“वेद के भन्छ ?” मेरो दृष्टिमा


बैशाख २०, २०८१, बिहीबार | विहान ०८:२२ बजे | 5


“वेद के भन्छ ?” मेरो दृष्टिमा

डा इन्दुल केसी
प्रारम्भ
वेदलाई विश्वमा अति प्राचीन, अति महङ्खवपूर्ण अतुलनीय ग्रन्थ मानिन्छ । सङ्स्कृत भाषामा लेखिएको वेद विश्वका अनेकौं भाषामा अनुवाद भैसकेको छ । भारतबाट प्रकाशित ‘कल्याण’ पत्रिका बेदाङ्ग वर्ष ४३, वि.सङ्. २०५५ मा प्रकाशित ‘वेद एक परिचय’ भन्ने लेखक राधेश्याम खेमकाद्वारा लिखित हिन्दी भाषाको लेखलाई श्री ओतबहादुर खड्काज्यूले नेपाली भाषामा अनुवाद गरी “वेद के भन्छ ?” नामको पुस्तक प्रकाशन गर्नु भएको हो । उक्त कृतिलाई मैले पढ्ने सौभाग्य पाएँ । उक्त पुस्तकमा के कुरा छन् ? तिनको टिपोटहरु नै उल्लेख गर्नु यस लेखको अभिप्राय हो । म समालोचक, समीक्षक र टिप्पणीकार कोही होइन । म एक सामान्य पाठक मात्रै हो । उक्त पुस्तकमाथि यो एउटा सामान्य बुक रिभ्यु मात्र हो ।
परिचय
अनुवादक श्री ओतबहादुर खड्काजी दलिनचोक, पनौती, काभ्रेमा वि.सङ्. १९९४ सालमा जन्म भएको हो । उहाँको शिक्षा नेपाली भाषा माध्यमा परीक्षा सम्म हो । उहाँ विभिन्न विषयमा तालिम प्राप्त हुनुहुन्छ । विभिन्न २३ ओटा सङ्घ सङ्स्थाहरुमा आवद्ध पनि हुनुहुन्छ । २०१४ साल देखि २०४२ सालसम्म सरकारी नोकरी गर्नु भएका, नोकरीको सिलसिलामा नेपालका विभिन्न जिल्लाामा भ्रमण गर्नु भएका व्यक्ति हुनुहुन्छ उहाँ । धार्मिक तीर्थयात्रामा भारतको चार धाम गर्नु भैसकेको छ । विभिन्न सङ्स्थाहरुबाट कदर पत्र, सम्मान पत्र, प्रशंसा पत्र आदि प्राप्त गरिसक्नुभएको छ ।
श्री ओतबहादुर खड्काजीको कलमबाट लेखिएका विभिन्न विधाका पहिले ७ ओटा र यो सहित ८ ओटा पुस्तक प्रकाशित भैसकेको विवरण उल्लेख भएको पाइन्छ । ‘जीव र ईश्वरको दिग्दर्शन’ नामको उहाँको पहिलो पुस्तक २०६३ सालमा प्रकाशित भएको हो । त्यसपछि क्रमशः (१) गर्ग सङ्हिताको गोलोक खण्ड (२०६७) अनुवाद (२) रोसीको आवाज कविता सङ्ग्रह (२०६७) (३) नीति र रीति – टिपनटापन (२०६८) (४) अनुभूतिका तरङ्गहरु कविता सङ्ग्रह (२०७०) (५) बैदिक धर्म र आर्य समाज अनुवाद (२०७१) (६) नेपाल माहात्म्य अनुवाद (२०७३) र (७) यो वेद के भन्छ ? सारसङ्ग्रह (२०७६) हालसम्मको पछिल्लो पुस्तक हो । साथै हरियो वन र राधेश्याम भजन नामक उहाँको २ ओटा सिडीहरु पनि रहेका छन् । 
अनुवाद
कुनै एउटा भाषामा लेखिएका लेख रचना अरु भाषामा परिणत गर्ने अर्थात् अनुवाद गर्ने प्रचलन विश्वव्यापी रुपमा छ । नेपाली भाषामा अनुवाद सहित्यतर्फ फर्केर हेर्दा देखिएका केही उदाहरणहरु यहाँ उल्लेख गर्नु सान्दर्भिकै होला । इन्दीरसको ‘गोपिका स्तुति’ सङ्स्कृत भाषामा लेखिएको श्रीमद्भागवत्को एक अंशको अनुवाद हो । यसरी नै आदि कवि श्री भानुभक्त आचार्यज्यूको ‘रामायण’– अध्यात्म रामायनको अनुवाद हो । यसरी नेपाली भाषामा अनुवाद गर्ने अनुवादकहरुको क्रममा श्री ओतबहादुर खड्काज्यू पनि नेपाली पाठकहरु समक्ष देखापर्नु भयो । उहाँले अनुवाद गर्नु भएका ४ ओटा पुस्तहरुको नाम उल्लेख भैसकेको छ । अनुवादकको भाषाशैली प्रस्तुतीकरण सरल, गहन, रोचक छ छैन भन्ने विषयको चर्चा पनि गरिने गरिन्छ । श्री ओतबहादुरज्यूको अनुवाद कार्यमा धेरै सकारात्मक पक्षहरु रहेको मैले पाएँ ।
