सकस


फाल्गुन १७, २०८०, बिहीबार | दिउँसो ०१:१३ बजे | 60


सकस

रामकृष्ण प्रजापति
आज अन्तरनगर खेल घोषणा गर्ने दिन ।
बक्सिङ संघको सकृयता हेर्दा
बक्सिङ घोषणा गरुँ कि !
अरुको बाधा व्यवधान हेर्दा 
बक्सिङइतर खेलको घोषणा गरुँ कि !
खेल खेल नै हो 
अन्तरनगर खेल जुनसुकै घोषणा गरुँ कि !
आज मलाई अन्तरनगर घोषणा गर्न सकस भएछ ।

आज म बक्सिङ बुझ्न चाहन्छु ।
बक्सिङ मुढे बल हो कि
बैज्ञानिक, अनुशासित र नियमसंगत खेल ।
बक्सिङ युवाहरुको वितृष्णा हो कि
युवा माझ प्रख्यात खेल ।
बक्सिङ उग्र खेल कि
दिमाग, नशा र मासंपेशी बीच संयोजन गर्ने खेल ।
आज मलाई बक्सिङ बुझ्न सकस भएछ ।

बक्सिङ खेल खेलमात्र होइन ।
स्फूर्ति र तिव्र गतिको विकास गर्ने
शारीरिक कार्य क्षमता बढ्ने खेल ।
अरुले हिर्काउँदा नम्र बन्ने 
तिक्ष्ण गुण, आत्मरक्षा, विजयपथमा लम्कने खेल  ।
दिमागलाई तिक्ष्ण बनाई सत्रुलाई प्रहार
तिव्र गतिको मुक्का छल्ने खेल ।
आज मलाई खेल बुझ्न सकस भएछ ।

आज म अन्तरनगर खेल छनौटको निर्णायक भएछु ।
मेरो अन्तरद्वन्दको परिणाम या
सामाजिक दवाव ।
कसै प्रति सहानुभूति वा
कसै प्रति अन्तरद्वन्द । 
बहुमतको निर्णय वा
अल्पमतको कदर । 
आज मलाई निर्णय दिन सकस भएछ ।

आज म नगरपिता भएछु ।
न्यायमूर्तिको तराजू वा
विशेश्वर कोइरालाको सत्रु ।
विकास पुञ्जको मार्ग दर्शन वा
जन चहानाको बजेट पोका ।
सेवा पुग्नेको भगवान वा
स्वार्थपूर्ति नहुनेको राक्षस ।
आज मलाई नगरपिता बन्न सकस भएछ । 

आज अन्तरनगर घोषणा गर्दैछु ।
अन्तरद्वन्द र पूर्वाग्रह विना
निर्धक्कका साथ ।
अल्पमत र दवाव विना
निडरका साथ ।
डरत्रास र उत्पिडन बिना
सयम, काल, परिस्थिति र निष्पक्षताका साथ ।
आज मलाई अन्तरनगर महिला कबड्डी घोषणा गर्न सकस भएछ ।
धन्यवाद !

Comments