श्रद्धाका दुई थुँगा फूल


बैशाख ९, २०८१, आइतबार | विहान ०२:४१ बजे | 35


श्रद्धाका दुई थुँगा फूल

जीवनाथ अधिकारी
 
मान्छे चेतनको समष्टि जग हो, हो सृष्टिको आँगन 
टेकी पाउ उदाउँदो छ धरती सौन्दर्यको छादन । 
आत्मा हो अमरत्व साथ नभमा प्राकट्य जो गर्दछ 
फूलैफूल समाधि लिन्छ सहसा सौगन्धले भर्दछ ।। 

जन्म लिने सबैले एक दिन धरतीबाट सदाका लागि बिदा लिनु प्रकृतिको विधान हो । जन्मेर सामथ्र्य अनुसार मानिसले आफूलाई कीर्तिमय बनाउने यत्न गर्दछ । भौतिक जीवनलाई जति समय उपयोग गर्न सकिन्छ, सार्थक ढङ्गले बाँच्न सके जीवनले पूर्णता पाएको मान्न सकिन्छ । जसरी बाँचे पनि अन्तमा उही अगम्य मार्गतर्फ प्रस्थान नगरी धरै पाइँदैन, त्यो पनि एक्लाएक्लै । यस विषम परिवेशमा कुनै आफन्तले पनि कसैलाई न साथ दिन सक्छ, न सम्भावना नै छ । सधैर्य परिस्थितिको सामना गर्नुको अर्को विकल्प मानिसले पाएको छैन । 
आदरणीय साहित्यकार, प्राकृतिक योगचिकित्सक, शैक्षिक अभियन्ता, सदैव सबैसित प्रिय मित्रका रूपमा प्रस्तुत हुने डा. इन्दुल केसीले यस्तै विडम्बना सहनुप¥यो मिति २०८० असोज २१ गते प्यारी धर्मपत्नी सावित्री केसीलाई यस धरतीबाट गुमाएर । सावित्रीले छोडेर जानुभयो इन्दुललाई, आँखाका नानीमा प्रिय पतिको छाया लुकाएर । 
मान्छेले जस्तोसुकै पीडालाई पनि सधैर्य सहन गर्नैपर्ने विवशता छँदैछ । आफन्त, इष्टमित्र, साथीसँगी, छरछिमेकी सबैको समानुभूतिलाई आत्मसात गर्दै इन्दुल पनि असहजतालाई सहजतामा बदलिरहनुभएको छ । यस वियोगपूर्ण घडीलाई सुदृढ मनोबलले आच्छादन गर्दै अघि बढिरहेका डा. इन्दुल केसी तथा परिवारजनमा समानुभूति प्रकट गर्दछु । सांसारिक मोहबन्धनबाट आफूलाई मुक्त गराई परलोकगमन गर्नुभएकी स्वर्गीय सावित्री केसीमा असीम श्रद्धापुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । 

फाेटाेमा हेर्नुहाेस्...

श्रद्धाका दुई थुँगा फूल

Comments