ध्वनि, झन्कार र शब्दका त्रिवेणी – प्रकाशप्रसाद उपाध्याय


जेठ ४, २०८१, शुक्रबार | विहान ०५:०२ बजे | 65


ध्वनि, झन्कार र शब्दका त्रिवेणी – प्रकाशप्रसाद उपाध्याय

डा इन्दुल केसी 
१. प्रारम्भ
कुनै व्यक्तिको परिचय उसको बानी, बोली, स्वभाव, आदत, चालचलन, पेशा, व्यवसाय, इत्यादिमा आधारित हुन्छ । चिनजान, भेटघाट र सँगसँगै बसी कुराकानी भएपछि परिचय बढी मात्रामा प्राप्त हुन्छ । प्रकाशप्रसाद उपाध्यायजीलाई केही वर्ष पहिले नेपाल भारत पुस्तकालय, काठमाडौंका प्रमुख श्री महेशचन्द्र शर्माजीको कार्यकक्षमा पहिलो पटक हाम्रो भेटघाट भएको थियो । हामी दुवैले एकआपसमा हामी दुवैको आ–आफ्नो पुस्तक उपहार प्रदान गरी हाम्रो आपसी परिचयको शुरुवात भयो । उहाँले मलाई ‘रेडियो जिन्दगी’ अल इण्डिया रेडियोमा चार दशक पुस्तक दिनुभएको थियो । १७५ पृष्ठ रहेको उक्त पुस्तक मैले अभिरुचिपूर्वक पढेँ । मैले उहाँलाई दिएको “इन्दुल केसी व्यक्ति एक दृष्टि अनेक” १६१ पृष्ठको पुस्तक उहाँले पढ्नु भएछ । एक आपसका उक्त पुस्तकहरु पढेपछि हाम्रो घनिष्ठता बढ्यो । बेला–बेलामा विभिन्न सामाजिक, साहित्यिक कार्यक्रमहरुमा हाम्रो भेटघाटले निरन्तरा पायो । 
२. ध्वनि झन्कार एवं शब्दको संगम
यी उल्लेखित उपशीर्षकको शब्दको अर्थ विभिन्न शब्दकोषहरुमा पाइन्छन् । आहत र अनाहत दुई प्रकारका ध्वनिहरु हुन्छन् । कुनै दुई वस्तुको बिचमा ठोकाई वा घर्षणले आहत र कुनै पनि कुराको ठोकाई वा घर्षण बिना स्वतः निस्कने (मुटुको धड्कन) अनाहत ध्वनि सबैले अनुभव गरिरहेका हुन्छन् । प्रसङ्ग यहाँ प्रकाशप्रसादजीको आवाज– कर्णप्रिय ध्वनि र गुनजनको सम्श्रिण हो । उपाध्यायजी केटाकेटी अवस्थादेखि अल इण्डिया रेडियोबाट प्रसारित हुने नेपाली भाषाको समाचार, नेपाली गीत श्रवण गर्ने बानी परेको यसैमा आकर्षित हुनुभएको कुरा उहाँको पुस्तकले प्रस्ताएको छ । श्री कमल ढकालजीले रेडियो परिवेश शीर्षकमा लेख्नुभएको “प्रकाशप्रसाद उपाध्याय आफैमा महाविद्यालय हुन् ।” उहाँले माध्यमिक शिक्षा पूरा गरिसकेपछि सदरमुकाम राजविराजस्थित महेन्द्रविन्देश्वरी पब्लिक हाईस्कुलमा पढ्न थाल्नुभयो । त्यसपछि उच्च शिक्षा हासिल गर्न र नोकरीको लागि सन् १९५८ देखि २००४ सम्म उपाध्यायजी भारतको दिल्लीमा रहनुको साथसाथै विश्वको प्रतिस्थित प्रसारण संस्था अल इण्डिया रेडियोको कर्मचारी– कर्मयोगी हुनु पुगे । उहाँले त्यस संस्थामा ४२ वर्ष सेवा गर्नुभयो । आफ्नो सेवाको क्रममा समाचार वाचन, समाचार निर्माणलगायतका विभिन्न कार्यहरु सफलतापूर्वक सम्पन्न गर्नुभयो । आफ्नो स्वरले करोडौं श्रोताका कानमा मधुर – कर्णप्रिय स्वरले गुणजीत पार्नुभयो । समाचारको माध्यमले कला, संस्कृति, साहित्य, धर्म, राजनीति आदि विषयमा नेपाल र मित्र राष्ट्र भारतको घनिष्ठ सम्बन्धबारे व्यापक प्रचारप्रसारको पुञ्जको रुपमा रेडियोकर्मी बन्नुभयो ।
३. कृतिकार÷शब्दकोष निर्माता÷अनुवादक
