एताउता कता कता


फाल्गुन २०, २०८०, आइतबार | विहान ०९:१० बजे | 10


एताउता कता कता

डा इन्दुल केसी
बुढो बाबु आफनै सुदूर गाउँंघरमा यता
एक्लो जवान छोरो विदेशको वन्दिगृहमा उता
एक्ली तरुणी छोरी लग्यो कसले कता कता ?

अपसोच ! आफनो खेतबारी बाँंझै छ यता 
अव मल, जल, विउको जोहो गर्नै परेन यता
बुढी चामल किन्न सस्तो बजार खोज्दै यताउता

घर खर्च गर्न पैसा छैन दिनहुँं हुने घरमा झगडा यता
रोगव्याधिले सताएका हामी उपचारको खोजमा
निःशुल्क स्वास्थ्य सेवाको घोषणा पत्रमा सिमित, खोई कता कता ?
मिति ः २०८० फागुन २०

Comments