विनायकमा शैक्षिक मेला प्रदर्शन


फाल्गुन १२, २०८०, शनिबार | विहान १०:०१ बजे | 60


विनायकमा शैक्षिक मेला प्रदर्शन

मध्यपुर ठिमी, भक्तपुर शिक्षा तथा खेलकुद एवं अतिरिक्त क्रियाकलाप र पाठगत क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराई उनीहरूको चौतर्फी विकासका लागि प्रगतिशील सोचका साथ शिक्षा प्रदान गर्दै दक्ष, योग्य, आत्मनिर्भर एवं स्वावलम्बी नागरिक तयार गर्न सक्षम मध्यपुर ठिमीकै अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल, मध्यपुर ठिमी, भक्तपुरले यही २०८० फागुन १२ गते शैक्षिक मेला एवं शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको आयोजना गर्यो। विद्यार्थीहरुलाई सिपमूलक, व्यावहारिक ,प्रयोगात्मक एवं स्तरीय ज्ञान दिने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष गणेशराम लाछीको सभापतित्व तथा मध्यपुर ठिमी नगरपालिकाका शिक्षा शाखा सदस्य धना गिरी ,सञ्चालक समिति सदस्य उषा प्रजापति ,महेश प्रजापति ,मध्यपुर ठिमी नगरपालिका सहकारी शाखाका प्रमुख एवं अभिभावक अभयन्द्र रन्जित तथा विद्यालयका कन्सल्ट्यान्ट ढुन्डीराज गिरीको आतिथ्यमा सम्पन्न भएको थियो। कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी भएको र एकदेखि ५ सम्म अध्यापनरत शिक्षक शिक्षिकाहरुकै संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले कक्षामा सिकेका विषयगत कुराहरूलाई विभिन्न विषयगत शैक्षिक सामग्री तयार गरी अभिभावकहरू समक्ष त्यसको वर्णन र आफूले तयार गरी सिकेका कुराहरू प्रस्तुत गरेका थिए। विद्यालयको ३५औ वार्षिकोत्सवको सुखद अवसरमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरूले विद्यार्थीहरू समक्ष विषयगत जिज्ञासा राख्दै विद्यालयको यस प्रकारको नौलो सोचको प्रशंसा समेत गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले एक्काइसौं शताब्दीको माग र आवश्यकता अनुसारको सिपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्दै सभ्यता, संस्कार र परम्परागत मूल्य मान्यतामा जोड दिने शिक्षा प्रदान गर्ने कार्यमा विद्यालय लागि परेको कुरा बताउनु भयो। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले विद्यालयको विगत र वर्तमान केलाउँदै सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै माटाका भाडा बनाउने सिप समेत प्रदर्शन प्रदर्शन गरेका थिए भने फुड स्टल राखी आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए। त्यस्तै विज्ञानसँग सम्बन्धित रोबोटिक र भिआर कला र फेस पेन्टिङ इभेन्ट समेत उक्त कार्यक्रममा राखिएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

विनायकमा शैक्षिक मेला प्रदर्शन

Comments