विनायकमा अभिभावक अभिमुखीकरण कार्यक्रम


बैशाख २९, २०८१, शनिबार | विहान ०७:०० बजे | 30


विनायकमा अभिभावक अभिमुखीकरण कार्यक्रम

मध्यपुर ठिमी भक्तपुर
सचेत अभिभावक, सृजनशील विद्यार्थी जागरुक अभिभावक, सक्रिय विद्यार्थी भन्ने उद्देश्य बोकेको विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरमा यही २०८१ वैशाख २९ गते अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो। विद्यालय,अभिभावक र विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूको त्रिकोणात्मक सम्बन्ध भए मात्र विद्यार्थीहरुलाई सफल र प्रभावकारी शिक्षण गर्न सकिन्छ भन्ने कुरालाई मनन गरी विद्यालयको सिनियर केजीका अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापति को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, शैक्षिक संयोजक शैलेन्द्र भट्टराई, पूर्व प्रा वि निर्देशक शाेभा प्रजापति, पूर्व प्रावी संयोजक पदम केशरी श्रेष्ठ तथा पूर्व प्राथमिक तहमा अध्यापनरत शिक्षक शिक्षिकाहरुले प्रभावकारी युग सुहाउँदो शिक्षणका लागि अभिभावकको भूमिका र विद्यालयका विविध शैक्षिक गतिविधि बारेमा चर्चा गर्नुभएको थियो । पूर्व प्रावी संयोजक तथा शिक्षिका पदमकेशरी श्रेष्ठले साङ्गीतिक शैलीमा परिचयात्मक कार्यक्रम गरी सुरु गरेको उक्त कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजको समयमा परम्परागत शिक्षण पद्धतिलाई हटाएर प्रगतिशील सोचको रूपान्तरित शिक्षण पद्धतिमा जोड दिनुपर्ने, सभ्यता र संस्कारका कुराहरूमा अभिभावकहरूले पनि जोड दिँदै आफ्ना नानीहरूको सर्वाङ्गिण विकासमा टेवा पुर्याउनुपर्ने, व्यावहारिक र जीवनउपयाेगी तथा समय सापेक्ष आत्मनिर्भर बन्न सहयोग गर्ने शिक्षा प्रदान गर्न सबैले सबै क्षेत्रबाट पहल गर्नुपर्ने कुरामा जोड दिनुभयो। प्रयोगात्मक तथा अन्तरक्रियात्मक शैलीमा आयोजित उक्त कार्यक्रममा पूर्वप्रावि निर्देशक शोभा प्रजापतिले धन्यवाद ज्ञापन गर्नुभएको थियो। साथै उपस्थित अभिभावकहरूले विद्यालय तथा शिक्षिकाहरूको शिक्षणशैलीको प्रशंसा गर्दै यस्ता प्रयोगात्मक कार्यमा अझ अभिभावकलाई सहभागी गराउन अनुरोध समेत गर्नुभएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

विनायकमा अभिभावक अभिमुखीकरण कार्यक्रम

Comments