बिदेश जाने सपना देख्दा आयो कलेजबाट अन्तिम चिट्ठी
चैत ६, २०८०, मङ्गलबार | विहान ०६:४० बजे | 50
सबिना शिल्पकार
युवा बिदेश जानको लागि जति मिहिनेत गर्छन् किन त्यस्तो मिहिनेत गरेर आफ्नो देशमा पढ्दैनन् ? यसमा म आफु पनि परे । बिदेश जानको लागि एकदमै मिहिनेतका साथ पढेको थिए । त्यसबेला एउटा कठिनाई अवस्थाको सामना गर्दै अगाडि बढेको थिए । हरेक दिन बिहानदेखि साझको समयसम्म पनि पढन लागिपरेको थिए। जुन समयमा आफुले खानाको समेत त्याग गरेर हरेक बिहानको समयमा जङफुद खाएर पढेका थियौ । त्यो बेला मलाई आफुले मिहिनेत गरेर पढेको छु। त्यसको नतिजा पनि राम्रो नै आउने आसा लागेको थियो । त्यही विश्वासका साथ दिनरात नभनी पढेको थिए । यसरी नै बिद्यालयदेखि कलेजसम्म पढेको भए कस्तो हुन्थ्यो होला मेरो प्रगति ? तर मैले स्कुल न कलेज पढाईमा कहिले पनि मिहिनेत गरिन।
यसरी मिहिनेत गर्दा गर्दै मेरो कलेजको पढाई समेत त्याग गर्न पर्ने अवस्था आएको थियोे । लगभग ८ महिना कडा मिहिनेत गरेको थिए । त्यति धेरै समय दिदा आफुले कहिले कलेजमा समय दिन सकिन । नसकेको कारणले आफ्नो पढाइमा समेत असर पर्न गएको थियो । यही कारणले आफू हरेक परिक्षामा असफल हुन पुगे । यसको कारणले सरमिसले कराउन थाल्नुभयो । बिदेश जानको लागि यति धेरै मिहिनेत गर्दाखेरी आफ्नो नाममा अन्तिम चेतावनीको रुपमा चिट्ठी बनेको थियो । र सरले अन्तिम पल्ट सूचना दिनुभएको थियो। त्यति सम्मको मिहिनेत गर्दा आफु बिदेश जानको लागि असफ़ल भएको थिए । यो कुरा एउटा सहनको लागी गारो हुनुको साथसाथै असहय कुरा थियो मेरो लागि । आफुले त्यति धेरै मेहनत गरेर असफल भएको कारणले गर्दा आफू दिप्रेसनको सिकार हुन्छु कि भन्ने दर समेत भएको थियो । यो कुराले मेरो मनमा ठुलो ठेस पुग्न गएको थियो।
आफुले मेहनत गर्दा गर्दै पनि नतिजा राम्रो नभएको कारणले आफ्नो सपना सबै चक्नाचुर भएको थियो । यही कारणले आफ्नो धेरै समय एक्लै आफ्नो कोठामै रोएर बिताएको थिए । एउटा कन्सल्तेन्सिको सरले आफ्नो नतिजा राम्रो आउने कुरा बताएका थिए । मलालाई विश्वास दिनुभएको थियो। मलाई दिनरात समय कटाउन गार्हो भएको अवस्थामा मेरो साथमा मलाई माया गर्ने परिवार र साथीहरुको साथ र सहयोगको कारण आफू आफ्नो पुरानो जीबनमा फर्किन सकेको थिए ।