रोग लागेसी उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु उतम
कार्तिक ९, २०७७, आइतबार | विहान ०९:५५ बजे | 55
प्रमिला कार्की भक्तपुर
भक्तपुर । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय सम्म सिंगो बिश्व नै लक डाउनको अवस्थामा थियो । हालको अवस्थामा आइपुग्दा पनि कोरोनाको जोखिम भने घटेको छैन तर लकडाउन खुलेको करणले गर्दा समाजिक दुरी कायम नगरेर यस्सै सर्वसाधारण जनताहरू बाहिर डुलेको देखिन्छ । अहिले भक्तपुरका बजारहरूमा हेर्ने हो भने कतै भौतिक दुरी कायम गरेको देखिदैन ।
अझै दशैको महोलले गर्दा मानिसहरूको भिड अत्यधिक बढेको छ । कति पयलेत माक्स प्रयोग समेत गरेका छैन्न । यसरी खुला रूपमा नै आवतजावत गर्नाले कोरोनाको जोखिम झनै बढ्ने सम्भावना छ । तर यो कुरा कहिले बुझ्ने ? आफैलाई परेसि मात्र सचेत हुने हो र ? त्यतिका बेलासम्म हामी आफै नै कोरोना बाट बच्न नसकैला ।त्यसै भनिन्छ रोग लागेसि उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु उतम हुन्छ भनेर । त्यसकारण हामिहरूको जिन्दगी हाम्रो हातमा छ सकेसम्म घर बाहिर ननिस्कम केहि अत्यावश्यक काम परेमा उचित सचेतना अपनाउ ।