एसइई परीक्षापछिको खाली समयमा के गर्ने योजना छ ? यता ध्यान दिऔ है !


चैत १९, २०८०, सोमबार | विहान ०६:१९ बजे | 20


एसइई परीक्षापछिको खाली समयमा के गर्ने योजना छ ? यता ध्यान दिऔ है !

भक्तपुर । विश्वमा कम्प्युटर शब्द नसुनेका मानिसहरु कमै होलान् । विश्व नै अहिले कम्प्युटर युगबाट गुज्रिरहेको अवस्था छ । कम्प्युटर र यसको महत्वका कारण जतिसुकै शिक्षित व्यक्ति भए पनि कम्प्युटरको ज्ञान छैन भने निरक्षरको रुपमा गनिन्छ । अहिले हरेक घर, कार्यालय, फ्याक्ट्रीहरुमा कम्प्युटरबाट काम गर्ने गरिएको अवस्था छ । त्यसैले हाम्रो दैनिक करियरको लागि कम्प्युटर अत्यावश्यक भएको छ । 
निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाका अनुसार सैद्धान्तिक शिक्षा प्राप्त गरेका विद्यार्थीलाई व्यवहारिक शिक्षा दिएर नेतृत्व गर्न सिकाउनु आफूहरुको उद्देश्य हो । यस शिक्षाले ज्ञान मात्र नभई आर्थिक रुपमा सबल बनाउने उद्देश्य रहेको निर्देशक बनमाला बताउँछन् । साथै अहिले हरेक क्षेत्रमा कम्प्युटर शिक्षा किताबी शिक्षा बाहेक प्राविधिक शिक्षामा उत्तिकै महत्वपूर्ण हुँदै गएको छ । यसैलाई मध्यनजरमा राखेर एसईई परिक्षापछिका विद्यार्थीलाई कम्प्युटर शिक्षा दिने मुख्य उद्देश्य रहेको उनको भनाई रहेको हो । 
निओ फ्युजनले आर्थिक रुपमा मात्र नभई सांस्कृतिक, सांगितिक, पत्रकारिता, समाजिक महत्व पनि सिकाउँदै आएको छ, उनले भने । वर्षेनी व्यवहारिक शिक्षामा कम्प्युटर मात्र नभई निःशुल्क रुपमा नेवारी संस्कृतिका बाजागाजा, आधुनिक गितार, काष्ठकला, व्युटिसियनलगायतका व्यवहारिक शिक्षा दिँदै आएको उनी बताउँछन् । साथै फोटोग्राफी, मोबाइल फोटोग्राफी पनि सिकाउँदै आएका छौं, उनले भने, भक्तपुरमा अहिले व्यवसायिक रुपमा फोटोग्राफी गर्ने धेरैजसो निओ फ्युजनको विद्यार्थी रहेका छन् । कति सरकारी, गैरसरकारी  कार्यलयमा कम्प्युटर अपेरेटरको रुपमा काम गर्दै आइरहेका छन्, उनले भने ।
दक्ष जनशक्ति उत्पादन गरी समाजलाई केही योगदान गरौं र हाम्रो देशका विद्यार्थीलाई देशमै स्वरोजगार बनाउने उदेश्य उन संस्थाको हो । भक्तपुरमा नगरभित्र सिटिइभिटीबाट संम्वन्धन प्राप्त एउटै मात्र इन्ष्टिच्युट हो नियो फ्युजन । अहिलेसम्म यहाँंबाट ६ हजार भन्दा बढी विद्यार्थीले व्यवहारिक शिक्षा लिइसकेका छन् । निओ फ्युजन २०६३ सालमा स्थापना भएको हो ।

फाेटाेमा हेर्नुहाेस्...

एसइई परीक्षापछिको खाली समयमा के गर्ने योजना छ ? यता ध्यान दिऔ है !
एसइई परीक्षापछिको खाली समयमा के गर्ने योजना छ ? यता ध्यान दिऔ है !

Comments