ख्वपमा हस्तकला सम्बन्धी प्रशिक्षण


चैत १९, २०८०, सोमबार | दिउँसो १२:२४ बजे | 40


ख्वपमा हस्तकला सम्बन्धी प्रशिक्षण

सुनिता गाइसी
भक्तपुर । भक्तपुर नगरपालिका द्धारा संचालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा एन्टर्नसिप सपोर्ट प्रोग्राम अन्तगर्त विभिन्न सेसनहरु संचालन भैरहेको छ । चैत्र १९ गते उद्यमी इन्द्र प्रसाद सिल्पकारले हस्तकला अन्र्तगत काष्ठकलाको बारेमा विशेष प्रशिक्षण गर्नुभयो । यस सेसनमा प्रशिक्षार्थीहरुले  काठका ढोका र झयालमा कुदिँएका विभिन्न आकृति, बुट्टाँहरुको परिचय, महत्वबारेमा चर्चा गर्नु भयो । प्रशिक्षक सिल्पकारले विभिन्नकाल जस्तै लिच्छवीकाल, मल्लकाल, र राणाकालिन काष्ठकला, मुर्तिकला, टुडाल, झयाल, तोरण इत्यादीको बारेमा त्यतिबलाको समय, समयको माग , समसामयिक अवस्थाको चित्रण निकै सुन्दर तरिकाले गर्नु भएको थियो । उहाँले विभिन्न समयमा विद्यार्थीहरुलाई काष्ठकला सम्बन्धी तालिम दिदै आउनु भएको छ । हाल पनि कतिपय युवाहरु काष्ठकलाको क्षेत्रमा सक्रिय हुन इच्छुक रहेको पनि बताउनु भयो । सिल्पकारले बनाउनु भएका काष्ठकलाका सामाग्रीहरु धेरै प्रतिशत नेपालमै  विक्री हुदै आएको र केही काष्ठकलाको सामाग्राीहरु विदेश तिर निर्यात हुदै आएको पनि सिल्पकारले बताउनु भयो । सानै देखि आफना बुबा इन्द्र काजी सिल्पकारको काममा सहयोग गदै आउनु भएका सिल्पकारले यसैमा आफनो भविष्य बनाउने विचार गरी परम्परागत काष्ठकलामा लाग्नु भयो । प्रशिक्षणको क्रम प्रशिक्षार्थीहरुले आफुले सुनेका वा देखेका काष्ठकला कृतिकाबारे जिज्ञासा राखेका थिए । प्रशिक्षक र बुबा इन्द्र काजीले मिलेर निमार्ण गरेको सिँ कः मि छेँ ले २०२३ मा युनेस्कोले  एसिया प्यासिफिक अवार्ड प्रात्त गरेको छ । युनेस्कोले हरेक वर्ष दिगो विकास अन्र्तगत सम्पदामैत्री संरचनामा सुरक्षामा यो अवार्ड प्रदान गदै आएको छ ।  सिल्पकारका अनुसार सिँ कः मि छेँ आफु र आफना बुबाको काष्ठकलाको संग्राहलय हो भनि मान्दछन् । हामीले आफनो परम्परागत सिप र ज्ञानलाई आत्मसात गरी सफल उद्यमी बन्न सकिने बारे पनि प्रशिक्षकले जोड दिनु भयो । प्रशिक्षणको अन्त्यमा कलेजको तर्फबाट प्रशिक्षकलाई इएसपी कार्यक्रमको संयोजक अन्जु ग्वाछाले मायाको चिनो प्रदान गर्नुभएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

ख्वपमा हस्तकला सम्बन्धी प्रशिक्षण
ख्वपमा हस्तकला सम्बन्धी प्रशिक्षण

Comments