ठूलो योगदान
बैशाख ११, २०८१, मङ्गलबार | विहान ०२:५७ बजे | 55
टीका ढुङ्गेल ‘रटन’
वरिष्ठ साहित्यकार डा. इन्दुल केसीकी धर्मपत्नी सावित्री राणा केसीको विक्रम सम्वत् २०८० आश्विन २१ गते काठमाडौँमा ७६ वर्षको उमेरमा निधन भएको दुःखद खबरले म मेरो परिवारसहित दुःखित भएको छु । सावित्री राणा केसी विक्रम सम्वत् २००३ सालमा जन्मनुभएको हो । उहाँको आत्माले वैकुण्ठमा बास पाओस् भनेर ईश्वरसँग प्रार्थना गर्दछु । डा. इन्दुल केसी तथा सम्पूर्ण परिवारमा गहिरो शोक व्यक्त गर्दछु । सावित्री राणा केसीमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेँ ।
डा. इन्दुल केसीको घर काठमाडौँमा गएको समयमा उहाँसग भेट भएको थियो । उहाँले खाना बनाएर खुवाएको झलझली याद आइरहेको छ । त्रिफला अन्तर्राष्ट्रिय पुस्तकालयका अध्यक्ष श्री प्रेमप्रकाश फलाहारी, उपाध्यक्ष श्री रामप्रसाद दाहाल र कलमकार गएको थियौँ । त्यस समयमा उहासँग राम्रो परिचय भएको थियो । आज डा. इन्दुल केसीले जति पनि साहित्यिक समाजमा उच्च स्थानमा आफ्ना लोकप्रिय कृतिहरूको र सामाजिक कार्यकर्ता भएर अघि बढ्नुभएको थियो, यी सबै कार्यका निम्ति सावित्री राणा केसीको ठूलो योगदान रहेको थियो ।
पत्नीको सम्झना गर्नुहुँदै केही समवेदनापत्र तथा उहाँप्रति साहित्यकारहरूबाट प्राप्त भएका पत्रहरूलाई एकमुस्ट पारी शोकपुस्तिका प्रकाशित हुने नै छ भन्ने आशा गर्दछु । डा. इन्दुल केसी जस्ता जुझारु साहित्यकारप्रति छोटो समवेदनापत्र पठाइरहेको छु ।
डेभलपमेन्ट एरिया, पी. ओ. गान्तोक, सिक्किम
पिन नं. ७३७१०१, फोन नं. ९३८२१२७८१८