ख्वपबाट विदाई भएका विद्यार्थीले यसरी सुनाए चारवर्षे अनुभब


चैत १८, २०८०, आइतबार | विहान ०१:५९ बजे | 10


ख्वपबाट विदाई भएका विद्यार्थीले यसरी सुनाए चारवर्षे अनुभब

भक्तपुर । ख्वप कलेजका विए र विएसडब्लु चौथो वर्षका विद्यार्थीहरुले आफनो ४ वर्षे कक्षाको अन्तिम दिनको रुपमा आफना अनुभवहरु साटासाट गर्ने तथा उपप्राध्यकहरुलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको सुरुवात परम्परागत धुनबाट गरिएको थियो ।  विद्याथीैहरुले प्राचार्य र उपप्राध्यापकहरुलाई खादा लगाई सम्मान गरेका थिए । 
विद्यार्थीहरुले ४ वर्षको अन्तरालमा कलेजबाट सिकेका कुराहरुबारे बताएका थिए । उतm कार्यक्रयमा विद्यार्थीहरुले विषयगत रुपमा समाजशास्त्र, सामाजिक कार्य, ग्रामिण विकास, राजनीतिशास्त्र, मनोविज्ञान, संस्कृती, पत्रकारिताका विषयमा आ आफना अनुभवहरु बताएका थिए । सैदान्तिक शिक्षासँगै व्यवहारिक शिक्षा प्रदान गर्नमा ख्वप कलेज सफल रहेको विद्यार्थीहरुले बताए । हाल कतिपय विद्यार्थीहरु पढाइसँगै विभिन्न ठाउँमा काम गदै आएको र यसरी आफनो लागि पढाई खर्च आफैले जुटाउन सफल भएकोबारे आफनो अनुभव सुनाउदा उनीह्रु प्रफुल्लित थिए । कलेजमा सिकेका व्यवहारिक कुराहरुकै कारणले उनीहरु हाल विभिन्न क्षेत्रमा सक्रिय रुपमा अघि बढन, बोल्न र अरुलाई सरसहयोग गर्न सकेकोमा पनि उनीहरु कलेज परिवारप्रति आभार व्यतm गर्दछन् । 
ख्वप कलेजमामा आउनु अगाडि कोहीसँग बोल्न डर र अप्ठयारो मान्नेहरु कलेजमा हुने विभिन्न कार्यक्षेत्र अध्ययन, सामाजिक सर्वेक्षण, समुह केन्द्रित छलफल, विभिन्न किसिमका ग्रामीण, शहरी शिविर, छलफल र अन्र्तक्रियाका कारणले  चौथो वर्ष सम्म पुग्दा निर्धक भएर सबैको अगाडि बोल्न सिकेका तथा कतिपय त विभिन्न संचारमाध्यमहरुमा कार्यक्रम संचालन समेत गर्ने गरेको बताए । कार्यक्रममा विद्यार्थीका तर्फबाट आस्था कार्की, ममता बुढाथोकी, विनिता थापा, संदिप खडका, मनिला प्रजापति, सुनयना मान्नधर, सरला बुढाथोकी, यमुना कार्की, रुसेल सिल्पकार आदिले आफना अनुभवहरु बताएका थिए । 
कार्यक्रमका कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीले सिकेका कुरा आगामी दिनम प्रयोग गर्नुपर्ने साथै सकारात्मक सोच तथा धैर्यताको साथ अगाडि बढेमा सफलता पाउन सकिने कुरा राख्दै शुभकामना पनि दिनुभयो । यसैगरी विए विएस डब्लुका इन्र्चाज कमिनिका न्याइचाइले विद्यार्थीमा आएको सकारात्मक परिवर्तनबारेमा चर्चा गर्नुभयो । विद्यार्थीमा केही गरौ भन्ने भावनाको विकास भएकोमा खुसी पनि व्यतm गर्नुभयो । सुन्दर श्रेष्ठले सामाजिक कार्य विषयमा विद्याथीैले हासिल गरेको सफलताबारे चर्चा गर्नुभयो । यस्तै गरी समाजशास्त्रको उपप्राध्यापक सुनिता गाइसीले कविताको माध्यमबाट कलेजको पहिलो दिन र कलेजको चौथो वर्षसम्म आइपुग्दा  विद्यार्थीमा आएको सकारात्मक परिर्वतनबारे चर्चा गर्दा आगामी दिनका सफलताको पनि कामना गर्नुभयो । कार्यक्रममा प्रभा प्रजापति, कृष्णकाजी मानन्धर, पलिस्था रजित्कार लगायतका उपप्राध्यापकहरुले शुभकामना दिनु भएको थियो । इच्छा गुर्भाचार्यले कार्यक्रयमा गीत गाएकी थिइन् भने विवेक अवाल र उज्वल ह्योगजुले मादल र बासुरी बजाएका थिए । कार्यक्रमको अन्त्यमा कलेजका प्राचार्यले प्रकाश कुमार श्रेष्ठले विद्यार्थीहरुलाई प्रशंसापत्र पनि प्रदान गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

ख्वपबाट विदाई भएका विद्यार्थीले यसरी सुनाए चारवर्षे अनुभब
ख्वपबाट विदाई भएका विद्यार्थीले यसरी सुनाए चारवर्षे अनुभब

Comments