स्कूलमा भेषभुषा प्रर्दशनी तथा प्रतिभा प्रस्तुति
चैत २, २०८०, शुक्रबार | दिउँसो १२:४१ बजे | 5
चैत्र २ गते
विनायक शिक्षा निकेतन इ. से. स्कूलको ३५ औं वार्षिक उत्सवका उपलक्ष्यमा कक्षा १, २ र ३ का विद्यार्थीहरुको "Traditional Fashion and Talent Show 2080" सभ्य र भव्य रुपमा सम्पन्न भयो । कार्यक्रममा कक्षा १ देखि ३ सम्मका सम्पूर्ण अभिभावक, शुभचिन्तकको उपस्थिति भए।उक्त कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गर्नुभयो । एक विद्यार्थी, एक सिप' विद्यालयको मुल नारालाई सार्थक बनाउन आयोजित कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुले (लगभग १५०)विद्यार्थीले आ-आफ्ना सिप देखाउनुका साथै प्रतिभा प्रस्तुत गरे । Traditional Fashion and Talent show 2080" मा भेषभुषा प्रर्दशनी तथा प्रतिभा प्रस्तुति, नृत्य प्रस्तुति, गायन,
तथा speech लगायत विविध प्रतिभा प्रस्तुत गरेका थिए । साथै उक्त कार्यक्रममा विद्यालयले विभिन्न समयमा आयोजना गरिएका विविध कार्यक्रम तथा sport fate 2080 मा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाइ पुरस्कार वितरण पनि गरियो ।
३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित बालबालिकाको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउनुका साथै आफ्ना परम्यगत भेषभूषासँग परिचित गराउने उद्देश्यले अयोजित कक्षा १ देखि ३ सम्मका कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सभा सभासद माननीय धनेश्वरी प्रजापति हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा शान्ति योग केन्द्र अध्यक्ष वालकृष्ण श्रेष्ठ
फाेटाेमा हेर्नुहाेस्...