बधाई छोरी तिमीलाई ....


फाल्गुन ११, २०८०, शुक्रबार | दिउँसो ०३:०० बजे | 70


बधाई छोरी तिमीलाई ....

कुमार लघु, ख्वप
छोरी तिमी भाग्यमानी छौ । अझै भाग्यमानीमा शिर उच्च वनाउनलाई परिक्षा दिनको लागि नयाँ कक्षामा भर्ना गरेकी छौ । तिमीलाई याद छ, जिवनमा परिक्षा दिएर नै जिवनमा अलस वन्नुछ । 
जीवनले जिन्दगीभर परिक्षा लिइरहन्छ । हामीले भन्दा नि अरूले नै पर वसेर हाम्रो र तिम्रो परिक्षा लिइरहेको हुन्छ । तिमीले नयाँ पाठ्यक्रम समाएका छौ । त्यो भन्नु नै जनताको नजरमा तिमीले कसरी जिवनयापन्न गर्न गइरहेका छन् अरूले नियाल्छ । त्यसैले बहुत होसियारी अप्नाउनुपर्छ ।
दैनिक जिवनमा शुभ विहानीमा सबेर‌ उठ्नु बदार कुदार गर्नु ,सबैलाई ढोग गर्नु । मिठो बोलीवचन बोल्नु । घर आँगन सबेसम्म चिट्टक पार्नु । सबैको मनमा वस्न सकोस् । सासु, ससुरा दाई भाई दिदी बहिनीलाई सरल व्यवहार गर्नाेस् । सबैलाई मद्त गर्नाेस् । स्वार्थी भावना त्याग गर्नाेस् । 
 मिठो बोली वचन बोल्नु होला । छरछिमेकलाई बोल्न नछोड्नु होला । घरमा खाना र खाजा राम्रो पकाउनु होला । श्रीमान् सित सर सल्लाह गर्ने र मदत लिने गर्नु होला । कुनै काम गर्न सरसल्लाह गरेर अगाडि वढ्नु होला । 
 दैनिक रूपमा अध्ययनलाई अगाडि वढाउनु होला । अध्ययन गर्न छोड्नु हुन्दैन् । हरेक परिक्षामा सफल हुनुस् । व्यवहारिक जिवनमा सफल हुन सिपको विकास गर्नुस् । जो संग सिप छ उसको जिवन सफल हुन्छ । सिप सिक्न कहिले पछि पर्न हुन्दैन् । श्रीमानलाई मदत गर्ने आफूले नी मद्त लिने गर्नुस् । सानालाई माया गर्नुस् । माईतीमा दाई भाउजु बाजे बजै काका काकी मा मा ठूलो आमा ,ठूलो बाबा माईलि आमा,मामा घरको बजै बाजे फूपुहरू र दिदीहरूलाई समय समयमा फोन गरी सम्वन्ध सुधार गर्नाेस्।
 कसैको पनि गुण नविर्नुस् । गुणलाई गुण गरेर बदला तिर्नुपर्छ । समाज स्वार्थी छ । आफू कहिले नि स्वार्थी नवन्नुस्। त्याग पनि गर्नपर्छ । कहिले एकलै नखानु बाँडेर खाने गर्नाेस् । अरूलाई सन्मान गर्नाेस् अनि मात्र आफूलाई अरू सन्मान गर्छन्। छिमेकीहरूसित मेलमिलाप गरेर वस्न जानुपर्छ। अरूलाई दुःख पर्दा मद्त गर्ने गर्नुपर्छ । 
अनुहार हसिलो वनाउनु कहिले दुखी नहुनुस् । सदावाहार सरल जिवन याप्न गर्ने गर्नुस् ।
 सबैले परिक्षा लिन्छ भनेर भनिरहेकोछु । समाजमा बस्न गाह्रो छ।  लाउने सिम्पल लाउने खाने गर्ने भविष्यको योजना, उद्देश्य र लक्ष्य वनाई समयलाई सदुपयोग गर्ने हो । अरूले धोका दिन्छ यादगर । अरूलाई जिवनमा  परिक्षामा फेल गर्नलाई प्रयास गरिरहेको हुन्छ । अरूसित पहिले जस्तै हिड्न बोल्न हुन्दैन् है । समाज स्वार्थी छ । होसगर छोरी मान्छेको जिवनमा के गर्ने के गर्न हुन्दैन् सिक्न अरूको असल नारीहरूको जिवनी पढ्न पर्छ । त्यसवाट सिकेर जिवनमा सिक्नुस् । खाना बनाउँदा तरकारी र अन्यमा बढि नून नहालनोस् । खाना वनाउँदा नूनको स्वाद सोध्नुस् । जहिले न,म मिठो बोल्नुस् । 
  घरमा समय मै पुग्ने गर्नुस् । पुगेपछि श्रीमान् को ख्याल राख्नोस् खाजा खाना भयो भएन् सोध्नुस् । नखाए सबै काम छोडेर तयारपारी ख्वाउने गर्नाेस् । 
  आफ्नो स्वास्थको ख्याल राख्ने गर्नुस् । तातो पानी खाने गर्नुस् ।
छोरी तिमी मेरो र परिवारको तर्फवाट बधाई छ । धन्यवाद

Comments