वि किड्स स्कुलमा पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न


चैत २५, २०८०, आइतबार | विहान ०५:३१ बजे | 85


वि किड्स स्कुलमा पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न

सूर्यविनायक । सूर्यविनायक पाण्डुवजार हाईटस्थित वि किड्स स्कुलले पूर्व प्राथमिक तहको दिक्षान्त समारोह  सम्पन्न गरेको छ ।  ‘एक्सप्लोर, लर्न र ग्रो’ को सिद्धान्तलाई अवलम्बन गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्थापित सो विद्यालयको पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुको हौसला बढाउन विद्यालयले सो कार्यक्रम गरेको हो । सोही अन्तर्गत शनिबार९चैत २४० मा पनि विद्यालयले आफ्नै कार्यक्रम हलमा भव्यताका साथ सो कार्यक्रम गरेको विद्यालयले जनाएको छ । सो कार्यक्रम विद्यालयकी छात्रा समृध्दि श्रेष्ठले संचालन गरेर अभिभावकसामु आफ्नो प्रतिभा समेत प्रदर्शन गरिन् । यसैगरी विद्यालका छात्र रियान्स गिरी र सुभान चन्द्र ढुगांनाले उपस्थित सबैलाई मन्तव्यमार्फत् स्वागत गरेका थिए ।
विद्यालयले हरेक वर्ष पुर्व प्राथमिक तह उत्तीर्ण गर्न सफल विद्यार्थीको प्रोत्साहनका लागि दीक्षान्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
दीक्षित विद्यार्थी तथा नानीबाबुहरूलाई बधाई तथा भविष्यमा पनि सफलताको कामना गर्दै कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मन्जु दुवालले विद्यार्थी, अभिभावक, शुभचिन्तकहरुको साथ, सल्लाह र सहयोगले वि किड्स स्कूलले ५ वर्ष पूरा गरेको जानकारी दिँदै बालबालिकाको सुन्दर र सुरक्षित भविष्यका लागि वि किड्स स्कूलले बालमैत्री वातावरण निर्माण गरी विद्यार्थीलाई प्लेवे मेथडबाट विभिन्न विषयबारे ज्ञान प्रदान गर्दै आइरहेको बताइन् ।
अभिभावक, शिक्षक कर्मचारी, शुभचिन्तकको माया, साथ र सहयोगबाट विद्यालयले सफलता प्राप्त हुने धारणा राख्दै उनले अभिभावकको साथ, सहयोगले बालबालिकाको भविष्य सुन्दर राख्न सहज हुने चर्चा गरिन् । सो अवसरमा उनले विद्यालयको विगत ५ वर्षको यात्राबारे अनुभव बाँडिन् ।
साथै विद्यायको ५ औ वार्षिकोत्सव तथा दिक्षान्त समारोहको अवसर पारेर विद्यालय स्थापनादेखि निरन्तर विद्यालयमा कार्यरत शिक्षिका श्री लक्ष्मी लामा तथा कर्मचारी श्री कविता राईलाई बालविकासका लागि गरेको योगदानको कदर गर्दै खादा तथा सम्मान पत्र वाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा दिक्षित विद्यार्थीका अभिभावकज्यूहरूको तर्फ वाटै बोल्दै श्री अनिल राजभण्डारी र श्री किशोर राज शर्माले वि किड्स संगको यात्रावारे आआफ्ने अनुभव राखेका थिए । बच्चाको लागि विद्यालय छनौटको कसरत देखिको अनुभव राख्दै वि किड्स रोजाई ज्ञण्ण्५ सही देखिएको र आफ्नो छोराको राम्ररी ध्यान दिदै वच्चामा संवाङिगण विकास राम्रो भएकोमा खुशी व्यक्त गर्नु हुदै विद्यालय प्रति आभार व्यक्त गरे ।
विद्यालयकी एकेडेमिक कोर्डिनेटर श्रीदेवी कर्माचार्यले शैक्षिक विद्यालयको विगत ५ वर्षमा भएका शैक्षिक उपलव्धि र आगामी दिनमा गरिने शैक्षिक विकास र योजनाका वारेमा अभिभावकज्यहरूमा प्रष्ट पारेका थिए । साथै सम्पूर्ण अभिभावकज्यूहरूलाई विद्यार्थी नानीहरूको शैक्षिक एवं सर्वागिङण विकासका लागि विद्यालयसंगको सहकार्य र सहयोगका लागि हादिक धन्दयवाद दिदै दिक्षित विद्यार्थि नानीवावुहरूलाई वढाई दिनु भएको थियो ।
कार्यक्रममा दिक्षित सवै विद्यार्थी नानीवावुहरूको आफुले अंगालेका द्दण्डण् वर्ष भरिका विभिन्न कार्यक्रमहरूको वारेमा आफ्ना अनुभवहरू वताएका थिए । गीत, संगीत, न्यृत्यका साथै अरू विविध प्रस्तुतिसहितको सो कार्यक्रममा विद्यार्थीहरु अध्या कार्की, मितान्सी पराजुली र युवान्जङ श्रेष्ठले धन्यवाद दिएका थिए भने विद्यार्थी नानीवावूहरूले गीत, संगीत, न्यृत्यका साथै अरू विविध प्रस्तुतिहरू पनि प्रस्तुत गरेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

वि किड्स स्कुलमा पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न
वि किड्स स्कुलमा पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न

Comments