शारदा स्कुलमा शैक्षिक प्रदर्शनी


चैत १, २०८०, बिहीबार | विहान १०:४३ बजे | 45


शारदा स्कुलमा शैक्षिक प्रदर्शनी

सुमिता मानन्धर
भक्तपुर । शारदा माध्यमिक विद्यालय यालाछे व्यासी भक्तपुरमा बिहीबार शैक्षिक प्रदर्शनी भएको छ । प्रदर्शनीको उदघाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुवालले गर्नुभयो । ्
कार्यक्रम विहान १०.३० देखि साँंझ ४ः०० बजेसम्म भएको थियो । 
यस कार्यक्रमका मुख्य आकर्षणका रूपमा केवलकारको नमुना हाइड्रोपावर एटीएम मेसिन परम्परागत प्रविधि ढिकी जाती, कोप, गणितका प्रयोगात्मक ’खेलू, सामाजिक विषयवस्तु जस्ता प्रदर्शनी रहेका थिए । कार्यक्रममा कक्षा ८ सम्मका विद्यार्थीहरूले शैक्षिक सामग्री प्रदर्शनीमा सहभागी जनाएका थिए । 
आयोजक स्कुलका प्रधानाध्यापक रोशनराज तुइंतुईका अनुसार कार्यक्रम राख्नुको मुख्य उद्देश्य सुनेर भन्दा गरेर सिकाउनु रहेको बताउनुभयो । सुनेर भन्दा हेरेर, प्रयोगात्मक रुपमा गरेर सिकिने भएकोले कार्यक्रम गरिएको बताउनुभयो । उहाँका अनुसार शैक्षिक प्रदर्शनीमा ७६ वटा स्थल राखिएका थिए । 
कार्यक्रममा सहभागी विर्थीहरुमध्ये कक्षा ७ का छात्रा एलिना प्रदर्शनीले विद्यार्थीमा भएको क्षमता बाहिर आउने बताउनुभयो । कार्यक्रममा पहिलो पटक सहभागी विज्ञान विषयअन्तर्गत जनावर कोष र किरा कोषकोबारेमा प्रदर्शन गरिएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

शारदा स्कुलमा शैक्षिक प्रदर्शनी
शारदा स्कुलमा शैक्षिक प्रदर्शनी
शारदा स्कुलमा शैक्षिक प्रदर्शनी

Comments