सर्जकमाथि एक टिप्पणीकारको बहस सुरु
बैशाख २९, २०८१, शनिबार | विहान ०६:५२ बजे | 0
राम चन्द्र प्रजापति
भक्तपुर । प्रत्येक महिनाको अन्तिम शुक्रबार एक सर्जकमाथि एक टिप्पणीकारको बहस हुने र नयाँ लेखक केही थान कविता वाचन एक भव्य कार्यक्रम गरी सम्पन्न भयो । चार पुस्ताका नारी साहित्यकारहरूका कविता वाचन पहिलो कार्यक्रमको शुभारम्भ भएको थियो ।
कार्यक्रममा सर्जक छनौट उमेर जेष्ठताका आधारमा गर्ने अनि नयाँ कृतिहरूमाथि समयको थप संयोजन गरेर आकास्मिक बहस गरिने योजनाका परिकल्पना बमोजिम परिकल्पनाकार सशक्त कवि एवम् साहित्यिक अभियन्ता रीता खत्रीले गर्नु भएको थियो।
कार्यक्रमको अर्को आकर्षक कार्यक्रम वैशाख महिनामा जन्मदिन परेका तथा वैवाहिकसम्बन्धमा गाँसिनु भएका साहित्यकारहरुको लागि पनि विशेष कार्यक्रम संयुक्तरुपमा केक काटेर शुभकामना कार्यक्रम पनि सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा जलेश्वरी श्रेष्ठ,भागिरथी श्रेष्ठ,गंगा पौडेल कर्माचार्य
,उन्नती बोहारा शिला,यादेवी ढकाल, सुलेचना मान्नधर, मन्दिरा मधुश्री, विमला कार्की, उषा केषी, रीता खत्री, दुर्गा भवानी भट्ट, निर्मला फुयाल, उमा सुवेदी, विमला निरौला,ज्ञानु अधिकारी , गीता कार्की, निशा केशी ,राधा कार्की,अस्मिता भन्डारी,मन्जु काचुली,रन्जुश्री पराजुली, माया ठकुरी, पद्मावती सिंह,शान्ती रिसाल,ज्ञान्दरी कैनी,बिन्दु सुवेदी,सविना सिन्धु,शान्ती पौडेल,ओम कुमारी बन्जरा रानिभाट,सुक्ष्मा आचार्य,रुकु कार्की ,डा. विन्दु शर्मा,भैरवी भूगोल,लक्ष्मी भट्टराई,ईल्या भट्टराई,डा.सावित्री श्रेष्ठ,प्रनिसा गुरागाई, रन्जना निरौला,सुश्मा आचार्य उषा शेरचन
लगाएतका स्रष्टाहरु सहभागी रहेका थिए।
कार्यक्रम प्रत्यक महिना अन्तिम शुक्रबार हुने र उमेरको जेष्ठताका आधारमा कार्यक्रममा उपस्थित सर्जकहरुमध्यबाटै सर्जक छनौट हुने व्यवस्था गरिएको छ । यसै क्रममा अर्को महिनाको अन्तिम शुक्रबार हुने कार्यक्रमा सर्जक जलेश्वरी श्रेष्ठ र समिक्षक ज्ञानु अधिकारी रहनु हुने परिकल्पनाकार रिता खत्रीले जानकारी गर्नु भयो।
फाेटाेमा हेर्नुहाेस्...