ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लको वार्षिकउत्सव उद्घाटन भव्य समारोहबीच सम्पन्न

फाल्गुन ९, २०८०, बुधबार | विहान ११:३२ बजे | 55

ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लको वार्षिकउत्सव उद्घाटन भव्य समारोहबीच सम्पन्न

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको २४ औं, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औं र ख्वप कलेज अफ लको प्रथम वार्षिकउत्सव कार्यक्रमको उद्घाटन आज भव्य समारोहबीच कलेज प्रांगणमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद सुवालले भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको जग अझ मजबुत बनाइ यसका सेवा सुविधाहरु अझ व्यापक बनाउँदै लानुपर्ने बताउनुभयो ।
निजीकरणले शैक्षिक क्षेत्रमा मात्र नभई देशको अर्थतन्त्रमा समेत नकारात्मक असर सिर्जना गरिरहेको बताउँदै उहाँले संसदमा पुँजीपति वर्गका प्रतिनिधिको बहुमत भएकै कारण व्यापक जनताले दुःख पाइरहेको बताउनुभयो ।
संसारका न्यायप्रेमी जनता युद्धको विरोध र शान्तिको पक्षमा रहेको उल्लेख गर्दै सांसद सुवालले दक्षिण एसियामा तेस्रो युद्धको त्रासदी बढिरहेको बताउनुभयो ।
संसदबाट ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन निरन्तर प्रयासरत रहेको बताउँदै उहाँले जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पक्षमा शासकहरुले नै बाधा पु¥याइरहेको छ भन्नुभयो ।
उहाँले देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै देश आर्थिक र राजनीतिक रुपमा कमजोर भएमा देशको महत्वपूर्ण निर्णयमा विदेशीले हस्तक्षेप गर्दै जाने धारणा राख्नुभयो ।
शासक दलका नेताहरुबाट नेपालका नदीनाला एक पछि अर्को गर्दै भारतलाई सुम्पने गलत काम हुँदै आएको सांसद सुवालले बताउनुभयो ।
कार्यक्रमका सभापति कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गराउन आवश्यक पहल गरिरहेको बताउँदै भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरु बन्द, हड्तालबाट मुक्त रहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य उपचार, खाद्यान्नदेखि हरेक वस्तुमा विदेशनिर्भर हु“दै गएको बताउ“दै उहा“ले विद्यार्र्थीहरुलाई आत्मनिर्भरताको पाठ सिकाउनुपर्नेमा जोड दिनुभयो ।
अमेरिका युद्ध, आतंकको देश र हतियार उद्योग सञ्चालन गर्ने देशको रुपमा अगाडि बढिरहेको बताउँदै उहाँले नेपालीहरुले अमेरिकी साम्राज्यवादको विरोध निरन्तर गरिरहने बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले शैक्षिक क्षेत्रको विकास र उन्नयनमा भक्तपुर नपाबाट सञ्चालित ख्वप सर्कलअन्तर्गतका कलेजहरुले शैक्षिक प्रकाशस्तम्भको रुपमा काम गरिरहेको बताउनुभयो ।
उहाँले नेपालमा वैदेशिक ऋणको भार बढ्दैछ, देश आर्थिक रुपमा टाट पल्टिने अवस्थामा रहेको बताउँदै वैदेशिक घुसपैठमा हिंसा मच्चिरहँदा ख्वपले जनतामाझ चेतनाको बिऊ छर्ने काम गरिरहेको बताउनुभयो ।
समाजको तल्लो वर्गको सेवा गर्ने पवित्र उद्देश्य र नेपाल मजदुर किसान पार्टीको भिजनमा जन्मेको ख्वपले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी सेवा गरिरहेको बताउँदै सांसद गोसाईले देशको भविष्य शिक्षक, बुद्धिजीवी र विद्यार्थीहरुको हातमा रहेको बताउनुभयो ।
कर्णाली प्रदेशको १ सय ५७ भन्दा बढी विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी संख्या हुनुमा देशमा असन्तुलित विकास र बसाइसराइ प्रमुख कारण भएको बताउँदै उहाँले यसले देशमा विकराल समस्याहरु निम्त्याइरहेको प्रष्ट पार्नुभयो ।
रुसलाई समाप्त पार्ने र चीनलाई घेर्ने रणनीति बनाएको अमेरिका आज आफै हारको संघारको रहेको बताउँदै उहाँले प्यालेष्टाइनी जनताप्रति न्यायप्रेमी जनताको सँधै ऐक्यबद्धता रहने धारणा राख्नुभयो ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देश र जनताको सेवालाई केन्द्रविन्दुमा राखी नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिले काम गर्दै आएको बताउँदै ख्वप सर्कलले समाजलाई बुद्धिजीवीकरण गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका निर्देशक लालप्रसाद आदेयले विश्वविद्यालयहरुले अध्ययन र अनुसन्धानमा जोड दिनुपर्ने बताउँदै रोजगारीमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले विश्वविद्यालय अनुदान आयोगले गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई एमफिल र विद्यावारिधि अध्ययनको लागि छात्रवृत्तिको लागि अनुदानको व्यवस्था गर्दै आएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. कुसुम शाक्यले सबै क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेख्य रहेको बताउँदै महिलालाई शिक्षालाई अगाडि बढाउनु आजको आवश्यकता भएको बताउनुभयो ।
भक्तपुर नपाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य छिटै साकार हुने विश्वास राख्दै उहाँले जनतालाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न विश्वविद्यालयहरु प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल र ख्वप कलेज बीए, बीएसडब्लू र एमए अंग्रेजी कमिनिकी न्याइँच्याइँले पनि बोल्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले सम्बन्धित कलेजहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
साथै वार्षिकोत्सव अवसर पारेर कलेजले ख्वप कलेज र ख्वप माविमा अविछिन्न रुपमा दश वर्ष सेवा पूरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई कदरपत्रका साथ सम्मान गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले वार्षिकोत्सवको अवसरमा आयोजित चित्रकला प्रतियोगिता, वादविवाद, दौड प्रतियोगिता, सटपुट, भलिबल, बास्केटबल प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु पनि प्रदर्शन गरेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

Comments