भोलिबाट ख्वपको वार्षिक उत्सव सुरु हुने
फाल्गुन ८, २०८०, मङ्गलबार | दिउँसो ०१:२० बजे | 40
ख्वप मा.वि.को २४ औ“, ख्वप कलेजको २२ औ“ र ख्वप कलेज अफ लको पहिला वार्षिक उत्सव कार्यक्रमहरु बुधबारदेखि सुरु हुने भएका छन् । वार्षिकोत्सव कार्यक्रम बुधबार, विहीबार र शुक्रबार गरी तीन दिनसम्म चल्नेछ ।
कार्यक्रमका आकर्षणहरू
क. उद्घाटन कार्यक्रम (फागुन ९ गते बिहान १०ः०० बजे हुने) कार्यक्रमका आकर्षणहरू ः
ड्ड नेपाल मजदुर किसान पार्टीका अध्यक्ष वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छे“े (रोहित) ज्यू को प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम हुने,
ड्ड भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय÷कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न हुने
ड्ड भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवाल, भक्तपुुर क्षेत्र नं. १ का वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, डिनहरू, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष, पूर्वाञ्चल विश्वविद्यालयका डिन, भक्तपुरका प्रमुख जिल्ला अधिकारी, भनपाका प्रमुख प्रशासकीय अधिकृतज्यूलगायतलाई आतिथ्यको लागि उद्घाटन कार्यक्रममा आमन्त्रण गरिएको,
ड्ड भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, भक्तपुर जिल्लाका सरकारी कार्यालय प्रमुखहरू, भक्तपुर जिल्लालगायत काभ्रेका विद्यालय÷कलेजहरूलाई कार्यक्रममा सहभागिताको लागि आमन्त्रण गरिएको,
ड्ड उद्घाटन कार्यक्रममा कलेज÷विद्यालयका प्राचार्यहरूबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत हुने,
ड्ड कलेज÷विद्यालयमा अनवरतरूपमा १० वर्ष सेवा पूरा गरेका २६ जना उपप्राध्यापक एवं शिक्षकहरूलाई कदरपत्रसाथ सम्मान गरिने साथै कलेजको सेवाबाट अनिवार्य अवकाश हुनुभएका कर्मचारीलाई सम्मान गरिने,
ड्ड त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित बोर्ड परीक्षामा उत्कृष्ट हुन सफल ४४ जना विद्यार्थीहरूलाई पुरस्कार वितरण हुने,
ड्ड वार्षिक उत्सव कार्यक्रमको अवसरमा भएको अन्तरविद्यालय÷कलेज बास्केटबल, वक्तृत्वकला र चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिने,
ड्ड उद्घाटन कार्यक्रमको बिच बिचमा सांस्कृतिक प्रस्तुति देखाइने ।
ख. शैक्षिक प्रदर्शनी ः फागुन १० गते, बिहान ११ः०० देखि अपरान्ह ४ः०० बजेसम्म
ड्ड विद्यालय÷कलेजका विद्यार्थीहरूको सहभागितामा १५० भन्दा बढी स्टलमा शैक्षिक प्रदर्शनी हुने,
ड्ड ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीबाट शैक्षिक प्रदर्शनी हुने,
ड्ड शैक्षिक प्रदर्शनीमा १२०० भन्दा बढी विद्यार्थीहरू प्रत्यक्षरुपमा संलग्न हुने,
ड्ड विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, शिक्षाशास्त्र विषयमा विद्यार्थीहरूले शैक्षिक प्रदर्शनी गरिने,
ड्ड विद्यार्थीहरूबिच द्यगकष्लभकक क्ष्मभब एचयmयतष्यल प्रतियोगिता हुने,
ड्ड शैक्षिक प्रदर्शनीमा १८० भन्दा बढी विद्यालयका २८ हजारभन्दा बढी विद्यार्थी अवलोकनका लागि आउने अपेक्षा,
ड्ड रेडक्रस भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने ।
ड्ड ३०० भन्दा बढी विद्यार्थीहरू स्वयंसेवक भई सहयोग गर्ने ।
ग. सांस्कृतिका कार्यक्रम ः फागुन ११ गते, बिहान ११ः०० देखि अपरान्ह ४ः०० बजेसम्म (आन्तरिक विद्यार्थीको लागि मात्र)
ड्ड विद्यालय÷कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापति एवं वाग्मती प्रदेश सांसद सृजना सैंजूको आतिथ्यमा कार्यक्रम हुने,
ड्ड विद्यालय÷कलेजमा अध्ययनरत विद्यार्थीबाट ३० भन्दा बढी (नाटक, गीत, नृत्य) प्रस्तुत गरिने
ड्ड वार्षिक उत्सव कार्यक्रमको अवसरमा भएको आन्तरिक खेलकुद प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिने,
फाेटाेमा हेर्नुहाेस्...