धुवाधुलो रहित भक्तपुर
कार्तिक १९, २०७७, बुधबार | विहान ११:२६ बजे | 30
निराजन पुरी
बिगतको वर्षभन्दा यो वर्ष भक्तपुरको सुडाल लगाएत ताथली दुवाकोट र झौखेलमा मलिलो उर्भर भुमी बाझो देखिदैन । गतवर्ष कार्तिकको अन्तिम मङ्सिरको शुरुमा नै सबै खेतहरुमा धान काटेर बाली भित्र्याउने काम सकेर किसानहरु आरामले बस्थे तर यो बर्ष गहुँ छर्न पर्ने भएकाले सबै आफ्नो खेत मिलाउन व्यस्त छ्न ।
भक्तपुर जिल्लामा अव्यवस्थित रुपमा ६० भन्दा बढी इट्टा भट्टा सन्चालनमा रहेका छन एक ईटा भट्टाको लागि झन्डै ५० रोपनी खेत चाहिन्छ । यहाँका खेतमा धान बाली हुने बेला सबै ठाउँमा धान बाली लगाउने गर्छन । तर गहुँ बालीको समयमा भने बाली देखिन्दैन् किनभने गहुँ बाली नगरीकन ईटा भट्टालाई खेत दिने गर्दछन् । त्यसैले गहुबाली हुने बेला सबैतिर ईटा भट्टा हुने गर्छ । तर यसपाली विश्वभरी फैलिएको कोरोनाको कारणले यो पाली भक्तपुरमा कुनै पनि इटा भट्टा सन्चालनमा नाउने भएको छ । जसबाट भक्तपुर बासी लाइ सजिलो भएको छ । बिगत को वर्ष मा भक्तपुरको चागुनारायण नगरपालिका र अन्य तीन नगरपालिकाको मानिसहरु हिउँदमा हावाको लागि पनि जङ्गलतिर जान पर्थ्यो भने यो वर्ष त्यस्तो रहेन । यो उद्योग संचालनमा आएपछि यहाँको मानिसहरुलाई दैनिक धुवा धुलो अनि बाताबरण प्रदुषणमा वाक्क थिए तर यो पाली अब त्यसो रहेन । यहाँका स्थानीयहरुको अनुसार भट्टा सन्चालनमा आएपछि यहाँ प्रयाप्त मात्रामा खाने पानी नरहेको र भएका खोलानालामा पनि त्यहाँ काम गर्ने मजदुरले फोहोर गरिदिने र कुनै पनि बेलामा यहाँ चोरीको समाचार सुन्न परेको यहाँको स्थानीयहरु बताउछन ।
यो पाली नगरपालिकाले रोक लगाएपछि भट्टा सन्चालन नहुने भएको छ । जसबाट ईटा उत्पादन नभएपछि व्यवसायीले नगरपालिकालाई स्थानीय कर बापत बुझाउनु पर्न प्रति भट्टा ७ लाख रुपैयाँ समेत नबुझाउने निश्चित छ । यसो हुदा नयाँ इट्टाको अभाव हुने सम्भावना भने जिवित नै छ । इट्टा भट्टा रोकिए सङ्गै हजारौं मजदुरहरुको रोजगार समेत खोसियो । रोजगारीको लागि भक्तपुरका विषेश गरि रोल्पा, रुकुम, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, सिराहा र सर्लाही जिल्लाका मजदुरहरु आउने गर्दछन् । अब यो इटाभटा सधै भरिको लागि रोकिएमा भक्तपुर बासी लगाएत सबैमा यसबाट पर्ने असर कम हुन्थ्यो होला ।