कविता ः शुभकामना


बैशाख ७, २०८१, शुक्रबार | साँझ ०४:२३ बजे | 50


कविता ः शुभकामना

भितेपात्रो फेरिए 
साल फेरिए 
अनि 
फेरिए दिन
तर 
तिम्रो व्यवहार उस्तै 
दिउ कसरी  शुभकामना ?
जताततै
अन्याय छ
अत्याचार छ
भ्रष्टाचार छ  लुछाचुँडी छ
खै 
दिउ कसरी शुभकामना ?
यो विसंगतिको
शैयामा 
छटपटाई बाच्नु कि मर्नु 
भइरहेको यो परिवेशमा 
लुकाएर  पिडा छातीमा
खै दिउ कसरी शुभकामना ?

हिजो जस्तो 
आज छैन परिवेश
तै पनि
बनोस् सपना साकार
शुभकामना नयाँ बर्षको 
विदाई  पुरानो बर्षको।

राम चन्द्र प्रजापति

Comments