बौद्ध दर्शनका पुस्तकमा ः एक सङ्क्षिप्त दृष्टि
जेठ २, २०८१, बुधबार | विहान ०२:४४ बजे | 50
डा इन्दुल केसी
विषय प्रवेश
दर्शन स्वयममा एक गहन विषय हो । कोही भन्छ – दर्शन शास्त्रले मानिसको मथिंगल खलबल्याउँछ । सरल शब्दमा भन्ने हो भने – कुनै विषयमा कसैले गहन चिन्तन मनन् गरी विस्तृत र व्यापक रुपमा निकालिएको विचार हो । यसलाई अंग्रेजी भाषामा एजष्यिकयउजथ ९क्जभ क्तगमथ ायच प्लयधभिमनभ० भनिन्छ । सामान्य बोलिचालीमा दर्शनको अर्थ आफ्नो मान्यजन व्यक्ति आफ्नो आस्थाको प्रतिमूर्तिलाई देख्नु आदरभावले अभिवादन गर्नु पनि हो । संसारमा धेरै दार्शनिकहरु जन्मे, तिनीहरुले विभिन्न विषयका दर्शनहरु प्रतिपादन गर्नुभयो । यहाँ चर्चा गर्न लागेको कुरा बौद्ध दर्शन हो । यसलाई अति संक्षिप्त रुपमा भन्नुपर्दा – दुःखलाई हटाउने ठिक ज्ञानको दृष्टि नै बौद्ध दर्शन हो ।
गौत्तम बुद्धको संक्षिप्त चिनारी
बौद्ध दर्शनको केन्द्रबिन्दुमा सिद्धार्थ गौत्तम बुद्ध हुनुहुन्छ । धेरै नेपालीलाई बुघको जीवन बारे ज्ञानकारी भएको मानिन्छ । नेपालको कपिलवस्तु, लुम्बिनीको शालवनमा ई.पू. ५६३ मा वहाँको जन्म भएको थियो । शाक्य राजा पिता शुद्धोदन र माता मायादेवीको वहाँ पूत्र हुनुहुन्छ । यशोधरा नामकी कन्यासँग उनको विवाह भयो र उनको छोराको नाम राहुल हो । सिद्धार्थको स्वभाव चाल चलन व्यवहार विशिष्ट प्रकारको थियो । सिद्धार्थले कहिँ बाटोमा एक वृद्ध बुढो लरखराउँदै हिँडिरहको, विरामी अशक्त रोगी मान्छे, एक मृत व्यक्तिको पार्थिव शरीरलाई जलाउन लगिरहेको मलामीहरुको एक दृष्य र एउटा भिक्षु (सन्यासी)लाई देख्नुभयो । यी ४ वटा दृष्यहरुले सिद्धार्थको मनमा हलचल पैदा ग¥यो । मानिसहरुको भिन्न–भिन्न अवस्था, दुःख र सुखको परिदृष्यले उसको मनमा ठूलो प्रभाव प¥यो । मानिसमा आइरहने दुःख निवारण कसी हुन सकिन्छ ? भन्ने पत्ता लगाउने दृढ इच्छा पैदा भयो ।
बुद्धका जीवनको उपलब्धिलाईनै बौद्ध दर्शनको मूल आधार मानिन्छ । यही बुद्धको जीवनलाई अत्यन्त सङ्क्षिप्त रुपमा राहुल साङ्कृत्यायनले उल्लेख गरेका छन् – “सिद्धार्थ गौत्तमले २९ वर्षको उमेरमा (ई.पू. ५३४) घर छाडे । ६ वर्षसम्म योग आदि तपस्या गरेपछि ई.पू. ५२८ मा ज्ञान प्राप्त गरेर उनी बुद्ध भए । त्यसपछिका ४५ वर्षसम्म आफ्नो धर्म दर्शनको उपदेश गर्दै रहे र ८० वर्षको उमेरमा (ई.पू. ४८३) कुशीनगर भन्ने ठाउँमा देह त्याग गरे ।”