‘वेद के भन्छ ?’ कृतिका अवयवहरु
हिजो आज कुनै पुस्तकको पृष्ठ सङ्ख्या ५० भन्दा बढि भयो भने पुस्तक र कम पृष्ठ भयो भने पुस्तिका भन्ने चलन छ । यो पुस्तक ४६ पृष्ठ मात्र भएकोले पुस्तिकाको रुपमा देखा प¥यो । तर यसमा रहेको विषय सूचीमा १५ ओटा शीर्षकहरुमा विभक्त गरिएका छन् । विषय सूचीमा परेका प्रत्येक शीर्षकमा रहेका कुरालाई मैले साह्रै कम शब्दहरुमा सीमित गरी निम्न अनुसार प्रस्तुत गर्ने जमर्को गरेको छु ।
१) श्री गणपति वन्दना
हाम्रो धर्म, सङ्स्कृति अनुसार कुनै पनि कार्यको सुरूमा श्री गणेशाय नमः भनी, गणेशको पूजा प्रार्थना वन्दना गर्ने गरिन्छ । यसरी नै यो पुस्तिकाको पहिलो स्थानमा श्री गणपति वन्दना शीर्षकमा ६ ओटा बुदागत विवरणहरु रहेका छन् । जसमा ऋग्वेदका ५ ओटा र शुक्ल यजुर्वेदको एउटा समेत ६ ओटा सुक्तिहरुको उल्लेख गरी श्री गणपति वन्दा राखिएको छ ।
२) स्वस्ति वाचन
हामीलाई देवताले दीर्घायु र निरोगी बनाउन् सुरक्षा प्रदान गरुन् भन्ने पुकारको भावनालाई नै यहाँ – स्वस्ति वाचन भनिएको छ । आश्विनि देवता, इन्द्र, वृहस्पति, सबैलाई आव्हान गरिएको स्वस्ति वाचन हो ।
३) चारवेदको मड्डलमय सन्देश
शीर्षक अनुसार ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेदका ४ ओटा सन्देश पनि दिइएका छन् । अग्नि, जललाई आव्हान गरी सबैलाई श्रेष्ठ कर्मका लागि प्रेरित गरुन् भनी स्तुति गरिएको छ ।
४) परम पुरूषको स्तुति
विष्णु परम पुरूष सबै ब्रह्माण्डमा व्यापक रुपमा रहेका छन् । उनीबाट नै ब्रह्माण्डको उत्पत्ति भएको हो । देवताहरुले यज्ञद्वारा परम पुरूषको आराधना गरेको कुरालाई यहाँ स्तुतिको रुपमा चर्चा गरिएको छ ।
५) वैदिक सुमार्ग
यसमा ऋग्वेदका ३, शुक्ल यजुर्वेदको १, साम वेदको १ समेत ५ ओटा मन्त्रको नाम उल्लेख गरी जम्मा ५ ओटा बुँदाहरुमा वैदिक सुमार्गहरु उल्लेख गरिएको छ ।
६) वेदको प्रार्थना
वेदमा मानव कल्याणका लागि अनेकानेक मन्त्रहरु छन् । तिनको स्वाध्याय तथा चिन्तन मनन्ले उच्च जीवन, उच्च विचारको प्रादुर्भाव हुन्छ भनी ऋग्वेदका ४ ओटा मन्त्रहरु, यजुर्वेदका ७ ओटा मन्त्रहरु, सामवेदका ८ ओटा मन्त्रहरु र अथर्व वेदका ९ ओटा मन्त्रहरु समेतगरी २७ ओटा मन्त्रहरुको सङ्स्कृत भाषामा र त्यसको नेपाली भाषामा अनुवाद गरिएका अर्थहरु दिएका छने । ती सबै मन्त्रहरुले भगवानसँग सुख सद्बुद्धि, तेजस्वी अनेक प्रकारका मनोरथ प्राप्ति सत्यवादी बनाउनका लागि पुकार गरिएको छ । विभिन्न प्रकारका इच्छा पूरा गरी दिने शंत्रु कोही नहुन् भनने कामना गर्ने , दुष्ट बोली स्वभावको नाश होओस्, कुनै प्रकारको भय नहोओस्, जस्ता विषयको प्रार्थना गरिएको छ ।
७) वेदबाट कामको साधना गर्ने मन्त्र
