गठबन्धन या ठगबन्धन


चैत २१, २०८०, बुधबार | विहान ०८:४१ बजे | 20


गठबन्धन या ठगबन्धन

रामकृष्ण प्रजापति
यो गठबन्धन हो या नृत्य,
लुकेको छ वास्तकिता या सत्य ।
गठबन्धनको खाका संगै,
ठगबन्धनको षडयन्त्र हुँदै ।

आयो जनताको अगाडि आश्वासनहरु,
थियो झुठा साझा कार्यक्रमहरु ।
फाल्यो जनताले झुठी दलहरु,
खोज्यो दलहरुले ठगबन्धनका बाटाहरु ।

हुन थाल्यो अविश्वास दलहरुमा,
सुनाउनु थियो आश्वासन जनतामा ।
ठगबन्धनका साझा खोस्टा विषपान,
बनायो त्यसलाई गठबन्धनको रसपान ।

हेर ध्यानपूर्वक छ केवल त्यहाँ,
नागों बादशाहको कथा यहाँ ।
जनता निराश भयो भ्रमले,
खाली गठबन्धनको मिथ्या प्रतिवद्धताले ।

फेरि छुट्यो ठगबन्धनको छलमा,
अविश्वास भयो विश्वासको खालमा ।
बुझ्यो सबैले, गठबन्धनको खेल,
थिएन उनीहरुमा सक्कली खेल ।

यो कविता चेतनाको कथा,
जुन देख्छ त्यो सत्यता ।
रुपरेखा बन्यो यहाँ गठबन्धनको,
षडयन्त्र भयो त्यहाँ ठगबन्धनको ।

शुभलाभको मन्त्र जप्ने गठबन्धन,
उद्योगी व्यापारी संस्था जस्तो ।
प्रतिवद्धता सिउरिने फूल होइन,
व्यवहार गर्ने जीवनपद्धति जस्तो ।
धन्यवाद !

Comments