एक्टिभ स्कुलका ३२ विद्यार्थी भए दिक्षित


चैत २६, २०८०, सोमबार | विहान १०:२९ बजे | 65


एक्टिभ स्कुलका ३२ विद्यार्थी भए दिक्षित

सागर
मध्यपुर थिमि – मध्यपुर थिमि नपा ६ चपाचोस्थित एक्टिभ इ»्लिस स्कुलमा युकेजी उत्तीर्ण ३२ विद्यार्थीहरुलाई दिक्षित गरिएको छ । स्कुलका निर्देशक आशाहरि प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नपा वडा नं. ६ का वडाध्यक्ष ज्ञानदास प्रजापतिले विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै असल संस्कार र हाम्रो संस्कृतिको बारेमा पनि जानकारी दिनुपर्ने बताउनु भयो । प्रमुख अतिथि प्रजापतिले शिक्षाको लक्ष्य नै ज्ञान हो त्यसैले व्यवहारिक र प्रयोगात्मक शिक्षा मार्फत बालबालिकाहरुलाई प्रतिस्पर्धि बनाउन एक्टिभ स्कुलले गरेको प्रयास प्रशंसनीय रहेको बताउनु भयो । कार्यक्रममा मथिनपा वडा नं. ६ की महिला नसस अरुणा कारञ्जित, मथिनपा शिक्षा शाखाकी धना गिरी लगायतका अतिथि वक्ताहरुले बालबालिकाको प्रतिभा प्रदर्शनको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । स्कुलका निर्देशक आशा हरि प्रजापतिले सडकको नजिकै भएपनि सवारीसाधनको कुनै डिस्टर्ब नहुने अनि बस्तिको बिचमा भएपनि बस्तिको कोलाहल र प्रदुषण नभएको एक्टिभ इंग्लिस स्कुलमा पढाइ लेखाइ सँगै अतिरिक्त क्रियाकलापलाई पनि विद्यार्थीहरुको स्तर अनुसार अघि बढाइएको जानकारी दिनुभयो । स्कुलका प्रिन्सिपल विजय प्रजापतिले शिक्षक अभिभावकको सहकार्य र छलफलबाट बालबालिकाहरुको पढाईलेखाइ, बोलीवचन र व्यवहार असल हुने भन्दै स्कुलको वार्षिक गतिविधिबारे छोटो जानकारी दिनुभयो । प्रिन्सिपल प्रजापतिले विद्यार्थीहरुको शारीरिक, मानसिक एवं समग्र विकासका लागि अभिभावक, शिक्षकशिक्षिका र समाज पनि जिम्मेवार हुनुपर्नेमा जोड दिदैँ अतिरिक्त क्रियाकलाप मार्फत व्यक्तित्व र नेतृत्व विकास चाँडै हुने बताउनु भयो । कार्यक्रममा दिक्षित गरिएका ३२ जना विद्यार्थीहरुले विभिन्न भेषभूषामा सजिएर आकर्षक नृत्य एवं प्रतिभा प्रदर्शन गरेका थिए । कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा शिक्षकहरु सागर गुरागाईं, प्रमिला नकर्मी, अनिशा बाडे लगायतले कार्यक्रमको उद्देश्य सहित मन्तव्य व्यक्त गर्नुभएको थियो । अभिभावकहरु रमिला के.सी. र करुणा श्रेष्ठले आफ्नो अनुभव प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम एक्टिभ स्कुलको सभाहलमा भएको थियो । दिक्षित भएका ३२ जना विद्यार्थीहरुलाई प्रमाणपत्र, पदक, टोपी अनि टिका लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुती मार्फत उपस्थित अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

एक्टिभ स्कुलका ३२ विद्यार्थी भए दिक्षित
एक्टिभ स्कुलका ३२ विद्यार्थी भए दिक्षित

Comments