चारैओटा वेदहरुका २७ ओटा मन्त्रहरु (क) भूतादि मन्त्र (ख) निर्विघ्न मन्त्र (ग) बाल शान्ति मन्त्र (घ) रोग नाशका लागि मन्त्र (ङ) धन प्राप्तिका लागि मन्त्र (च) पानी पार्ने मन्त्रहरु सङ्स्कृत भाषालाई नेपालीमा कतिपय अनुवाद गरी राखिएको छ । त्यसको नेपाली भाषामा ती मन्त्रहरुले दिने फाइदाहरु पनि उल्लेख गरिएका छन् ।
८) वेदमा भगवान प्रार्थना
मन्त्र द्रष्टा ऋषिहरुले वेदका अनेक ठाउँमा लोक कल्याणका लागि भगवनालाई आह्वान गरिएका मन्त्रहरु छन् । यहाँ ऋग्वेदका ३ ओटा, शुक्ल यजुर्वेदका ३ ओटा र अथर्व वेदका ३ ओटा समेत जम्मा ९ ओटा मन्त्रहरु सङ्स्कृत भाषाबाट नेपाली भाषामा अनुवाद गर्दै कतिपयका अर्थ दिइएको छ । भगवानको शरणमा परी प्रार्थना गरेमा फल प्राप्त हुने कुराको पनि चर्चा गरिएको छ ।
९) वेदको परिचय
वेद भनेको देवता, पितृ र मानिसको आँखा हो । यो केवल बह्म विद्याको ग्रन्थ मात्र होइन, खयम् बह्म नै हो । वेदको मूल चार सङ्हितामा, ब्रह्माण भाग र त्यसका ब्राह्मण, आरण्य, उपनिषद् ३ विभागमा विभक्त छन् । वेदले धर्म, अर्थ, काम र मोक्षका कुरालाई प्रतिपादन गर्छ । यसको व्याख्या वेदाङ्गवार हुन्छ । वेदाङ्गका ६ प्रकार छन्ः शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष । ४ वेदका ४ उपवेद हरु छन्ः आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद र स्थापत्यवेद । वेदको उपब्रह्म इतिहास पुराण आदिबाट भएको हो । यसैको पुराणलाई वेदको पाँचो भाग पनि भनिएको छ । 
१०) वेदको प्रादुर्भाव
विद्वानहरुले वेदलाई सनातन, नित्य, अपौरुषेय मानेका छन् । वेदको उत्पत्ति ईश्वरीय ज्ञानका रुपमा भएको छ । सृष्टिको आदिमा परमात्मा प्रभुले ब्रह्माजीलाई प्रकट गर्नु भएको हो । यसरी वेदको ईश्वरीय ज्ञान कालान्तरमा सबैका लागि प्राप्त हुँदै आएको हो । यसमा शौनकदि ऋषि, याज्ञवलक्य वेदव्यासहरुले पनि वेदलाई मनन गरेर त्यसलाई मन्त्रका रुपमा लिइयो र त्यसलाई छन्द पनि भनियो । जसले मानिसको रक्षा गर्दछ त्यसैलाई छन्द भनिन्छ पनि भनियो । भोजन आदि सबै पदार्थ दिनेहरुलाई नै देवता भनियो । पृथवीका स्थानीय देवता अग्नि, अन्तरिक्षका स्थानीय देवता वायु वा इन्द्र र द्युलोकका स्थानीय देवता सूर्यलाई मानियो । मन्त्र वा सुक्तलाई नै देवत्व शक्ति मानिएको छ ।
सूर्य, गणेश, विष्णु, देवी आदि देवताहरुलाई नै देवता नै मानिन्छ । वेदबाट नै धर्मको उत्पत्ति भएको हो । कुनै पनि मानिसद्वारा वेद बनाइएको होइन । वेद एउटा देशको मात्र होइन सबै देशको मानिन्छ ।
११) वेदमा पाइने शिक्षाप्रद आख्यान
ऋषिमुनिले वेदलाई अक्षय ज्ञानको विधान मान्दछन् । प्राचीनतम मानवीय इतिहास, सामाजिक नियम, राष्ट्रधर्म, सदाचार, कला आदिको ज्ञान प्राप्त गर्ने, साधन भनेकै वेद ग्रन्थ हो । यसको अन्तिम लक्ष्य भनेकै मोक्ष प्राप्ति हो ।
कर्म काण्ड, उपासना काण्ड र ज्ञान काण्डका बारे वेदमा बताइन्छ । गृहस्थी जीवनमा अपनाउनु पर्ने ब्रह्मयज्ञ, देवयज्ञ, भूतयज्ञ, पितृयज्ञ र मनुष्ययज्ञ जस्ता कुराको बारेमा पनि वर्णन गरिएको पाइन्छ । सबै प्रकारका यज्ञ सात्विक, राजसिक, तामसिक गरी तीन प्रकारका मानिएको छ । मानवचित्तलाई कुकर्ममा लाग्न नदिई सत्कर्मतिर लाग्ने प्रेरणा दिइएको छ । 
