सड्डीत मन्थनाञ्जलीको आचमन


फाल्गुन २०, २०८०, आइतबार | विहान ०७:५६ बजे | 45


सड्डीत मन्थनाञ्जलीको आचमन

सड्डीत मन्थनाञ्जलीको आचमन
डा इन्दुल केसी 
प्रारम्भ
लेखिका सह–प्राध्यापक सरोजनी तण्डुकार तथा सहायक लेखक प्राध्यापक सङ्गीत प्रवीण श्रीराम आचार्यद्वयद्वारा लिखित ‘सङ्गीत मन्थनाञ्जली’ नामको पुस्तक यहि २०७९ माघ महिनामा एक भव्य समारोहबिच लोकार्पण भएको छ । उक्त पुस्तकको एक प्रति लेखकज्यूले मलाई उपहार दिनुभयो । सङ्गीत शास्त्रको गहण अध्ययन गर्न चाहने एवम् सङ्गीतमा अभिरुचि राख्ने नेपाली पाठकहरुको लागि २९३ पृष्ठको यो पुस्तक ज्यादै उपयोगी हुने देखिन्छ । नेपालको सङ्गीत क्षेत्रमा विशिष्ट स्थान हासिल गरिसक्नुभएका यस ग्रन्थकार द्वयको व्यक्तित्व र कृत्तित्वको विस्तृत विवरणहरु यस पुस्तकमा स्पष्टसँग दिइएको छ । उहाँहरुले यस अघि सङ्गीत विषयका विभिन्न नामका पुस्तकहरु धेरै पहिले पनि प्रकाशन गरिसक्नुभएको छ । 
सड्डीत क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरूको दृष्टिमा यो पुस्तक
१) प्रा. इन्दिरा पाण्डेको शब्दमा – “सङ्गीतज्ञहरुको माझमा नेपाली सङ्गीत पद्धतिको मौलिक धरातलमा रही २४ श्रुतिश्वर स्थापना, ३२ थाट–राग, मूच्र्छना, पाँचथरी जाति, पाश्चात्य स्वर लिपि पद्धति तथा राग सङ्ख्या विस्तारका साथै मौलिक नामका रागहरुको सृजनाले नेपाल राष्ट्रलाई नै गौरावान्वित बनाएको छ ।”
२) प्रा. दीपक जङ्गम, त्रिभुवन विश्वविद्यालय, वरिष्ठ सङ्गीतकारको शब्दमा – “विगत वर्षहरुमा उहाँहरुले आफ्ना विभिन्न ग्रन्थहरुको माध्यमबाट सङ्गीत सम्बन्धी नविन विचारहरुको प्रस्तुती तथा प्रयोग गर्नुभएको छ । यसले सङ्गीतमा अनुसन्धान गर्न खोज्नेहरूको लागि मार्ग प्रशस्त भएको छ ।”
३) प्रा.डा. धुर्वेश चन्द्र ऐमी, प्रमखु केन्द्रीय ललितकला विभाग, त्रिभुवन विश्वविद्यालयको शब्दमा – “लेखकद्वय सङ्गीतको शास्त्र तथा प्रयोगात्मक दुवै विद्याहरुमा सन्तुलित ज्ञान राख्ने विद्वत व्यक्तिको श्रेणीमा पर्नुपर्छ । यो पुस्तकमा श्रुतिश्वर सम्बन्धी विवेचना, गायक तथा वादकका गुण र दोष, नवीन मूच्र्छनाका प्रकारहरु र यीनबाट उत्पन्न हुने अनेकों नवीन रागहरु, रागका वर्गीकरणहरुका साथै गायकका लागि अत्यावश्यक स्वर साधनाको केही महङ्खवपूर्ण विषयहरुलाई सरल ढङ्गबाट प्रस्तुत गरिएको छ । प्रयोगात्मक पक्ष अन्तर्गत प्रचलित विभिन्न रागहरुका साथै प्रचलनमा नदेखिएका र अन्य कतै उल्लेख नभएका नरज्योति, महालक्ष्मी र कन्दरा आदि जस्ता रागहरुलाई उल्लेख गरिनु यो पुस्तकको नवीन र मौलिक पक्ष हो ।”
सङ्गीत क्षेत्रका मूर्धन्य उल्लेखित व्यक्तिहरुको उक्त अभिव्यक्तिले यो पुस्तकको महङ्खव स्पष्ट भएकै छ । 
