आज ख्वपमा दिनभर शैक्षिक प्रदर्शनी
फाल्गुन १०, २०८०, बिहीबार | विहान ०१:३६ बजे | 75
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४ औ, ख्वप कलेजको २२, शारदा क्याम्पस माविको ३३ औ र ख्वप कलेज अफ लको प्रथम वार्षिक उत्सवको अवसरमा आज दिनभर शैक्षिक प्रदर्शनी हुने भएको छ । वार्षिक उत्सवको दोश्रो दिन आज कलेजमा दस जोड दुईदेखि स्नातकोतर तहसम्मका विद्यार्थीका शैक्षिक प्रदर्शनीहरु रहने छन् ।
वार्षिक उत्वस बुधबारदेखि सुरु भएको थियो । वार्षिक उत्सवको हिजो बुधबार उदघाटन भएको थियो । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले वार्षिक उत्वसको उदघाटन गर्नुभएको थियो ।