बुद्धले आफ्नो जीवनका ४५ वर्षसम्म धर्म दर्शनको जुन उपदेश गर्नुभयो, ती सबैको सङ्कलन नै मूल बौद्ध ग्रन्थ हुन् । बुद्धले आफ्नो उपदेश तत्कालीन जनभाषाका रुपमा रहेको पाली भाषामा अत्यन्त सरल किसिमका उदाहरण र दृष्टान्तहरुको अवलम्बन गरेर दिनुभएको पाइन्छ ।
दर्शनका पुस्तकहरु
विभिन्न विद्वान् लेखकहरुले विश्वका विभिन्न भाषाहरुमा बौद्ध दर्शन सम्बन्धि लेखिएका अनेकौं किताबहरु प्रकाशित भई सकेका छन् । यस लेखमा केवल दुई वटा किताबहरुमा रहेका बुद्ध र बौद्ध दर्शनका केहि पक्षहरुलाई मात्र सङ्क्षिप्त टिपोटको रुपमा प्रस्तुत गर्ने सानो प्रयास गरेको छु ।
१) राहुल सांकृत्यायनद्वारा लिखित – ललिजन रावलले नेपाली भाषामा अनुवाद गरिएको बौद्ध दर्शनको किताब हो । यसलाई इन्डिगो इन्क प्रा.लि.द्वारा २०७६ सालमा प्रकाशित २०३ पृष्ठको किताब हो ।
२) श्री गोपीरमण उपाध्यायद्वारा लिखित – बौद्ध दर्शन सरल अध्ययन पुस्तक हो । यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानले २०७६ सालमा प्रकाशित ३०४ पृष्ठको पुस्तक हो ।
उक्त पुस्तकमा निम्न शीर्षकका पाँच अध्यायहरु रहेका छन् ।
अध्याय अनुवादक ललितजन रावल
शीर्षकहरु
१ गौत्तम बुद्धका मूल सिद्धान्त
२ गौत्तम बुद्ध
३ नागसेन
४ बौद्ध सम्प्रदाय
५ बौद्ध दर्शनको विकास
सिद्धान्त
विद्वान्हरुद्वारा प्रतिवादित सत्य रुपमा ग्रहण गरिएको मूल विचार, तर्क र अनुभवद्वारा स्थापित मतलाई सिद्धान्त भनिन्छ । बुद्धको उपदेशहरुलाई सिद्धान्तको रुपमा पनि लिएका छन् । ती सिद्धान्तहरुः
१) ईश्वरलाई नमान्नु, अन्यथा मनुष्य स्वयम् आफ्नो मालिक हो – यस सिद्धान्तको विरोध हुनेछ ।
२) आत्मालाई नित्य नमान्नु, अन्यथा नित्यलाई एकरस मान्दा त्यसको परिशुद्धि र मुक्तिका लागि गुन्जाइस रहने छैन ।
३) कुनै अन्यलाई स्वतः प्रमाण नमान्नु अन्यथा बुद्धि र अनुभवका प्रमाणिकता हराउँदै जानेछ ।
४) जीवन – प्रवाहलाई यसै शरीरसम्म परिमित मान्नु अन्यथा जीवन र त्यसका विचित्रताहरु कार्य कारण नियमसार उत्पन्न नभएर मात्र आकस्मिक घटनाहरु हुन जानेछन् ।
नागसेन (१५० ई.पू.)
