भक्तपुरमा गरियो शैक्षिक मेला २०८०


फाल्गुन ११, २०८०, शुक्रबार | दिउँसो ०१:२४ बजे | 25


भक्तपुरमा गरियो शैक्षिक मेला २०८०

भक्तपुर, ११ फागुन । साईनिङ्ग स्टुडेण्ट एकेडेमीको आयोजनामा शैक्षिक मेला २०८० शुक्रबारदेखि सुरु भएको छ । मेलाको भक्तपुर नगरपालिका वडा नं ४ कां वडाध्यक्ष उपेन्द्र सुवालले उदघाटन गर्नुभयो । विद्यालय प्राङ्गणमा एक समारोहबिच रिवन काटेर उहाँंले शैक्षिक मेलाको शुभारम्भ गर्नुभयोे । 
कार्यक्रमका अतिथि उपेन्द्र सुवालले समय सुहाउँदो शिक्षा दिनु अहिलेको आवश्यकता हो र यसलाई खेलेरै सिकौं भन्ने अवधारणा साह्रै नै राम्रो रहेको छ भन्नुभयो । सायदै यस किसिमको अवधारणा मलाई जानकारी भए अनुसार भक्तपुरमै पहिलो रहेको बताउनुभयो । उहाँ खेलेरै सिकाउने तरिकाबाट विद्यार्थीहरुको सर्वाङ्गिक विकासका साथै भविष्यमा नयाँ नयाँ प्रविधि विकासमा समेत टेवा पुग्ने भएको हुँदा यसलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । उहाँले विद्यालयमा संगितको माध्यमबाट समेत सिकाई क्रियाकलाप गरेको देखिएको तर यहाँ १–२ विषयमा मात्र नभई प्रायः पठन–पाठनका सबैजसो विषयहरुमा समेत खेलेरै सिक्ने तरिका जुन साह्रै नै सह्रानिय भएको बताउनु भयो । उहाँले भक्तपुरलाई ज्ञान विज्ञान केन्द्र बनाउने कार्यलाइ यस प्रविधिले गुणस्तरिय र उच्च तहको शिक्षा हासिल गर्न सजिलो हुने भएको हुँदा विद्यालयको प्रगति हुने विश्वास व्यक्त गर्दे शैक्षिक मेला २०८० सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा अर्का अतिथि गपली टोल सुधार समितिका अध्यक्ष एवम् अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले शैक्षिक मेलाले बालबालिकाको शिक्षा ग्रहण सजिलो भई छिटो प्रगतिको मार्गमा लम्कने बताउनुभयो । उहाँले बौद्धिक विकासको निम्ति शैक्षिक मेलाले विद्यार्थीहरुको व्यक्तित्व समेत विकास भई शारीरिक र मानसिक रुपमा स्वस्थ्य समेत हुने बताउनुभयो । उहाँले प्रतिस्पर्धात्मक युगमा अरुभन्दा अब्बल हुन छिटो र सरक तरिकाबाट सिक्ने माध्यम आवश्यक भई सकेको अवस्थामा खेलेरै सिकौं भन्ने अवधारणाले टेवा पुग्ने बताउनुभयो । उहाँले शैक्षिक मेलाले विद्यालय कतिको प्रगति गरेको छ भन्ने प्रष्ट भएको बताउँदै यसबाट विद्यालयमा प्रदान गर्ने शिक्षा पनि गुणस्तरीय रहेको पुष्टि हुन्छ भन्नुभयो । उहाँले विज्ञान, गणित, समाजिक शास्त्र, लेखा, नेपाली र अ्रग्रेजी विषयका खेलहरुले सजिलै बुझ्न सक्ने गरी शैक्षिक मेला गरेकोमा धन्यवाद दिनुभयो । 
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रबिन छुस्याकीले खेलेरै सिकौं भन्ने अवधारणालाई लिई प्रि. कक्षा देखि सिनियर कक्षा सम्मका नानीहरुलाई अंग्रेजी, नेपाली, सामाजिक, गणित,विज्ञान लगायत अन्य विविध विषयहरुमा समेत खेलेरै सिकाउने हिसाबले गत वर्ष देखि यस साइनिङ्ग स्टूडेण्टस् एकेडेमीमा यस तरिकाको अध्यापन शुरु भएको बताउनुभयो । उहाँले अहिलेको एकाइसौं शप्ताब्दीमा शिक्षामा आएको परिवर्तनलाई सहजता मिलोस् भन्ने हेतुले खेलेर नै सिकाउने कला एकदमै उत्कृष्ठ तरिका रहेको बताउनुभयो । 
उहाँले अहिलेको समयमा बालबालिका मोबाइलको लटमा फसेको र सधै मोबाइलमै ब्यस्त रहेको गुनासाहरु आइरहेको अवस्थामा यस किसिमको हरेक जसो विषयहरुमा खेल्दै रमाउँदै सिकाई कृयाकलापमा गर्न पाउँदा सबैजसो विद्यार्थीहरुको ध्यान समेत केन्द्रित गर्न एकदमै सहज भएको बताउनुभयो । 
शैक्षिक मेला २०८० मा तीन सय पचास भन्दा बढी अभिभावकज्यूहरु, टोलबासीहरु तथा विभिन्न विद्यालयबाट समेत मेला अवलोकन गरेको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा गरियो शैक्षिक मेला २०८०
भक्तपुरमा गरियो शैक्षिक मेला २०८०
भक्तपुरमा गरियो शैक्षिक मेला २०८०

Comments