साहित्य सदन नेपालकाे आयाेजनामा आख्यान विमर्श सङ्गाेष्ठी
बैशाख १६, २०८१, आइतबार | विहान ११:३६ बजे | 65
काठमाडाैं, १६ वैशाख । साहित्य सदन नेपालले एक आख्यान विमर्श सङ्गाेष्ठी सम्पन्न गरेकाे छ । काठमाडाैंकाे बाैद्ध रामहिटीस्थित साहित्य सदन नेपालकाे भवनमा शनिवार विशेष आतिथ्यतामा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीकाे प्रमुख अतिथ्यतामा आख्यान विमर्श सङ्गाेष्ठी सम्पन्न भएकाे हाे । बाल अधिकारकर्मी तथा आख्यान विमर्श सङ्गाेष्ठीका संयाेजक डा कृष्ण सुवेदी भारद्वाज मित्रले सम्पूर्ण उपस्थित महानुभावलाई स्वागत गर्दै सुरूभएकाे आख्यान विमर्शमा उहाँले स्वागत मात्र गर्नुभएन उहाँले विषय प्रवेशमा पारिजातकाे ३१ अैा स्मृतीमा चर्चा पनि गर्नुभएकाे थियाे , उहाँले देशले मात्र हाेइन संसारले चिनेकाे पारिजातसंग चैत्र ३ गते राल्फा आन्दाेलनमा संगै हाेमिएकाे बताउँदै चखुन्चा स्वाँ ज्याराकाण्डा फूल फुलेकाे समयमा पारिजातले शिरिषकाे फूल भनेर लेखेपछि संसारले पारिजातलाई चिनाएकाे बताउनुभयाे । उहाँले निरंकुसताकाे समयमा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, धुस्वाँ सायमीले साहित्य सदन नेपाल निर्माणका लागि एकलाख रूपैयाँ सहयाेग गर्नुभएकाे सम्झम्दै हृदयचन्द्रकाे सम्मान गर्दै उहाँकाे स्मृतीमा २०४३ सालतिरकाे समयमा कार्यक्रम गर्न थाल्दा पञ्चायतीहरूले कार्यक्रम गर्न नदिएपछि पद्माेदयकाे चाेटामा कार्यक्रम गर्दा बैकुण्ठ लाकाैलले सार्है चित्त दुखाउँदै जनताकाे एकेडेमी बनाउनुपर्छ भनेर रू एक लाख सहयाेग गर्नुभएकाे सन्दर्भ निकाल्दै साहित्य सदन नेपाल स्थापना गरिएकाे बताउनुभयाे । सङ्गाेष्ठीमा पारिजात केन्द्रका पूर्व अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले पारिजात स्मृती केँन्द्रले पारिजातकाे जन्म १९९० फागुन ३० गते बनाइर ७८ सालमा सच्याइएकाे बताउनुभयाे । उहाँले २०२२ सालमा शिरिषकाे फूलमा मदन पुरस्कार प्राप्त गरिसकेपछि प्रसिद्धी पाएकाे बताउनुभयाे । बहुआयामिक व्यक्तित्व पारिजातले कृतीका कारणले संसारभर चिनिने बताउनुभयाे । उपप्राध्यापक निग्मना घिमिरेले वर्तमान नेपाली उपन्यासका प्रवृती माथि लेखिएका कार्यपत्र पढेर सुनाउनुभएकाे थियाे भने प्रा डा दयाराम श्रेष्ठले वर्तमान नेपाली कथाले पहिल्याएका बाटाहरूकाे कायपत्र प्रस्तुत गर्नुभएकाे थियाे । कार्यपत्र माथि प्रा डा रमेशप्रसाद भट्टराई र वरिष्ठ चिन्तक निनु चापागाईले टिप्पणी गर्नुभएकाे थियाे । कार्यक्रमका टिप्पणीकार तथा वरिष्ठ चिन्तक निनु चापागाईले साहित्य सदन नेपालले आख्यान विमर्श चलाएर धेरै महत्वपूर्ण कार्यक्रम गरेकाे बताउनुभयाे । उहाँले यस्ता आख्यान विमर्श गहनताका साथ हुनुपर्ने बेलामा खरेडी लागेकाेले सदनले यस्ताे कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयाे । आख्यान विमर्श सङ्गाेष्ठीमा साहित्यकार तथा पूर्व मन्त्री शान्ता मानवी, प्रा डा जीवेन्द्रदेव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्रा डा रामप्रसाद ज्ञवाली, प्रा काेशराज न्याैपाने, प्रा सुरेश ढकाल, प्रगतीशिल लेखक संघका अध्यक्ष मधुसुदन गिरी, अरूणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुङ्गाना, प्रा डा कृष्णप्रसाद न्याैपानेलगाएतका विशिष्ठ व्यक्तित्वहरू उपस्थित हुनुभएकाे थियाे ।
फाेटाेमा हेर्नुहाेस्...