संचारमा धेरै मानिसले आफ्नो जीवनमा नानाप्रकारका प्रशंसनीय कार्य गरी आफ्नो कृति बनाएका हुन्छन् । कलाकारले आफ्नो कलाद्वारा, मूर्तिकारले सुन्दर चित्र वा वस्तु बनाएर, गायकहरुले गायन, बाध्यबादनद्वारा आफ्नो कृति फैलाउँछन् । यसरी नै साहित्यकारहरुले विभिन्न प्रकारका पुस्तक, ग्रन्थहरु लेखी आफ्नो कृति समाजलाई प्रदान गरेका हुन्छन् । प्रकाशप्रसाद उपाध्यायजीले धेरै पुस्तकहरु लेखी कृतिकार बन्नुभएको छ । उहाँको कृतिहरु – रेडियो जिन्दगी, विरजातीको अमर कहानी, नेपाली लोक कथाएँ”, हिन्दी–नेपाली शब्दकोष, नेपाली–हिन्दी शब्दकोष, हिन्दी–नेपाली वार्तालाप पुस्तिका, भारतीय भाषाकोष, छेउ न टुप्पो हास्यव्यंग्य पुस्तक, गणतन्त्रका अग्रदूत रामराजाप्रसाद सिंहसँगको अन्तरङ कुराहरु, विर गणेशमान सिंहकी संघर्ष गाथा, मोदि आइन् (वि.पी. कोइरालाद्वारा रचित लघु उपन्यासको हिन्दी अनुवाद) आदि रहेका छन् । यी पुस्तकहरुको विष्यवस्तु, लेखन शैली सरल र सुबोद भाषाको कारणले उहाँ एक सफल कृतिकार, अनुवादक तथा शब्दकोष निर्माता हुनुहुन्छ भन्ने कुरा वसन्त ऋतुको घाम जस्तै छर्लङ्ग छ । उपाध्यायजीको उल्लेखित रेडियो जिन्दगी पुस्तकमा रहेका विभिन्न शीर्षकका दर्जनौ लेखहरुले उहाँ एक सफल लेखक हुनुहुन्छ भन्ने पुष्टी हुन्छ । 
४. सम्पादक÷समीक्षक
हरेक आमा बाबुले सन्तान जन्माउँछन् । ती सन्तानहरुलाई शिक्षा दिक्षा दिएर सुन्दर एवम् योग्य व्यक्ति बनाउने काम गुरु वा शिक्षकहरुले गर्छन् । अरुले लेखेका लेख, रचना, पुस्तकहरुलाई आवश्यक सुधार गरी राम्रो बनाउने गहण काम सम्पादक – समीक्षकले गर्दछ । कसैको लेख रचनाको राम्रो पक्ष र कमजोर पक्ष औल्याउने काम समीक्षकले गर्दछ । प्रकाशप्रसाद उपाध्यायजीले डा. मन्चला झाको पुस्तक “महाकवि विद्यापति और नेपाल”, प्रा.डा. मुरली रन्जीतको पुस्तक “क्यान्सरसँगको लडाई”, सिद्धिबहादुर रन्जितकारको अंगे्रजी भाषाको पुस्तक ूप्गmबचष्स् ःगतिषबकतभम ष्खिष्लन न्यममभककू लगायत विभिन्न पुस्तकहरुको सफल समीक्षक बन्नुभएको छ । यसरी नै उहाँले परमपुज्य श्री श्री रविशंकरका प्रवचनहरु अमृत संग्रहलगायत विभिन्न पुस्तकहरुको उहाँले सम्पादन गर्नुभएको छ ।
४. निष्कर्ष
ध्वनि, झन्कार र शब्दका त्रिवेणीमा प्रकाशप्रसाद उपाध्याय शीर्षक दिएर यो सानो रचना मैले तयार गरेँ । वास्तवमा उपाध्यायजीको बहुआयामिक व्यक्तित्व र कृतित्वको यो एउटा संक्षिप्त परिचय मात्र हो । यसमा रहेको शीर्षक, उपशीर्षकमा चर्चा गरिएका विवरणले सफल जीवन बिताइरहेका आदर्श पुरुषको स्वभाव, आचरण, व्यवहार अनुकरणीय, प्रेरणादायी हुने कुरा सर्वविदित छ । उपाध्यायजीको कलमबाट निरन्तर नयाँ कृतिहरु पाठकसमक्ष आइरहने अपेक्षा गर्दछु । ज्येष्ठ नागरिक भई सक्नुभएका प्रकाशप्रसाद उपाध्यायजीको सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मंगलमय कामना गर्दछु ।
धन्यवाद ।

Comments