‘शब्दसागरका मोती’ डा. इन्दुल केसी


चैत २, २०८०, शुक्रबार | विहान ०९:५६ बजे | 10


‘शब्दसागरका मोती’ डा. इन्दुल केसी

लेखक विष्णु ओली
डा. इन्दुल केसीको व्यक्तित्व र कृतित्व
   बच्चाहरु अत्यन्त चञ्चल प्रकृतिका हुन्छन् केही न केही गरिरहेकै हुन्छन् । ठ्याकै यहि स्वभाव पाइन्छ हाम्रा वयासी वर्षीय इन्दुलमा । कहिले नथाक्ने । कहिले भक्तपुर कहिले काठमाडौं, तिनकुने कहिले पाटन मंगलवजार कहिले तौमढी उनी सवेरैदेखि हातमा एउटा झोला बोकेर दौडी रहेका हुन्छन् । स्वतन्त्र स्वच्छन्दता मा रमाउछन् इन्दुल । पन्छीजस्तो उडन चाहन्छन इन्दुल । जस्तो साथी छ त्यस्तै वन्छन् इन्दुल । हामीले साथै केहि दिनको पुर्वाञ्चल झापाको यात्रा ग¥यांै विभिन्न कार्यक्रमहरुमा सरिक भयौं करिब सातदिन हामी एउटै कोठामा वसेर वितायौं । उनि अत्यन्त रसिक छन् संगीतका पारखी इन्दुल हारमोनी वजाउने भजन लेख्ने र गायनमा पनि उत्तिकै दखल राख्दछन । हरेक कुरालाई सकारात्मक दृष्टीकोणले हेर्ने उहाँको उर्जावान क्षमतालाई प्रशंसा नगरि रहन सकिन्न ।
म आफै पनि केही लेख्ने, पढ्ने गरिरहने भएकाले मलाई पनि उहाँ लेख्न पढ्न र प्रकाशन गर्न हुटहुटी लगाई रहनुहुन्छ । हरेक कुरा समय तालिका वनायर समयभित्र गरि सक्नु पर्छ भन्ने उहाँ मान्यता राख्नु हुन्छ ।
उहाँ धेरै विषयका ज्ञाता हुनुहुन्छ । प्राकृतिक चिकित्सा देखि लिएर उहाँ साहित्यका विभिन्न पाटाहरुको मर्मज्ञ हुनुहुन्छ । उनि एक कथाकार पुर्व प्रशासक धार्मिक अभियन्ता साथै राम्रा कवि पनि हुन । उन्का बारेमा एउटा मुक्तक यसरी प्रस्तुत गर्न मन लागो ।
कहिले भक्तपुर कहिले तिनकुने गरिरहन्छन् इन्दुल
यत्रतत्र छरिएका समेटदै अघि बढीरहन्छन् इन्दुल
राष्ट्र राष्ट्रियता मानब जातीको कल्याण खातिर
कालो झोला भिरेर घर घर यत्रतत्र पुगि रहन्छन इन्दुल ।
यस्ता छन् हाम्रा इन्दुल ।
उहाँको हालै प्रकाशनमा आएको कृति शब्द सागरका मोती समीक्षा संग्रहका रुपमा देखापरेको छ । प्रस्तुत पुस्तक अध्यन पछि उहाँ एक कुशल समीक्षक हुनुहुन्छ भन्ने कुराको पुष्टी हुन्छ । उहाँका वारेमा प्रा डा. कृष्णप्रसाद दाहाल भन्नुहुन्छ, धेरै वटा प्राप्ती जोडिएर एउटा इन्दुल केसी वनेको हो । वास्तविकता पनि यहि हो ।
प्रस्तुत पुस्तकमा अनेकौं विविधता का विषयलाई समेटेर उहाले कलम चलाउनु भएको छ । यस पुस्तक भित्र उहाले साहित्यिक, धार्मिक, सांस्कृतिक, दार्शनिक, वैदिक, सांगीतिक, ऐतिहासिक, योग ध्यान जस्ता विषय वस्तुहरु भित्र डुवुल्की मार्न पुग्नु भएको छ । पुस्तकमा उहाले अन्य कवि लेखकहरुलाई अघि बढाउने सत प्रयास गर्नु भएको छ ।
त्यस्तै उहाको सक्रियता मा भुकम्पले जीर्ण वनेको भजन घर पुन ः निर्माण गर्नपनि उहा सक्रिय भएर समिती गठनगरि उहाको अगुवाइमा भजनघर पुन निर्माण गरि सञ्चालनमा आएको छ ।
पुस्तकको अन्तिम कभर पेजमा सगुन भजन भनि उहाले रचना गर्नु भएको भजन रहेको छ भजनलाई सत्यनारायण मानन्धर ज्यूले संगीत भर्नु भएको छ । उक्त भजन हामी युट्युवमा गएर हेर्नपनि सक्छौ । त्यस्तै उहाले आफ्नो शैक्षिक योग्यता प्राप्त भएका मान सम्मान जीवनी विवरण मा उल्लेख गर्नु भएको छ । रचनाकारको परिचय शिर्षकमा उहाले आफुलाई यसरी चित्रित गर्नु भएको छ ।
ऐना अगाडि आफु उभिएर हेर्दा चाल पाएँ
आफु डाडा पारीको घाम भइसकेको आभास पाएँ
दात झरेको छाला चाउरिएको निधार खुम्चेको देखे
फुस्रो अनुहार होचो कदको मेरो प्रतिविम्ब नियाले ।
उहा आफैलाई वर्तमान समयमा यस्तो भइसके भनेर दर्शाउन खोज्नु भएको छ तर वास्तविकतामा उहाँ अझै अत्यन्त सक्रिय हुनुहुन्छ ।
धन्यवाद
माथि उल्लेख गरिए वाहेक पुस्तकमा १ देखि २२ सम्म विभिन्न लेखक कवि हरुका कृतिका वारेमा कलम चलाउनु भएको छ । प्रस्तुत पुस्तकमा मेरो आफ्नो कृति मेरीपरी नामक मुक्तक सग्रह पनी रहेकाले कृति विवेचना का लागी उहालाई धन्यवाद पनि दिन चाहन्छु । उहाको यो सत्प्रयासले नेपाली साहित्य भण्डारमा एउटा मोती थपिएको अनुभव गरेको छु लेखकका अन्य कृतिहरु पनि पढन पाइरहियोस उहाको स्वस्थ जीवनको कामना गर्दै मेरो भनाई यहि विट मार्छु अस्तु ।

Comments