ट्याक्टरसँंग जोडिएको मरो बालापन
चैत ७, २०८०, बुधबार | दिउँसो ०२:५२ बजे | 50
सबिना कार्कीं
मेरो बचपन अरुको भन्दा छुट्टै खालको रहेको थियो । सानैबाट अभावमा हुर्केको भएर होला मेरो बालापन अरु भन्दा भिन्न रहेको । घरको आर्थिक स्थिति कमजोर भएको हुनाले सानोमा मैले खेलौनासगँ भन्दा पनि ढुङ्गा, माटोसँग खेलेको थिए । अझै पनि याद छ मलाई, मेरो घर अगाडि एउटा ठूलो बगर थियो । त्यहाँ सबै गाउँका मान्छे गाई, बाख्रा चराउन र खेल्न भेला हुन्थे । म पनि आफ्नो दाइ दिदीको पछिपछि लागेर जान्थे । सबै गाउँको साथीभाइ आफ्नो आफ्नो गाईवस्तु चराउथ्यो त्यहाँं । जब वस्तु मज्जाले चर्थे अनि हामी सबै मिलेर भाडाकुडी खेल्थ्यौ । केटा मान्छेहरु चाहि लुडिडुम छोइडुम, समन्ट्याङ खेल्थे । हाम्रो दैनिक जीवन यसरी नै वितिरहेको हुन्थ्यो ।
एक दिनको कुरा हो, दाइ दिही र म बगर नगई घरमै बसिरहेका थियौं । बसिरहेका दाइले बहिर ट्याक्टर आएको छ आज नानी हामी चढ्न जाउँ भन्नुभयो । दिदी र म पनि हतारहतार गरेर बाहिर निस्केका थियौ । दाइ, दिदी म भन्दा अली ठूलो हुनुहुन्थो । उहाँहरु सजिलोसगँ टयक्टर चढनुभयो । अरु गाउँका साथीहरु पनि ट्याक्टर सकिनसकी डन्डीमा समाइरहेका थिए । म भने धेरै सानो भएकी हुनाले ट्याक्टर चढ्न नसकेर ट्याक्टरको पछाडिपछाडि दौडिरहेको थियो भने दाइ दिदी भने आइजो नानी आइजो छिटो चढ़ भनेर हात दिदै थियो । करिब दाइ, दिदी चढेको १० मनेट समयसम्म पनि म पछाडिपछाडि दौडिदै थियो । बल्लबल्ल म पनि ट्याक्टर चढ्न सफल भएको थिएँ । सबै रमाउँदै थियौ । अलि पर पुगेसी चालकले सबैलाई ट्याक्टरबाट झर्नको लागि आग्रह गरेको थियो । सबै जना फुतफुत उफ्रे । भरे म अल्मल्लमा परे । सानो भएको भएर न त उफ्रन सके, न झर्न । यताउता धेरै गरेपछि अन्तिममा छेउमा टेक्न खोज्दा मेरो खुटा पाङ्ग्रामा पर्यो । म बेसरी चिचाएपछि चालकले के भयो भन्नुभयो ? ट्याक्टर रोक्नु भयो र के भयो भनी सोध्नुभएको थियो । मैले केही भएको छैन, मलाइ तल झर्दिनु दाइ भने । उहाँले मलाई उचालेर भुईंमा राख्दिनु भएको थियो । एकछिन म कतै हिडन सकिन । बिस्तारै बिस्तारै खुट्टा घिसारदै घर पुगे । साउछन् भनेर
घर पुग्दा अब बाआमाले थाहा पाए पिट्ला भन्ने डरले नसकीनसकी आगानसम्म पुगेको थिएँ । जब साझ पर्दै गयो मेरो खुटा खम्बा जत्रो भएर आयो । बेलुका सबैजना खाना खानलाई जम्मा भएको थियौ । सबैले खाना खाएर उठे । तर म भने आफ्नो ठाउँबाट हलचल गर्न सकेको थिएन । पछि आमाबाले के भयो भन्नुभयो ? तर मैले गाली खाने डरले यो भयो भन्न सकिन । बेलुकाको ८ बजे आमाले मलाई नाग लागेको हो कि भनेर फुक्न नजिकैको ठूलो बुबाको धरमा बोकेर लग्नुभएको थियो । म भने हलचल गर्न नै सकिन ।
