नर्सरी र यूकेजीका दीक्षित नानीहरूलाई दिक्षान्तको प्रमाण पत्र वितरण
चैत २५, २०८०, आइतबार | विहान ०७:५१ बजे | 50
मर्निङ्ग ग्लोरी शैक्षिक गुठीव्दारा सञ्चालित भनपा वडा नं. ८ स्थित मर्निङ्ग ग्लोरी किन्डर गार्टनले शनिबार एक समारोह विच दीक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम २०८० को आयोजना गर्यो। कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका विद्यालय अनुगमन समितिका संयोजक एवं वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेंले नर्सरी र यूकेजीका दीक्षित नानीहरूलाई दिक्षान्तको प्रमाण पत्र वितरण गर्नु हुँदै पुरानो समयमा घर, चोक र टोल नै किन्डरगार्टन रहेको तर अहिले वढ्दो अभिभावक व्यस्तता, सुरक्षाको सजगता र सामाजिकिकरणको आवश्यकताको कारण किन्डरगार्टन शिक्षाको आवश्यकता रहेको भनाइ राख्नु भयो।
गुठीका अध्यक्ष श्री कमिनिका न्याइच्याईको सभापतित्वमा संचालित कार्यक्रममा सभापति न्याइच्याईले नानीहरूको पृथक प्रतिभा र आवश्यकताको पहिचान गर्दै मर्निङ्ग ग्लोरीले पूर्ण शान्त, स्वच्छ र शैक्षिक वातावरण सहित उनीहरूमा जिज्ञाशाको सँस्कृतिलाई निरन्तर गराउँदै सीर्जनशीलता उजागर गर्ने उद्देश्य लिएको बताउनु भयो।
पारागन एकेडेमीका प्रिन्सिपल श्री पुण्यराम कवांले किन्डरगर्टनका क्रियाकलापहरूको प्रशंसा गर्दै नानीहरूको शारीरिक विकासका लागि आयोजित खेलकूद प्रतियोगिताका उत्कृष्ट नानीहरूलाई मेडल तथा प्रमाण पत्र वितरण गर्नु भयो।
त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका प्राध्यापाक डा. कोमल फुयालले आफ्नो नानी पनि यस किन्डरगार्टनमा भर्ना गरेको र नानीको शारिरीक, वौध्दिक र संवेगात्मक प्रगति को लागि किन्डरगार्टनको सकारात्मक योगदान रहेको र यसको लागि आभार व्यक्त गर्नु भयो। वहाँले शैक्षिक वर्ष २०८० मा हरेक तहबाट शैक्षिक रुपमा, सकृयताको आधारमा, नियमितताको आधारमा, अनुशासनको आधारमा र अनुशासनको आधारमा उत्कृष्ट घोषणा गरिएका नानीहरूलाई उत्कृष्टताको ट्रफी तथा प्रमाण पत्र वितरण गर्नु भयो।
दीक्षान्त समारोहमा सम्पूर्ण अभिभावकहरूको प्रतिनिधि भई अभिभावक श्री एलिशा उलकले किन्डरगार्टनले नानीहरूको सर्वाङ्गीण विकासका लागि उनीहरूको प्रत्यक्ष सहभागीतामा कार्यक्रमहरू आयोजना गरेको र ती कार्यक्रमहरूले नानीहरूको ज्ञानको घेरा वढेको उल्लेख गर्नु भयो।
कार्यक्रममा शैक्षिक संयोजक श्री निर्मला श्रेष्ठले किन्डरगार्टनको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो। शिक्षक श्री अन्जना गुमान्जुले स्वागत मन्तव्य दिनु भयो र शिक्षक श्री भावना सुकुभतुले कार्यक्रम संचालन गर्नु भयो।
औपचारिक कार्यक्रम पूर्व किन्डरगर्टनका डेकेयर देखि यूकेजी सम्मका नानीहरूले आकर्षक गायन, नृत्य, वाद्यवादन र नाटक प्रस्तुत गरी गरेका थिए।
फाेटाेमा हेर्नुहाेस्...