कविता ः ’विश्वास’
चैत २३, २०८०, शुक्रबार | दिउँसो ०३:५१ बजे | 70
राम चन्द्र प्रजापति
हिजो तिमी जस्तो थियौ
म पनि उस्तै थिएँ
बाटो अनेक छ्न
तर
पुग्ने गन्तव्य उही
केवल
फरक त विश्वास थियो ।
आँखाले नदेखिने
त्यो
अदृश्य विश्वास
खै तिमीले कसरी
महसुस गर्याै वा गरेनौ
तर
म
भावनाले प्रष्ट पार्न खोज्थें
तिमीले बुझ्ने प्रयास गरेनौ
मुटु नै चिरेर
दिन त म कहाँ सक्थेँ र!
तर
दिएथे् विश्वाश ।
जब
तिमि वयस्क भयौ
जब तिमी रूपले बल्यौ
सारा दुनियाँ
तिम्रो भयो
तर म
तिम्रो भइनँ
म सँग
छ त
उहीँ एउटा विश्वास
तिम्रो लागि
यो हृदयभित्र ।
च्ऋ