रेग्मीको ‘बाँसुरीको धुन’ पुस्तक चर्चा सम्पन्न
चैत २४, २०८०, शनिबार | विहान ०१:३६ बजे | 60
जयराम बिडारी काठमाण्डू साहित्यकार टीकाराम रेग्मीको ‘बासुरीको धुन’ पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । नारी स्रष्टा समाज नेपालको आयोजनामा अनामनगर स्थित निम्तो रेष्टुरेन्टमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रम समाजकी अध्यक्ष ममता मृदुल को सभापतित्व, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ’रोदन’ को प्रमुख आतिथ्यमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको विशिष्ट आतिथ्य लगायत समिक्षकद्वय प्रा. डा. गोविन्दमान सिंह कार्की तथा कथाकार समिक्षक एवं सर्जक रामकुमार पण्डित लगायत थुप्रै साहित्यानुरागी हरुको समुपस्थितिमा कार्यक्रम सुसम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका मन्तव्यका क्रममा बोल्दै श्रीओम श्रेष्ठ’रोदन’ले कथा, कविता, निवन्ध जे होस् समग्र साहित्यले मानवीय भावना र समबेदनामाथि प्रकाश पारिएका सृजनाहरु जीवन्त रहने बताउँदै सिर्जनात्मक कर्म शारीरिक,मानसिक सबलताको रुपमा ग्रहण हुने भएकोले नेपाली साहित्यको क्षेत्रमा लोकार्पित कृतिको भूमिका उल्लेखनीय रहने बताएका छन् । यसै क्रममा परचर्चा गरिएको कृति बाँसुरीको धुनका बारेमा प्रख्यात कथाकार विश्लेषक परिचर्चाकार रामकुमार पण्डितले कृतिभित्रका पन्ध्रवटा कथाका समग्र पक्षमा रौंचिरा प्रकाश पार्दै कथानकका सवल पक्षका बारेमाा विवेचना गर्दै समग्रमा कृति पठनीय रहेको औंल्याए । सो अवसरमा अर्का समिक्षक प्रा.डा.गोविन्दमान सिंह कार्कीले नेपाली साहित्यको क्षेत्रमा ‘बाँसुरीको धुन’ सवैको प्रिय र मधुर रहने बताउँदै प्रस्तुत कृतिले देशको कथा व्यथा राष्ट्रियता, विकृति-विसङ्गति,भेदभाव,स्वाभिमानका कुरा, सामाजिक व्यवहार लगायत कृतिभित्र सामाजिक अनुभूतिहरूलाई कथाका पात्रमार्फत कुशलरूपमा प्रस्तुत गरेकोले नेपाली पाठकहरुका माझ लोकप्रिय रहने विचार ब्यक्त गरेका छन् । कार्यक्रममा विशिष्ट अतिथि रामप्रसाद पन्तले परिचर्चा गरिएको कृतिको साङगोपाङगो रुपमा कृतिमाथि प्रकाश पार्दै कृति सफलताको शुभकामना दिएका छन् । उक्त कार्यक्रममा मन्दिरा मधुश्रीले अक्षरका खेती गर्ने साहित्यिक किसानहरलाई धन्यवाद ज्ञापन गरेकी थिइन् भने सो अवसरमा सुनवर्षी बुक हाउसका प्रमुख कार्यकारी अधिकृत तारानिधि रेग्मीले संक्षिप्त मन्तव्य दिंदै लेखकको लेखकस्वमा प्रतिकुल प्रभाव पर्नेगरी प्रकाशकले स्तरहिन सामग्रीलाई प्राथमिकता दिन नहुने बताए । कृतिकार टीकाराम रेग्मीले लामो समयसम्म मोफसलमै रहेर शिक्षण पेशामा संलग्न भई देश सेवा गर्ने क्रममा कर्म कर्तव्य र जिम्मेवारीको पालनाका क्रममा अक्षरसंगको मितेरी लगाउने क्रममा प्रस्तुत कथाहरुको निर्माण भएको पृष्ठभूमिका बारेमा प्रकाश पार्दै उपस्थित सवैमा आभार व्यक्त आगामी दिनमा पाठकहरुका उचित प्रतिक्रियालाई हृदयंगम गर्दै सोही स्तरका सृजनात्मक कर्ममा अघि बढ्ने विचार व्यक्त गरेका छन् । नारी स्रष्टा समाजकी कोषाध्यक्ष बिन्दु अधिकारी ढकालद्वारा सभ्य एवं भव्य रुपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा साहित्यकार मदन नेपाल, राजेश खनाल , विनोद नेपाल , श्रीबाबु कार्की ,हरीश कल्पित ,लगायत करिव तीन दर्जन स्थापित साहित्यकार तथा साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...