कसैले नदीको ....
फाल्गुन ७, २०८०, सोमबार | विहान ०४:२२ बजे | 55
कुमार लघु,ख्वप
कसैले नदीको बहावमा धकेल्न नखोज्नु,
अनाहकमा नदीमा ठेल्छ भने वाध्यताले पौडिन सिक्छ
उसै त समय विकराल छ,
कसैले कसैको पावर र सेखीमा परिक्षा नलेऊ
परिक्षा नै लिन खोजेको हो भन्ने
उसले परिक्षा मज्जा मानेर दिन्छ परिक्षा दिनेले भोलि परिक्षा लिन्छ
कहिले बौ को पालो
कहिले छोराको भन्नेको याद गर ,
नदि किनारमा वस्नेले पौडिन् सिक्छ
शत्रु वनेर अप्थारो बेहोर्न सिकेको
स्यालले बाघ सित ख्याल नगर
वाघको पन्जा दरो हुन्छ
मुन्टो फर्काएर नहेर्नु
जाना जान मुक्काको ख्यालवाट वच्नु
तिमीलाई थाहा छ,
नेवारी उखान यस्तो छ
नोलं दायाङ मस्या साङगुलं दायाङ स्या
हस् त जात के हो ?
जातैले आफ्नो कमजोरी देखाउँन्छ
समस्यामा सबैले समाधान गर्नुपर्छ
समस्या परेको वेलामा नूनचुक नछर्नु
बहुत होस् गर ,
घाम तातो हुन्छ,
जाडो चिसोले ल्याउँछ
शत्रु बेमेलले सृजना हुन्छ ....