ठूलो बुवाले पनि नाग लागेगे छ, भोलि फेरी आउनु भनेर घर पढाइदिनु भयो । घर आएपछि मलाई खुटा दुखेर रातभर आखाँ झिमिक्क भएन । जसोतसो रात कट्यो । विहान सबैरै ममीले मलाई फुक्न लैजादै हुनुहुन्यो । माथि घरको फुफुले देख्नु भयो भाउजु कता जान लग्नुभयो ? आमाले पनि हेर्नु न नानीको खुटा नाग लागेको रहेछ, फुक्न जान लागेको भन्नुभयो । आमाको कुरा भुइमा खस्न नपाउदै उताबाट फुपुले केको नाग लाग्नु ? हिजो ट्याक्टर चढेर झर्ने बेलामा खुटा पाङ्ग्रामा परेको थियो भनी हाम्रो भाइले भनेर सुनाइदिनु भयो ।
आमालाई काम पुग्यो अब मतिर हेरेर के यो साचो हो ? भन्नुभयो । मैले टाउको हल्लाउनबाहेक केही बोल्न सकेन । बाटोबाट फर्काइ घर लग्नुभयो । हतारहतार गरी मेरो अस्पतालको कार्ड खोज्न थाल्नुभयो । मेरो बा आर्मी भएको कारणले गर्दा सबैको आर्मीको कार्ड थियो । आमाको माया त हो, हतपत मलाई बोकी २० मिनेट पर बस आउने ठाउँमा पुरयाउनुभयो । वस पनि आयो र हामी सूर्यविनायकमा झरयौ । अब आमालाई यता हेर्नु कि उता हेर्नु भयो । त्यो समयमा बसको सुविधा धेरै थिएन । मलाई आमाले बोकेर कोटेश्वरसम्म लग्नु भएको थियो । त्यहाँ भने वीरेन्द्र सैनिक अस्पतालको गाडी कर्मचारी लिन आउन्थ्यो । हामीले गाडी भेट्यौ । तर बस्ने ठाउँ सबै भरिएको थियो । आमा मलाई बोकी ढोका छेउमा उभिनु भयो । पछि एक जना दयालु मन भएको मान्छेले आमालाई तपाईलाई उच्चा बोकेर उभिन ग्राहो हुन्छ, बस्नुस भनेर सिट छोडी दिनुभयो ।
केही बेरपछि हामी आमाछोरी वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेको थियौ । हतारहतार कार्ड दर्ता गरी आमाले मलाई जचाउने वार्डतिर लिएर जानुभएको थियो । डाक्टरको हेराइ पछि थाहा भयो कि मेरो गोलीगाठो र माथि घुडाको पाङ्ग्रा फुटेको रहेछ । ममीले मलाई किन झुट बोलेको भनेर कराउदै हुनुहुन्यो । त्यतिकैमा पछाडिबाट आवाज आयो कि तपाईको छोरीको खुट्ट्को सल्यक्रिया गर्नुपर्छ भनेर । डाक्टरले यसो बताएपछि शल्यक्रिया सुरु भयो । बेलुका होस आउदा आमा मात्र साथमा हुनुहुन्थ्यो ।
सानैदेखि बा आर्मीको जागिरले गर्दा उपत्यका बहिर बस्नु हुन्थ्यो । त्यही भएर मेरो साथमा मेरी आमा मात्रै हुनुहुन्थ्यो । घटना भएको १ हप्तापछि मलाई घर पठाइदिनु भएको थियो । पठाए पनि ँअस्पताल धाइरहनु पर्र्ने । आमालाई वस्ने सुविधा छैन, बोकेर छाउनी– अस्पताल पुयाउन गारो परथ्यो । हार नमानी मलाई २ महिना जति अस्पताल लग्ने र ल्याउने गर्नुभयो । उहाँ विहान चार बजे घरबाट मलाई बोकी कोटेश्वरसम्म पुग्नुहुन्थ्यो र आर्मी अस्पतालको गाडी चढेर मलाई जचाउन लैजानुहुन्थ्यो । दबाइ र उपचारपछि अहिले मेरो खुट्टमा सुधार आयो । अहिले पनि मेरी आमाले भनुहुन्छ मेरी कान्छी छोरीले जति दुख मलाई कुनै छोराछोरीले दिएका छैनन् । त्यही भएर मेरो बालापन अरु भन्दा छुट्टै छ ।