बनेपामा एकैपटक चार पुस्तकहरुको विमोचन


बैशाख १, २०८१, शनिबार | दिउँसो ०१:१५ बजे | 60


बनेपामा एकैपटक चार पुस्तकहरुको विमोचन

बनेपा । शब्दयात्रा प्रकाशनको आयोजनामा शनिबार बनेपामा एकैपटक चार वटा पुस्तकहरुको विमोचन गरिएको छ । डा इन्दुल केसीको सावित्री स्मृति, शंकरप्रसाद मानन्धरको अध्यात्म र चिन्तन, डा इन्दुल केसी र पदम दाहालको एक अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि र दिलहरि श्रेष्ठका कविता समेत चार पुस्तक सार्वजनिकीकरण गरियो । कार्यक्रमको सभापतित्व हरि मन्जुश्रीले गर्नुभएको थियो । प्रमुख अतिथि कल्पना खरेल हुनुहुन्थ्यो । पानसमा बत्ति वालेर कार्यक्रमको समुद्घाटन कवि लेखक विष्णु ओलीले गर्नुभएको थियो । कार्यक्रममा मृदुला मृदुल, जीवनाथ अधिकारी, देवी उप्रेती, डा सीता सुवेदी, कालिका त्रिपाठी, प्रजापति शर्मा लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

बनेपामा एकैपटक चार पुस्तकहरुको विमोचन

Comments