बिनायकमा दिक्षान्त समाराेह सम्पन्न
बैशाख १४, २०८१, शुक्रबार | दिउँसो ०१:०१ बजे | 90
बिनायक स्काउट ट्रुप, बिनायक शिक्षा निकेतन, मध्यपुर थिमिमा एक समाराेहबीच दिक्षान्त समाराेह सम्पन्न भएकाे छ । स्काउटकाे पहिलाे तह, सदस्यता तहपछिकाे सम्पूर्ण काेर्षहरू पूरा भए पश्चात् दाेस्राे तह, बि.पी. पिक ब्याच बितरण गर्दै स्काउटहरू श्री तुल्सीहरि प्रजापति, श्री सानु चक्रधर, यमुना प्रजापति र लक्ष्मी केशरी प्रजापतिले बधाई तथा शुभकामना ब्यक्त गर्नुभयाे ।
बिशिष्ट अतिथिकाे बधाई मन्तव्य राख्नुहुँदै ईकाई अध्यक्ष श्री सुरेन्द्र बिक्रम प्रजापतिले संस्कारयुक्त शिक्षा अाजकाे अावश्यकता भएकाे र त्यसकाे भरपर्दो माध्यम स्काउटिङ्ग शिक्षा भएकाे धारणा व्यक्त गर्नुभयाे ।
कुल ३२ जना स्काउटहरूलाई दिक्षित गरिएकाे उक्त समाराेह नयाँ थप २० जना स्काउटहरूकाे पनि उपस्थिति रहृकाे थियाे ।
नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिका प्रमुख अायुक्त समेत रहनु भएका स्काउटर श्री तुल्सीहरि प्रजापतिले चालु शैक्षिक वर्षमै स्काउटहरूलाई छैठाैँ तहसम्म पुर्याउने ट्रुपकाे लक्ष्य रहेकाे बताउनु हुँदै सबैलाई नियमित कक्षा र दैनिक १५ मिनेट स्काउटिङ्ग सम्बन्धि थप अध्ययनमा लाग्न अभिप्रेरित गर्नुभयो ।
फाेटाेमा हेर्नुहाेस्...