनोचोस्थित मुनि विहारमा स्कल बसबाट पुरयाइएको थियो । 
यसैवीच स्कुलका कक्षा ४ का विद्यार्थीले स्कुल नजिकै व्यवहारिक शिक्षा लिनका लागि रोपर फलेको धान पछि मुनि विहारमै कक्षा ५ का विद्यार्थीले दान दिन जाने स्कूलले जनाएको छ । प्रत्येक वर्ष कक्षा ४ मा रहंँदा रोपको धान कक्षा ५ हुँंदा काट्ने भएकाले चार कक्षाकै विद्यार्थीले ५ कक्षा पुग्दा दान दिन जाने गरेको जनाएको छ । दान कार्यमा एक सय भन्दा वढी शिक्षकशिक्षिकाहरुले पनि दान दिएका थिए । साथै स्कुल परिसरका इच्छाएका व्यक्तिहरु पनि दान कार्यमा सहभागी रहेका थिए । स्कूलमा २०७१ सालदेखि कक्षा ५,६ र ७ का विद्यार्थीलाई परियति शिक्षा अध्यापन गर्दै आएको जनाइएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

बुद्धजयन्तीको अवसरमा एभरेस्ट स्कुलका विद्यार्थीले गरे मुठीदान
बुद्धजयन्तीको अवसरमा एभरेस्ट स्कुलका विद्यार्थीले गरे मुठीदान
बुद्धजयन्तीको अवसरमा एभरेस्ट स्कुलका विद्यार्थीले गरे मुठीदान
बुद्धजयन्तीको अवसरमा एभरेस्ट स्कुलका विद्यार्थीले गरे मुठीदान

Comments