नागसेन एक बौद्ध धर्मका विद्वान् एवम् प्रखर वक्ता हुनुहुन्छ । सुरुमा उहाँले आफ्नो पिताको घरमा ब्राह्मणहरुको विद्या वेद, व्याकरण आदि अध्ययन गरेका थिए । पछि एक विद्वान् भिक्षु रोहणसँग सम्पर्कमा आएपछि बौद्ध विचारबाट प्रभावित भई बौद्ध वाङ्मयको अध्ययन गर्नुभयो । उनले बुद्धको दर्शनकै आत्मवाद, धर्ममा पुनर्जन्म, नाम–रुप (मन र भौतिक तङ्खव) निर्वाण आदिलाई बढी विशद गर्ने प्रयत्न गरे । कर्म या पुनर्जन्म आत्मालाई नमान्दा गरिएका असल खराब कर्महरुको जिम्मेवारी तथा त्यस अनुसार परलोकमा दुःख–सुख कसरी भोग्नु पर्ने हुन्छ भन्ने कुराको नागसेनले विस्तृत चर्चा गर्नुभयो । नाम र रुप बुद्धले विश्वका मूल तङ्खवलाई (विज्ञान नाम) र भौत्तिक तङ्खव (रुप) वा बाँडेको कुराको पनि व्याख्या गर्नुभयो । यसरी नै निर्वाणको सम्बन्धमा पनि विस्तृत व्याख्या गरी एउटा सामन्त (राजा) मिनान्दलाई प्रभावित गर्नुभयो । मिनानन्द र नागसेनको संवादले – भारतमा नयाँ विचार धाराहरुको आरम्भ भयो ।
सम्प्रदाय
बौद्ध सम्प्रदायको ऐतिहासिक पृष्ठभूमि– बुद्ध निर्माण (४८३ ई.पू.) पछि र महासङ्घिकका छ ओटा र स्थविर वादका १२ ओटा गरी १८ ओटा निकायका पिटक (सुत्र, विनय, अभिधर्म) रहेका छन् । बौद्ध धार्मिक सम्प्रदाय, बौद्ध दार्शनिक सम्प्रदाय, नागर्जुनको शून्यवाद,योगाचार र अरु बौद्ध दर्शनको बारे चर्चा पनि यस पुस्तकमा गरिएको छ । बौद्ध दर्शनका चार ओटा वादको रुपमा (१) शून्यवाद (२) विज्ञानवाद (३) बाह्य–अर्थवाद र (४) बाह्य–आभ्यन्तर अर्थवाद रहेका छन् ।
बौद्ध दर्शनको विकास (६०० ई.पू.)
बौद्ध दर्शनको क्षेत्रमा असङ्ग र बसुबन्ध नामका दुई दाजुभाइको विशेष स्थान छ । असङ्ग र बुद्ध बचन धर्मका सादृश्य, बुद्ध–शासनको अर्थमा प्रज्ञाप्ति, बुद्ध–बचनका ज्ञेयहरुको अधिष्ठामान धर्महरुको सञ्चय, बोधिसत्व भूमि आदिबारे व्यापक रुपमा लेखिएको पाइन्छ । उसलाई क्षणिक विज्ञानवादीको रुपमा लिइन्छ । ‘लङ्कावतार सूत्र’ सधिनिमोचन सूत्र जस्ता महायान सूत्रहरुलाई बुद्ध–बचन भनिन्छ । यी विज्ञानवादको प्रकाश असङ्गभन्दा पहिले नै भएको देखिन्छ ।
बौद्ध दर्शन क्षण परिवर्तनशील मनभन्दा पर कुनै पनि नित्य जिवआत्मालाई मान्दैन । मर्नुको मतलब हो, एक शरीर प्रवाहबाट एक मन प्रवाह च्युत हुनु हो र उत्पत्तिको मतलब एक मन प्रवाह अर्को शरीर–प्रवाहमा उत्पन्न हुनु हो । महायान सूत्रका गाथाहरुद्वारा बौद्ध दर्शनको अनित्यवाद यो क्षणिकवादलाई असङ्गले मूल सिद्धान्त मानेको पाइन्छ । बुद्धको दर्शनमा “सबै अनित्य हो” यसलाई बौद्ध दार्शनिकहरुले क्षणिकबाद भनेर चर्चा गरियो । ज्ञानका साधनहरु (१) प्रत्यक्ष प्रमाण इन्द्रिय प्रत्यक्ष (२) मानव प्रत्यक्ष (३) स्वसंवेदन प्रत्यक्षहरु हुन् । यी तीन प्रकारका प्रत्यक्षहरु अतिरिक्त बौद्धहरुले एक चौथो प्रत्यक्ष योगि प्रत्यक्ष प्रमाण मानेका छन् । समाधि (चितको) एकाग्रताबाट जति ज्ञान पैदा छन् ती सबै योगि–प्रत्यक्ष–प्रमाणमा पर्दैन । बसुबन्ध बौद्ध जगतका प्रमुख दार्शनिकहरु समुद्र गुप्तका पुत्र चन्द्रगुप्त र विक्रमादित्यका अध्यापक हुन् ।
८८८८