प्रेमी भुपु भयो भन्दैमा चरित्र हत्या नगरौ


फाल्गुन २३, २०८०, बुधबार | दिउँसो ०३:०६ बजे | 85


प्रेमी भुपु भयो भन्दैमा चरित्र हत्या नगरौ

सरिता तामाङ 
आजकालको जमानामा प्रेमी नहुने नवजवान केटाकेटीहरु को होला र? धेरैजसो केटाकेटीहरु मायामा परेका हुन्छन् । जति लभ पर्छ, त्याति नै ब्रेकप हुने सख्या बड्ने नै भइहान्यो ! अनि विछोड पछिको  जिन्दगीमा चाहिँ भूतपूर्व भएका प्रेमी वा प्रेमिकाको स्थान चाहि के भनेर कसैले सोध्यो भने उत्तरमा नाक खुम्च्याउनु बाहेक केही रहँदैन । 
भूतपूर्व भएपछि एक अर्काका लागि अस्तित्व सकियो । तर यति मूल्यहिन भुपु किन हुन्छन् माया प्रेममा । उता राजनीति, निजामतीदेखि लिएर पुलिस, आर्मीहरुको हेर्नुस् त भूपूको इज्जत । पाउनु मात्रै माया होइन, कसैलाई उसको खुशीको लागि छोड्नु पनि माया हो । विछोड हुदा पनि प्रेरणाका स्रोतहरु धेरै अनुभव गर्न पाइन्छ । यसले गर्दा आफूमा रहेको कमीकमजोरीको मूल्याङ्कन गर्न सकिन्छ ! 
मान्छेको जिन्दगीमा धेरै मान्छेहरु आउछन् । कोही लामो समयसम्म बस्छन्, कोही छिनमा हराउछन । फरक फरक मान्छे अनुसार फरक कुरा सिकिन्छ । आफ्नो जीवनमा कोही नया मान्छे आउनु भनेको नयाँकुरा सिक्नु हो । तर विछोड भएमा धेरै कुरा सिकिने पनि होइन । विछोड एउटा नचिताएको घटना हो । यसबाट हामीले धेरै कुराहरुको अनुभव लिन सक्छौ । कोहीसँग प्रेममा रहदा सानो कुराले नि झगडा हुनु, आफूले १०० प्रतिशत दिदा उताबाट शुन्य प्रतिशत पाइन्छ भने त्यो सम्बन्धमा नबसेको नै राम्रो । गल्ती  १÷२ पटक गर्नेलाई दिइन्छ तर बारम्बार त्यही गल्ती दोहरयाउँंछ  भने त्यो सम्बन्ध त्यही नै टुङ्ग्याएको राम्रो भनिन्छ । सिसा टुटेपछि जोडिदैन । जोडिए पनि त्यो सिसाबाट पानी चुइन्छ ! त्यसरी नै कुनै घटना हुदा नकरात्मक रुपमा होइन, सकरात्मक रुपमा हेर्नुपर्छ ! 
सम्बन्धमा बसुन्जेल राम्रो, छुटिएपछि त्यही मान्छेको बारेमा कुरा गर्दै हिड्नु भनेको त्यो भन्दा नराम्रो केही होइन । मात्र समय र कालखण्डाले मानिसलाई कहाबाट काहा पुरयाउछ । सबै तथ्यबाट पाठ सिक्नु र गतिशिल हुनु जीवनको आयम हो । एउटा पक्तिबाट अर्को पक्ति बिछोडिदैमा कविता बिछोड टुङ्गिदैन । बरु निरन्तर लय पक्रिएर बगिरहन्छ । त्यसले नकरात्मकता र तिरस्कार होइन, सहकार्यबाट जीवन चलिरहन्छ ।

Comments