श्यामसुन्दर सयँजुको ‘हाइकु किचः’नामको पुस्तक विमोचन
बैशाख २३, २०८१, आइतबार | दिउँसो १२:५२ बजे | 65
काठमाडौं । अन्तराष्ट्रिय हाइकु दिवस अप्रिल १७ को उपलक्षमा यहाँको गौतम बुद्ध सभा कक्ष, महान्यायाधिवक्ता कार्यालय भवन, सिंहदरवारमा भएको एक समारोहमा पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले नेपालभाषाका आधुनिक गद्य कविताका एक जना अग्रज, हाइजिन, गोरखापत्र मधुपर्क मुना पत्रिकाका पूर्व प्रधान संपादक समेत हुनु भैसकेका श्यामसुन्दर सयँजुको ‘हाइकु किचः’नामको पुस्तक विमोचन गर्नुभयो ।
समारोहका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधिस श्रेष्ठले आफ्नो अमूल्य मन्तब्य राख्ने क्रममा कम शब्द, गहन बिषय, गहन संप्रेशन, गहन चेतनालाइ शसक्त रुपमा अभिब्यक्त गर्ने माध्ययम हाइकु रहेछ भन्नुहुँदै आपूmलाइ पनि हाइकुले आकर्षित गरेको सम्झनुभयो । साथै वहु आयामिकव्यक्तित्वकाधनिश्यामसुन्दर सयँजुको योगदानलाइकदर गर्नका निंतिं स्थापनागरिने प्रतिष्ठानआदिको काममाआप्mनो तर्पmबाट चाहिंदो सहयोग गर्ने वचन समेतउहांलेदिनुभयो ।
कार्यक्रमको सुरुमा नेवाःहाइकु ख्यःकाअध्यक्षतथाकार्यक्रमका सभापतिश्रीसुरेश प्रधानज्यूले स्वागतमन्तब्यदिनहुँदै नेपालमाहाइकु लेखनको सुरुवात २०१६ साल देखि नै हाइकु लेखीवाचनगर्दै आउनु भएकाश्यामसुन्दर सयँजुज्यूको हाइकु पाण्डुलिपिमा मात्र सीमित भैरहेकोलाइप्रकाशनमाल्याउनु पर्ने आवश्यकता नेवाःहाइकु ख्यःले महसुस गरी यो कार्य थालनि गरेको हो भन्नु भयो । साथै समालोचक डा. ज्योतिप्रभातुलाधरज्यूको कुरालाइ सापटलिइ उहांले सयँजुको हाइकुमाआपूmले दिनदिनै जीवनजिउने क्रममा देखेको र अनुभव गरेको बिषय, घटना, त्यसभित्रभएको अन्तरविरोध, संघर्ष, बिडम्वनाआदिलाइ विविधरुपले बिश्लेसन गरी, चिन्तन गरी अभिव्यक्तगर्नुभएको छ भनिभन्नु भयो ।
त्यस समारोहमावरिष्ठ आधुनिककवितथा समालोचक डा. आनन्दजोशीज्यूले कविश्यामसुन्दर सयँजु नेपालभाषाको आधुनिकगद्यकविता सुरुवातगर्ने कविहरुमाअग्रजकवि हुनुहुन्छ भन्नु हुँदै उहांको हाइकुले नेपालभाषामा लेखिआएको परंपरागतहाइकु र आधुनिकहाइकुको बिचमा रहीपुलको भूमिकानिर्वाह गरेको छ भनिभन्नु भयो ।
यसैगरी, पुस्तककाप्रकाशकतथावरिष्ठ अधिवक्ताश्यामसुन्दर सयँजुका जेठी छोरी अमीतालक्ष्मी सयँजुले ढिलै भएपनिआप्mनाबुबाको कृतिलाइप्रकाशनगर्न पाएको माआपूm र आप्mना परिवार खुसीको कुरा उल्लेख गर्नुभयो । साथै आप्mनाबुबाश्यामसुन्दर सयँजुको वहुआयामिकव्यक्तित्वतथाउहांको विविधपक्षलाइउजागर गर्नुहुंदै बुबाले अनुवादगर्नुभएको रविन्द्रनाथ टैगोको ‘गितान्जलि’ र खस् नेपालीभाषामा लेख्नु भएको कविताहरुको सँगालो ‘चस्काहरु घाउका’ लाइपनि सिघ्र प्रकाशन गरीने कुरा जानकारी गराउनु भयो ।
नेवाःहाइकु ख्यःको आयोजनामाभएको त्यस कार्यक्रमलाइधर्मकृष्णसिकर्मिले संचालनगर्नु भयोभने त्यस कार्यक्रममा साहित्यकार मोहनदुवाल, साहित्यकार डा.सुमन ताम्राकार, हाइजिनतथा नेवाःहाइकु ख्यःकाउपाध्यक्ष तयु पुं ज्यूहरुले पनिकविश्यामसुन्दर सयँजु र उहांकाहाइकुबारे आआप्mनो मन्तब्य राख्नु भएको थियो ।