व्यक्तित्व र कृतित्वको सम्बन्धमा
वास्तवमा कुनै कृतिको चर्चा सम्बन्धित लेखकद्वारा लेखिएका पुस्तकलाई नै केन्द्रविन्दु मानेर टिप्पणीकारहरु, समीक्षकहरुले आ–आफ्नो विचारहरु प्रस्तुत गर्ने प्रचलन छ । जहाँसम्म व्यक्तित्वको सम्बन्ध छ, सम्बन्धित लेखकको स्वभाव, क्रियाकलाप, आनीबानी, व्यहोराको आधारमा लेख्ने गरिन्छ । यस टिप्पणीकार र उक्त लेखकद्वयसँगको सम्बन्धका केही चर्चा यहाँ सान्दर्भिक होला भनी प्रस्तुत गर्दैछु । 
सङ्गीतबारे अनविग्य तर सङ्गीतमा अभिरूची राख्ने म एक सामान्य व्यक्ति मात्र हुँ । विगत १५ वर्षदेखि उहाँहरु द्वयसँग सङ्गीतकै कारणले मेरो घनिष्ठ सम्बन्ध रहनगएको छ । म बच्चैदेखि ईश्वरको भजनकीर्तन गर्ने, गायन गर्ने, जानि नजानी आफैले हार्मोनियम बजाई वृज भाषामा रचिएका कृष्णका विभिन्न लिलाका रास भजनहरु, जयदेवरचित भजनहरु, ब्रम्हानन्द भजनहरु, गोविन्दमान सिं राजभण्डारीज्यूले रचना गर्नुभएका भजनहरु तथा अन्य भजनहरु समेत मैले गाउने र बजाउने गरी आएको छु ।
श्री राम आर्चायज्यूको पूर्व प्रकाशित कृतिहरु सङ्गीतामृत प्रथमाहुति, आस्रयरागामृत प्रथमाहुति, सङ्गीतामृत द्वितीयाहुति पुस्तकहरु तथा सरोजनी तण्डुकारज्यूले लेख्नुभएको धमार गायनको परम्पारगत नामको पुस्तकसमेत मैले पहिलै नै पढ्ने मौका पाएको थिएँ । 
शताब्दी पुरुष डा.सत्यमोहन जोशीज्यूले समुद्घाटन गर्नुभएको कला, संस्कृति भजन महागुठि, भक्तपुरको म संस्थापक अध्यक्षको नाताले भक्तपुरका विभिन्न स्थानहरुमा, विभिन्न समयमा आयोजना भएका सङ्गीत कार्यक्रमहरुमा मेरै अनुरोधलाई स्वीकार गरी उहाँहरुले सुमधुर सङ्गीत प्रस्तुत गर्ने गरी आउनुभएको छ । 
२०६८ सालमा नेपाल स्रष्टा समाज, काठमाडौंले प्रकाशित मेरो पुस्तक ‘भुँईचालो’ (कविता सङ्ग्रह)मा रहेको “सारतत्व” शीर्षकको कवितमा श्रीराम आचार्यज्यूले सङ्गीत दिनुभई उक्त किताबको लोकार्पण कार्यक्रममा सयौंजना साहित्यिक व्यक्तिहरुलाई उहाँ स्वयम्ले गाएर सुनाउनुभएको थियो । 
भक्तपुर नगरको बाराही पीठ विकास समितिको म निर्वाचित अध्यक्ष रहेको समयमा त्यस स्थानमा बाद्यबादन सङ्ग्रहालय उनै श्रीराम आचार्यज्यूबाट गराएको थिएँ । त्यस सङ्ग्रहालयको भवनमा राखिएको ताम्र पत्रको प्रतिलिपि एक यसै लेखको साथ समावेश गरेको छु । 
ललितपुरकोे मदन पुरस्कार गुठीमा रहेको यलमाया हलमा एक भव्य समारोहबिच आचार्यज्यूको एकल सङ्गीत प्रस्तुत कार्यक्रममा तथा काठमाडौं पशुपतिनाथ क्षेत्रको विभिन्न स्थानमा विभिन्न बेलामा आयोजित सङ्गीत कार्यक्रमहरुमा उहाँले मलाई निम्तो दिई सहभागी गराउनुभएको थियो ।
