रोम्वसको १० औ वार्षिक उत्सव सम्पन्न


फाल्गुन ८, २०८०, मङ्गलबार | विहान ०२:०२ बजे | 15


रोम्वसको १० औ वार्षिक उत्सव सम्पन्न

विपना बानियाँं (प्रशिक्षार्थी पत्रकार)
भक्तपुर । भक्तपुरको कमलबिनायकदेखि पुर्बतर्फ चोखा गणेशस्थानमा रहेको रोम्बस सेकेन्डरी स्कुलको १० औं वाषिर्कोत्सव, पुरस्कार बितरण तथा साँस्कृतिक कार्यक्रम २०८० सोमबार सम्पन्न भएको छ । कार्यक्रममा स्कुलमा कार्यरत शिक्षक्, शिक्षाका, अभिभावक र कर्मचारी सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वबिद्यालयका उपकुलपति प्रा .डा. भोला थापा रहेका छन् । । 
प्रा .डा. थापाले स्कुलको शैक्षिक गुणस्तर धेरै राम्रो र दक्ष शिक्षकशिक्षाकाद्वारा पठनपाठनमा राम्रो प्रभाबले बिध्यार्थीहरूले उतकृष्ट नतिजा ल्याउन सफल भएकोमा धन्यवाद ज्ञापन गरे । साथै उक्त स्कुलमा १० बर्षदेखि निरन्तर सेवा दिनुभएको शिक्षाका तारा कार्कीलाई अविश्रान्त शिक्षा सेवा पदक २०८० द्वारा सम्मानित गरियो । ५ बर्ष निरन्तर शिक्षण गर्नुभएको शिक्षाका कृषला श्रेष्ठ र पुनम देशेमरूलाई पनि निरन्तर शिक्षा सेवा पदकबाट सम्मानित भए ।  एस ई ई २०७९ सबैभन्दा बढी ल्याउन दिन सफल शिक्षक जनक कार्की पनि सम्मानित भए । उक्त सम्मान काठमाडौं विश्वबिध्यालयका उपकुलपति डाक्टर भोला थापाले दोसल्ला र कदरपत्र प्रदान गरिदिएर भएको थियो । 
कार्यक्रममा रोम्बस स्कुलका प्रध्यानाध्यापक डा राजेन्द्र कोजूुले सुरूमा ३०० जना बिद्यार्थीहरुबाट सञ्चालन गरेको र आज १० बर्षमा आइपुग्दा लगभग ८०० जना बिध्यार्थी पुगेको जनाएका छन् । भावुक हुँदै यो १० बर्षका अन्तरालमा म लगायत स्कुलको समितिले गरेको योगदान अनि निरन्तर लामो समयदोखि साथ दिनुहुने शिक्षकशिक्षाका लगायत अभिभावकले देखाउनु भएको विश्वास र मायालाई धन्यवाद दिदै उहाँहरूप्रति आभारी रहेको भाबना व्यक्त गरे । 
रोम्बस स्कुलको १० औं वार्षिकोत्सबको अवसरमा उत्कृष्ट बिद्यार्थी भाईबहिनिहरूलाई पुरस्कार बितरण गरियो । साथसाथै उक्त कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुतिमा नेवारी कल्चरल नाच, साँस्कृतिक नृत्य ,गायन प्रस्तुतिका साथै शिक्षकशिक्षिकाको पनि प्रस्तुति रहेका थियो । रमाइलो उत्साह र प्रोत्साहनका साथ आगामी वर्षहरूमा अझै शैक्षिक उन्नति र प्रगतिहरू थपिने आशा र भरोसाका साथ १० औं बार्षिक उत्सव सभ्य र भब्य तरिकाले सम्पन्न रह्यो ।

फाेटाेमा हेर्नुहाेस्...

रोम्वसको १० औ वार्षिक उत्सव सम्पन्न

Comments