बलियोले चाहेपछि....


बैशाख १०, २०८१, सोमबार | विहान ०२:३२ बजे | 30


बलियोले चाहेपछि....

प्रजापति तिमिल्सिना
मेरो र डा. इन्दुल केसीको उमेरमा धेरै फरक छ । तर पनि साहित्यले संयोग जुरायो, समयले मन्जुर ग¥यो र हामी साथी बनेका छौँ । हात मानिरहेको छैन, औँला चलिरहेका छैनन् तिनै साथीको जीवनको अर्धाङ्ग रित्तिएको छ भनेर ।
आफ्ना हृदयप्रिय जीवन साथीको जीवन अर्धाङ्ग रित्याउन मन थिँदै थिएन । तर बलियोले चाहेपछि निर्बलियोको के लाग्दो रैछ र ! बलियाले लगेपछि जानैप¥यो, जानुभयो डा. इन्दुल केसीकी जीवनसँगिनी सावित्री केसी । आफ्नो जीवनको प्रेमपात्रलाई छाडेर, आफूले सिँगारपटार गरेर सजाएको घर छाडेर । नचाहँदा–नचाहँदै जानुभएको श्रीमती सावित्री केसीको आत्मालाई स्वर्गलोकमा उत्तम स्थान मिलोस्, सदा वैकुण्ठको बास होस् । हार्दिक श्रद्धाञ्जली ।
उहाँले छाडेर गएको घर, सिँगार भरेको घर सदा फुलोस्–फलोस्, त्यही सिाँरमा जगमगाइरहोस् । त्यही घरका शोकसन्तप्त परिवार एवं सबै आफन्तजनमा भएको यो अपूरणीय क्षतिमा धैर्यधारण गर्ने साहस जुटोस् । हार्दिक समवेदना ।

फाेटाेमा हेर्नुहाेस्...

बलियोले चाहेपछि....

Comments