भक्तपुर नगर नासमना, मङ्गलाछें टोलमा रहेको श्री श्यामसुन्दर रास भजन मण्डल, तचपाल टोल श्री दत्तात्रय रास भजन मण्डल, भद्रकालीस्थित रास भजन मण्डल, श्री बाराही पीठ रास भजन मण्डल लगायतका विभिन्न भजन घरमा श्रीराम आचार्यज्यूले सङ्गीतमय भजनहरु मेरो अनुरोधमा प्रस्तुत गर्नुभएको थियो । 
भक्तपुरका प्रख्यात गायक श्री सत्यनारायण मानन्धरज्यूको विशेष सहयोगमा श्रीराम आचार्यज्यूले तयार गर्नुभएको सगरमाथा रागको समुद्घाटन एक कार्यक्रमका बीच भक्तपुरमा सुसम्पन्न भएको थियो । 
सड्डीत मन्थनाञ्जली प्रथमाहुतिमा मेरो सङ्क्षिप्त दृष्टि
विश्व प्रसिद्ध हाम्रो प्राचीन ग्रन्थ – सामवेद नै सङ्गीतको मूल स्रोत मानिन्छ । भरत नाट्य शास्त्रपछि अन्य सङ्गीत शास्त्र अनुसार स्वराड्ढित भयो । भातखण्डे, पं. सारङ्गदेव, रत्नाकर, मञ्जरीकारज्यूहरुले श्रुतिहरुमा स्वरस्थापना गर्नुभएका थिए । सङ्गीत शास्त्रका पं. विष्णुनारायण भातखण्डेले पहिले तयार गर्नुभएका धेरे कुराको सारसमेत यस पुस्तकमा – परिमार्जित श्रुतिश्वरलाई २४ वटा श्रुतिको तालिका नै यसमा प्रस्तुत गरिएको छ । उत्तर मूच्र्छनाकै आधारमा भरतको सारण चतुष्टयीको २२ वटा श्रुतिहरुको तालिका समेत थप दुई श्रुति र शारदा तथा विशारका जाति समेत समावेश छन् ।
यस पुस्तकका लेखक भन्नुहुन्छ – “नेपाली सङ्गीत पद्धति अब धेरै नै वैज्ञानिक रुपले गणितीय आधारमा परिमार्जित र व्यवहारिक भइसकेको, श्रुति विभाजन, श्रुति स्वर व्यवस्था तथा आन्दोलन सङ्ख्याको माध्यमद्वारा प्रमाणित भएको स्पष्ट बुझिन्छ ।” पुस्तकलाई सैद्धान्तिक पक्ष र व्यवहारिक पक्ष गरी दुई भागमा विभक्त गरिएको छ ।
वाद्य साधन वीणा
वीणा एउटा वाद्य साधन हो । नारद मुनी तथा सरस्वतीको मूर्ति, तस्बिरहरुमा वीणा रहेको सबैले देखेको हुनुपर्छ । पौराणिक कालदेखि प्रचलन भइ आएको वीणामा तारको लम्बाइ, मोटाइ एवम् सङ्ख्याको गणितीय हिसाब हुन्छ । तारको लम्बाईको आधारद्वारा स्थापना हुने १४ वटा स्वरहरु, त्यसको शुद्ध, विकृत एवम् आन्दोलन सङ्रख्याहरु फरक–फरक हुने अति महङ्खवपूर्ण सुक्ष्म हिसाबहरु यस पुस्तकमा पाइन्छ । यो कुरा वीणा बादकहरुले बुझ्नु अति जरुरी देखिन्छ ।
ग्राम, थाट र श्रुत्ति
महाभारत कालदेखि चलिआएको ग्रामको ३ वटा षडज, मध्यम र गन्धार २२ वटा श्रुतिहरुको नेपाली सङ्गीत पद्धति अनुसार परिमार्जित श्रुति स्वरहरु तथा सम्वाद भावद्वारा स्थापित बाहै्रओटा प्रत्येक स्वरहरु र श्रुतिको अन्तरमा सप्रमाण सिद्ध भइसकेको हुँदा समाधान स्वरूप ३२ ओटा थाटलाई ३२ ओटै मूच्र्छनाको पर्यायवाची स्वरुप स्वीकार गर्नुपर्ने आग्रह लेखकले गर्नुभएको छ ।
मूच्र्छना (थाट)को भेद
