भक्तपुरको विस्काः जात्रा पुस्तक सार्वजनिक


चैत २९, २०८०, बिहीबार | विहान १०:०९ बजे | 45


भक्तपुरको विस्काः जात्रा पुस्तक सार्वजनिक

भक्तपुर । प्रत्येक वर्ष भक्तपुरमा मनाइने चर्चित विस्का जात्राबारे लेखिएको ‘विश्व प्रसिद्ध भक्तपुरको विस्काः जात्रा’ नामक पुस्तक विहीबार एक कार्यक्रम गरी सार्वजनिक गरियो । पुस्तकको बागमति प्रदेशका सांसद् सुरेन्द्रराज गोसाईले सार्वजनिक गरेका हुन् । 
पुस्तक एक सय ४२ पृष्ठको छ । पुस्तकको प्रकाशन मुक्ति संगीत प्रशिक्षण केन्द्र टौमढी भक्तपुर ५ नेपालले गरेको हो । पुस्तकका लेखक मुक्तिसुन्दर जधारी रहेका छन् । उनी भक्तपुर नगरपालिका वडा नं ५ टौमढी लैको निवासी स्थानीय कलाप्रेमी हुन् । पुस्तकको मूल्य पातलो गातामा आठ सय र मोटो गातामा एक हजार तोकिएको छ । 
पुस्तक सात खण्डमा विभाजित छ । पुस्तकमा भक्तपुरमा हुने विस्का जात्राका विविध पक्षबारे चर्चा गरिएका छन् । साथै विस्का जात्राको क्रममा भक्तपुरका टोलटोलमा हुने विभिन्न जात्रापात्राहरुबारे पनि पुस्तकमा विस्तृत रुपमा उल्लेख छ । 
विमोचन कार्यक्रममा इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठ, संस्कृतिविद् गणेशराम लाछी, गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख खिमा ओली, समाजसेवी अनन्तप्रसाद धौभडेल, उद्योगी रोशन भोयद्योलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
विस्का जात्रा भक्तपुरको एउटा प्रमुख जात्रा हो । प्रत्येक वर्ष नयाँं वर्ष सुरु हुनु चार दिन अगाडि (यो वर्ष चैत २७ गते) र चार दिन पछाडि वैशाख ५ गतेसम्म गरी आठ रात नौ दिन मनाइन्छ । जात्राको क्रममा ५५ हात लामो लिंगो प्रत्येक वर्षको अन्तिम दिन उठाउनु र वैशाख १ गते ढाल्नु प्रमुख आकर्षण रहेको छ । वैशाख २७ गते भैरबनाथको रथ तानेर सुरु भएको जात्रा वैशाख ५ गते यही रथ तानेर समाप्त हुन्छ । साथै जिल्लाकै मध्यपुर थिमिमा जिव्रो छेड्नेलगायतका जात्रा विस्का जात्राका चर्चित जात्राहरु हुन् । प्रकाशित पुस्तकमा मध्यपुर थिमिमा जात्राका क्रममा हुने विभिन्न विषयवस्तुहरुबारे पनि लेखिएका छन् ।  

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको विस्काः जात्रा पुस्तक सार्वजनिक
भक्तपुरको विस्काः जात्रा पुस्तक सार्वजनिक
भक्तपुरको विस्काः जात्रा पुस्तक सार्वजनिक

Comments