मेरो प्रेम


चैत १, २०८०, बिहीबार | विहान १०:३० बजे | 55


मेरो प्रेम

हो 
साच्चै  हो,
तिमि
मसँगको प्रेम सम्बन्ध
सारा दुनियाँलाई थाहा दिएर
मेरै आँगन आई 
पागल प्रेमिका सरि 
चिच्याउनु 
जोड जोडले चिच्याउनु
अनि मेरै तस्विर 
पारेर च्याटचुट
कराउ र माग
प्रेमको नाममा
एउटा अलिसान महल
तर प्रिय
म तिमीले च्याटेको
मस्तिष्क लिएर
तिमीले खोजेको
धन सम्पतिको ओैकात
म 
नापिरहेछु
मेरो चेतनाले
तिमीले 
भौतिक सम्पत्तिलाई
प्रेम गर्नथाले पछिनै हो
मेरो मन 
बदलिएको 
त्यहीदिनबाट
सकिन म पग्लिन
तिमीले जति पगाल्न खोजेपनि 
म प्रेममा पागल थिएँ 
तिमी धन प्राप्तिमा
तब 
रोजें मैले
फरक बाटो
म जस्तै 
जीवन साथी
अन्ततः
म बदलिएँ 
तिमीबाटै
आज म 
यस कारण  खुसी छु
मेरो विवाह 
सफा मन
सुन्दर स्वच्छ भाव 
सुन्दर शान्त 
पारिवारिक वातावरण
र 
संस्कारीसंग सुसूचित 
एक जीवन संगीनीका साथ
व्यतित छ ।

Comments