शास्त्रीय सङ्गीत अनुरागीहरुको लागि मूच्र्छना अर्थाट थाटको भेदहरुको जानकारी पनि हुनु जरूरी छ । तीव्र थाट समूहका १६ थाट, कोमल थाटका १६ थाट, षाडव मूच्र्छनाका ६ वटा षाडव मूच्र्छनाका ११२ ओटा र औडव मूच्र्छनाका १०४ ओटा रागहरुको आरोह–अवरोह प्रत्येक बर्जित स्वरहरु, थाट, सम्वाद, गाउने समय र पकड स्वरूपका विस्तृत तालिकाहरु सम्पूर्ण मूच्र्छनाका ३०९ प्रकारको चर्चा यस पुस्तकमा प्रस्तुत गरिएको छन् । यसबाट लेखकद्वयले यो पुस्तकको माध्यमबाट सङ्गीतका अति गहण विषयलाई प्रस्तुत गर्नुभएको स्पष्ट हुन्छ । 
सम्पूर्ण रागहरूको वर्गीकरण
प्राचीन कालदेखि वर्तमान समयसम्म रचना भएका सम्पूर्ण रागहरु (१) ग्राम राग (२) दशविधि राग (३) देशी राग तथा देशी सङ्गीत (४) राग रागिनी पद्धति शिवमत (सोमेश्वर मत),  कृष्ण मत (कल्लीनाथमत), भरतमत (५) हनुमानमत (६) रागार्णवतमत (७) मोहम्मदरजामतको विववरण पनि दिइएको छ ।
लोचन कविका लेखअनुसार १६ हजार रागहरु उल्लेख भएको छ । जुन रागहरु कृष्णको अगाडि गोपीहरुले गाउने गर्दथे । 
स्वर सप्तक तथा लिपी
यस पुस्तकमा पाश्चात्य स्वर सप्तक, पाइथागोरस स्वर सप्तक, सङ्गीतमा स्वर सप्तक स्थापनका सिद्धान्त, भारतीय स्वर सप्तक, सोल्फा स्वर लिपी, चीन स्वर लिपी, न्यूम्स स्वर लिपी, १२ स्वरको सप्तक, स्वाभाविक स्वर सप्तक, सच्च स्वर सप्तक तथा नेपाली सङ्गीत पद्धतिका विवरणहरु पनि यस पुस्तकमा दिइएका छन् ।
किताबको प्रयोगात्मक पक्षमा विभिन्न रागहरु (१) हंशधोनी (२) मारूविहाग (३) मियाकी सारङ (४) सूर मरलार (५) यमन कल्याण (६) पुरिया कल्याण (७) अहिर भैरव (८) विभास (९) शिव रञ्जनी (१०) मधुमास सारङ (११) नटभैरव (१२) वैरागी भैरव (१३) जुगिया (१४) गुणकली (१५) मोहनकोशु (१६) नर ज्योति (१७) मालश्री (१८) महालक्ष्मी (१९) हेमन्त र (२०) कन्दराको साथै छुटफुथ बन्दीहरुमा मालकोश, यमन, भैरवी, जौनपुरी र मूलतानीसमेतको उल्लेख भएको पाइन्छ । 
यस पुस्तकमा रहेका चित्रहरु (१) पुस्तकको आवरण चित्रमा शङ्खद्वारा सरगमको स्वर निस्किरहेको (२) पुस्तकको अन्तिम पृष्ठमा लेखिका सरोजनी तण्डुकारजीले वीणा बादन गरिरहेको (३) स्वर साधनाको साथै स्वर यन्त्र र कानको भौतिक सङ्रचनासमेतको आकर्षक चित्रहरु रहेका छन् ।
अन्तमा
सङ्गीत विषयको यस्तो महङ्खवपूर्ण ग्रन्थ ‘सङ्गीत मन्थनाञ्जली’ प्रकाशन गर्नुभएकोमा लेखकद्वयको प्रयास स्तुत्य छ । उहाँहरु दुवैमा मेरो शुभेच्छा तथा साधुवाद – धन्यवाद ।
सरोजनी तण्डुकार 
श्री राम आचार्य

फाेटाेमा हेर्नुहाेस्...

सड्डीत मन्थनाञ्जलीको आचमन
सड्डीत मन्थनाञ्जलीको आचमन
सड्डीत मन्थनाञ्जलीको आचमन

Comments