ओजेटी पदस्थापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बैशाख ९, २०८१, आइतबार | विहान ०६:४४ बजे | 60
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयमा सञ्चालित २४ महिने प्रि डिप्लोमा (निःशुल्क पढाइने) औद्योगिक अभ्यासका विद्यार्थीहरुको ओजेटी पदस्थापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । एसइई पश्चात निःशुल्क रुपमा पढाइ हुने उक्त शैक्षिक कार्यक्रम अन्तर्गत ३.५ महिना वागीश्वरी मा.वि. तथा १९.५ महिना उद्योेगमा गएर सिक्ने तथा पढाइ हुने गर्दछ ।
वागीश्वरी मा.वि.का प्रअ. कृष्णप्रसाद धन्छाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालय, वागमति प्रदेशका अधिकृत चन्द्रबहादुर श्रेष्ठ, इन्सोर प्रयोग्रामका प्राविधिक संयोजक चक्रपाणी तिम्लसिना, वागमती प्रदेश परि संघका प्रतिनिधि जगन्नाथ लामिछाने तथा उद्योगका तर्फबाट गोर्खा इको प्यानलका संस्थापक अध्यक्ष विश्वराम कवांको उपस्थितिमा प्राविधिक शिक्षलय –वागीश्वरी मा.वि.), रोजगारदाता उद्योग तथा प्रशिक्षार्थीहरुको बिचमा त्रिपक्षीय सम्झौता भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...