मुक्तक


बैशाख १, २०८१, शनिबार | विहान ०३:५५ बजे | 25


मुक्तक

    उषा के सी
    ललितपुर – १५, सातदोबाटो 

१  देशमा मक्केका झ्यालढोका फेर्नु परेकोछ
भुकम्पले निदाल सर्न सक्छ हेर्नु परेको छ
चाँदी जस्तै पाकेकाको तृष्णा बढ्दैछ झन
अब प्यास मेट्नलाई मुहानमै घेर्नु परेको छ

२ पानी झै पोखिँदै पोखिँदै बित्यो जिन्दगी 
भाग्यसँग जोडिँदै जोडिँदै बित्यो जिन्दगी
शत्रुसँग हातेमालो मित्रहरू खोज्दै खोज्दै
तराजुमा जोखिँदै जोखिँदै  बित्यो जिन्दगी 

३ भुल  गरे वा  गल्ती गरे  आत्मा  चिन्न पछिपरे
पछुतो  नलागोस  किन  अन्जानमा  अघि सरे
आकाश  धर्ती  बिचको  कुहिरोभित्र  निशासिदा 
कोआफ्नो कोपराई सबैबाट पटकपटक 
कति मरे 

४ अनपढ ती आमाबुवालाई समयले पढायो
विद्वान हुँ भन्ने घमण्डीलाई समयले लडायो
आदर्शका कुरा गर्दैमा बुद्धिमान मान सकिन्न  
हो त्यसैले अज्ञानीलाई खोज्दै समयले बढायो           

Comments