१२) वेदमा मन्त्र
वेदमा अनेक मन्त्रहरु अभीष्टसिद्धिका लागि राखिएका छन् । ती सूक्तरुपी मन्त्रहरु दार्शनिक सूक्तमा पुरूष सूक्त, हिरण्यगर्भ सूत्र, वाक् सूत्र र नासदीय सूत्रका रुपमा प्रसिद्ध मानिन्छन् । प्रथम भागमा सृष्टि सूक्तका सृष्टिको पहिलो अवस्था, दोस्रो भागमा नामरुपादिविहीन सत्ता रहेको र तेस्रो भागमा सृष्टिको दुज्र्ञेयता (जानि नसकिने) कुराको निरुपण गरिएको छ । नासकीय सूक्तको गणना विश्वका शिखर साहित्यमा गणना गरिएको भनी चर्चा गरिएको छ ।
१३) वेदको आध्यात्मिक सन्देश
यसमा अनुवादकद्वारा ऋक्वेदका चार ओटा, अथर्ववेदका तीन ओटा, सामवेदको एउटा र यजुर्वेदका दुईओटा मन्त्रहरुको जम्मा १० ओटाको सङ्स्कृतमा समेत उल्लेख गरी नेपाली भाषामा समेत अनुवाद गरी सङ्क्षिप्त व्याख्या गरिएको पाइन्छ । 
गायत्री मन्त्रलाई सबभन्दा उत्तम मन्त्र मानिन्छ भने जुवा नखेल्नु, अरुको धनसम्पत्तिमा लालच नगर्नू, मानिस र सबै प्राणीलाई कुनै प्रकारको दुःख र कष्ट नदिनू, सत्यको मार्गमा हिड्नू जस्ता सन्देशलाई वेदको आध्यात्मिक सन्देश मानिन्छ ।
१४) परिशिष्ट
मन्त्र जप्ने तीन प्रकारका वाचिक, उपास र मानस छन् भनिएको छ । होमसम्बन्धी जानकारी दिने क्रममा होम गर्न चाहिने साधन छोराछोरी जन्माउन खीरको हवन, लक्ष्मी प्राप्तिका लागि घिऊमा मुछिएको अन्नले हवन गर्ने तथा स्मृति प्राप्तिको लागि घिउ, बेलपत्र र तिलजातु वस्तुले होम गर्नु भनी जानकारी दिइएको छ । अन्य जानकारी भन्दै आगोमा हिँड्ने, दाँतको कीरा झार्ने, आँखाबाट आँसु झर्ने रोग निको पार्न र स्मराण् शक्ति बढाउने उपायको पनि जानकारी दिइएको पाइन्छ ।
१५) यस कृतिका प्रकाशक शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मन्जुश्रीज्यूको शब्दमा ‘यस पुस्तिकाको अध्ययनबाट हजारौं’ वर्ष पहिलेका हाम्रा पूर्वजहरुको चिन्तन मननको स्तर कति माथि रहेछ भन्ने कुरा यस पुस्तिकाबाट बुझ्न सकिन्छ ।
१६) यस पुस्तिकाको भूमिकाका लेखक श्री मुकुन्दप्रसाद उपाध्यायका शब्दमा ‘यो पुस्तिका छोटकरीमा वेदबारे बुझ्न जान्न चाहने युवा पुस्ताका लागि आवश्यक पाठ्यसामग्री बन्न सक्छ ।’
१७) लेखक ओतबहादुर खड्काज्यूले आफ्नो भनाइमा ‘अहिलेसम्म नेपालीमा लेखिएका वेदसम्बन्धी पुस्तकहरु सर्वसाधारण नेपाली पाठकले बुझ्न कठिन होला भनी ‘वेद के भन्छ ?’ भन्ने शीर्षक राखी सङ्क्षिप्त रुपमा हिन्दी भाषाबाट नेपालीमा अनुवाद गरी प्रकाशित भएको’ कुरा समेत उहाँ जानकारी दिनु भएको देखिन्छ । 
समग्रमा यो पुस्तिका प्राचीन हिन्दू सङ्स्कार कसरी पालना गर्नु पर्दछ र हुँदैआएको भन्दै न्यूनतम मूल्य रु.६०÷– कायम गरी प्रकाशित यो कृति हाम्रा लागि ज्यादै पठनीय, सङ्ग्रहनीय र महङ्खवपूर्ण रहेको छ भन्ने मलाई लागेको छ ।
अस्तु । 
८८८८
ओतबहादुर खड्का


Comments